श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् ।
बुवाआमाको नागरिकता भएर पनि नागरिकता नपाउनुभएका सिद्धार्थनगर नगरपालिका –४ का गणेश धोबीले आइतबार नागरिकता पाएपछि खुसी हुनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि फोहोरको कम प्रयोग, पुनः प्रयोग र प्रशोधित प्रयोगमा विशेष जोड दिइएको छ ।
अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागूऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ ।
प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन चुहिन थालेको छ । भवन चुहिएर कतिपय संरचना भत्किएपछि विवाद सिर्जना भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएकाले ती मन्त्रालयबाट सहमति प्राप्त भएपछि संसद्को यही अधिवेशनमा पेस गरिने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई वडाबीच वर्षौँ देखिको सीमा विवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालिका १ दोबा र २ भुरुङ तातोपानीका बीच दुवै वडाको सीमा क्षेत्रमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन र चरन क्षेत्रको उपभोगका विषयमा वर्षौँ देखि विवाद चल्दै आएको थियो ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले बाँके र बर्दियालाई जोड्न मध्यमार्गी लोकमार्गको निर्माण अघि बढाउन बजेट विनियोजन गरेको छ ।
एक उपमहानगर र एक नगरपालिकासहित बाँके जिल्लाका आठ वटा पालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि करिब ६ अर्बको बजेट प्रस्तुत गरेका छन् ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका – ४ गवानीकी अन्दाजी २३ वर्षीया सङ्गीता साउद रहनुभएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताउनुभएको छ ।
म्याग्दीका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट पारित गरेका छन् । गाउँ तथा नगर सभा मार्फत बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले एकमुष्ट २ अर्ब दुई करोड ५३ लाख ४१ हजार एक सय रुपियाँ बराबरको बजेट पारित गरेका हुन् ।
डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग अन्तर्गत रडुवाखोलामा मालवाहक मिनिट्रक खसेको छ । केआइसिंह राजमार्ग भनिने सो राजमार्गको डडेल्धुराको गन्यापधुरा गाउँपालिका –२ स्थित रडुवाखोलामा मिनीट्रक खसेको हो ।