ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका दुई हजारभन्दा बढी विद्यार्थीलाई न्यानाे कपडा वितरण गरिएको छ ।
अछाम, पुस ३ गते । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का कार्बु लामाले चलाएकोे भे १ च २५७६ नं. को जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो । रासस
जाजरकोट र रुकुम पश्चिम जिल्लामा दादुरा रुबेला र टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेपछि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बन्ने र युवाहरुको विदेश पलायन रोक्न सकिने बताउनुभएको छ ।
ललितपुरको भैंसेपाटीस्थित नयाँ मन्त्री निवास परिसरमा आज आगलागी भएको छ ।
गाउँपालिकाको फोहोर व्यवस्थापन गर्नेगरी निर्माण गरिएको अर्जुन चौपारी फोहोर व्यवस्थापन केन्द्र प्रयोगमा ल्याउने तयारी गरिएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ऐतिहासिक पुसे मेलाका लागि स्थानीय बिदा दिएको छ ।
डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो । गाउँमै सामान्यस्तरको व्यापारबाट घर गुजारा चलाइरहेका उहाँ हिजोआज भने बस्तीमा क्रमिक रुपमा हुँदै गएको विकासले हर्षित मात्रै होइन, व्यापार बढाउन हौसिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिदबिक्री अस्वाभाविक रहेको बताउनुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
एनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ ।
आफ्नै गाउँका टोलटोलमा सडक पुग्ला र घरघरले सवारीसाधन किनेर दुर्गम गाउँ पनि सुगम जस्तै सुविधा सम्पन्न होला भनेर त झनै उहाँले परिकल्पनासम्म गर्नुभएको थिएन ।
देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु भएको छैन । काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकामा बीमा कार्यक्रम अझै सुरु भएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्घीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि मोरङको पथरीशनिश्चरे नगरपालिकाका चार जना खेलाडी छनाेट भएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याइने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा उहाँले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेशवासीमा बीमाको पहुँच पु¥याइने जानकारी दिनुुभयो ।