अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को असन्तुष्ट पदाधिकारीले इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नमान्ने धारणा राखेका छन् ।
घाइते अवस्थामा फेला परेकी पाँच महिने एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। घाइते अवस्थामा भेटिएकी ढकारी गाउँपालिका-७ ढुंगाचाल्ना निवासी ३५ वर्षीया कल्धरी बुढाको थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरबाट उद्धार गरिएको हो।
संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ ।
एक पटक रिफर भई आएका बिमित बिरामीहरूलाई सोही रोगको फलो अपका लागि पुन रिफर पुर्जी लिन नपर्ने भएको छ ।
थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ । बैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखराको सभागृहमा जारी छ। पोखरामा भइरहेको सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ।
प्युठान नगरपालिका वडा नम्बर २ झारिवाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त २१८८ नम्बरको ट्याक्टर दुर्घटनामा रम्भादेवी गाउँपालिका–४ पाल्पाका २३ वर्षीय डम्बर बहादुर सुनारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमाकान्त खनालले जानकारी दिनुभयो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलब ९८ विन्दुले उकालो लागेर दुई हजार एक सय छ मा पुगेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ।
दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले अहिले जिल्ला जिल्लामा सुझाव सङ्कलन गर्न थालेको छ । दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि प्रदेश नीति तथा योजना आयोगले जिल्ला जिल्लामा पुगेर सुझाव सङ्कलनको काम गरिरहेको हो ।
गुल्मीमा एक सय ३५ खानेपानीका उपभोक्ता समितिलाई तालिम प्रदान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीले योजनाको गुणस्तर कायम गर्नका लागि तालिम प्रदान गरेको जनाएको हो ।
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।
बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ०५ बजेतिर भएको हो ।
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घरबास गुमाएकाहरूका लागि नेपाल तरुण दलले पनि अस्थायी आवास निर्माण गरिदिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले अब हामीले निराशाको बहस अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।