अरनिको, बिपी र हेलम्बु राजमार्गबाट सङ्घीय राजधानी काठमाडौँलगायत जिल्लामा गुड्ने मालवाहक सवारीको काभ्रेपलाञ्चोकमा भारमापन कार्य सुरु गरिएको छ । तीन राजमार्गअन्तर्गत जिल्लाको पाँचखाल नगरपालिकास्थित केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापनका लागि वि.सं.२०७८ पुसमा तौल-पुल स्थापना गरिएको थियो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ सडेपारमा आगलागीबाट पाँच लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । सोमबार साँझ ७ बजे विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय डम्बर रामको ठुलो क्षति भएको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड-१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालन हुने प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरिएको छ। किराँती लिम्बूहरूको सांस्कृतिक चाड चासोक तङ्नामको अवसरमा आयोजित कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो।
अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा क्यानबेरास्थित नेपाली राजदूतावासले ‘माउन्ट एभरेष्ट आरोही अभिनन्दन कार्यक्रम’ आयोजना गरेको छ।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको छ ।
खेर गइरहेको जडीबुटीबाट मकवानपुरका वनकरिया महिलाले अर्ग्यानिक साबुन उद्योग खोलेका छन् । घ्युकुमारी र तीतेपातीबाट वनकरीया र चेपाङ महिला मिलेर साबुन बनाएका हुन् । स्थानीयस्तरमा नै पाइने घ्युकुमारी र तीतेपातीको प्रयोग गरेर नुहाउने, मुखधुने साबुन बनाएका छन् ।
बाँकेमा गत पाँच महिनाको अवधिमा १०३ वटा विपद्का घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १०३ वटा विपदका घटना हुँदा १७ जनाले ज्यान गुमाएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा झण्डै साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।
तानसेन नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो । पाल्पा जिल्लाको तत्कालीन पाल्पा तानसेन इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं २०१४ ज्येष्ठ १७ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो । तत्कालीन राजा महेन्द्र शाहले विसं २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि तानसेन नगरपालिकाको नाम स्वतः परिवर्तन भई तानसेन नगरपञ्चायतु भएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले र सहभागिताका कुरा कानुनमा लेखेर नपुग्ने व्यवहारमा नै लागू गर्नुपर्ने बताउनुभएको छ ।
कैलालीको गोदावरी नगरपालिकामा रोकिएको जग्गा नापीको काम सुचारु गर्न माग गर्दै प्रदर्शन गरिएको छ । विगत छ महिनादेखि जग्गा नापीको काम रोकिएको भन्दै स्थानीय बासिन्दाले मंगलबार नगरपालिका घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
लागूऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो ।
एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।