• १७ असार २०८२, मङ्गलबार

कांग्रेस गण्डकीको सम्मेलन पोखरामा

blog

नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा सहभागी शीर्ष नेता ।

पोखरा, पुस ३ गते। नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखराको सभागृहमा जारी छ। पोखरामा भइरहेको सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ। 

सम्मेलनमा पार्टी सभापति देउवासहित अन्य शीर्ष नेताहरू, केन्द्रीय प्रतिनिधि सहित प्रदेशका ११ वटा जिल्लाका करिब पाँच सय प्रतिनिधि सहभागीको उपस्थिति रहेको छ। 

भोलि पुस ४ गते बन्दसत्र पोखरा पार्टी प्यालेसमा हुनेछ। सम्मेलनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अवधारणा पत्र पेस गर्नुभएको छ भने महामन्त्री किरणबाबु श्रेष्ठले सङ्गठन प्रतिवेदन र अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ।  कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको आर्थिक प्रतिवेदन पनि प्रस्तुत हुनेछ।