नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जलहरी उदघाटन गर्नेको नाम राखिनु सामान्य रहेको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैदेशिक रोजगारीमा ठगिएका एक व्यक्तिको रकम फिर्ता गराएको छ ।
बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। वारियर्सले तेश्रो पटक लिगको उपाधि जितेको हो ।
नगरपालिकाको १२ वटा वडाका जन्मेदखि २३ महिनासम्मका ६५६ बालबालिकाले सम्पूर्ण खोप लगाएको सुनिश्चित भएसँगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता नगरका रुपमा घोषणा गरिएको हो ।
पानी नपरेपछि पाल्पाको अधिकांश भूभागमा धान रोपाइँ हुन सकेको छैन । गत वर्ष यही समयमा पाल्पाका अधिकांश स्थानमा रोपाइँ सुरु भइसकेको थियो । यो वर्ष पर्याप्त वर्षात् हुन नसक्दा रोपाइँ सुरु हुन नसकेको किसानले बताएका छन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्न पर्यटन सूचना केन्द्र स्थापना गर्ने भएको छ ।
मेची राजमार्ग अन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गर्न राखिएको ह्युमपाइपले पानीको बहाव थेग्न नसकेपछि सवारी आवागमन अनिश्चित् भएको छ ।
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने किशोरीलाई अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधनविना संसद् बैठकबाट पारित हुने बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार पत्रकारसँग संक्षेपमा कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
१९औँ एसियाली खेलकुदका लागि तरूण सरदेसाईलाई नेपाल गल्फ सङ्घले प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ सङ्घ र तरूण सरदेसाई बीच एसियन गेम्सको लागि सम्झौता भएको छ ।
नेपाल भलिबल सङ्घको आयोजनमा सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० असार अन्तिम साता हुने भएको छ ।
नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशाङ्क कोइरालाले कांग्रेस र नेकपा (एमाले) बीचको नयाँ समीकरण बन्नेबारेमा बाहिर हल्ला चले पनि पार्टी सभापति शेरबहादुर देउवासँग कुरा हुन बाँकी रहेको बताउनुभएको छ ।
किशोरावस्थाको मानसिक स्वास्थ्यका विषयमा सञ्चारमाध्यमले महत्त्व दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।
चीनको होङझावमा हुने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ ।
गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला र सांसद डा.आरजु राणा देउवालाई पक्राउ गर्न कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ ।