अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार निवर्तमान महासचिव इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ । प्रवीणकुमार यादवलाई सहायक कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । यसै गरी एन्फा बैठकका निर्णय अनुसार विशेष साधारण सभा माघ ८ गते र नियमित साधारण सभा फागुन १४ गते काठमाडौँमा हुने भएको छ । एन्फाले विश्वकप छनोटलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा निःशुल्क पास वितरणमा पूर्ण बन्देज लगाउने भएको छ । ती प्रतियोगिताबाट गेट टिकट बिक्री वितरणमार्फत उठेको रकमको २० प्रतिशत उमेर समूह र राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका खेलाडीलाई प्रदान गरिने छ ।
सिद्धान्ततः लगानी नाफा प्रेरित हुन्छ । नाफा लगानीको वातावरणमा निर्भर गर्छ । लगानीको वातावरण राज्यको शासकीय शैली र क्रियाकलापसँग जोडिएको हुन्छ । लगानी प्रभावकारी बनाउनका लागि स्रोत र साधन आवश्यक पर्छ । मानिस, रुपियाँ, कच्चा पदार्थ, विधि, मेसिन र व्यवस्थापनलाई उत्पादनका साधनका रूपमा लिइन्छ । प्रायः सबै साधन आर्थिक उपार्जनका लागि उत्तिकै महत्वपूर्ण भए पनि आर्थिक उपार्जनका लागि वित्तीय स्रोतलाई महìवपूर्ण साधनका रूपमा हे
नेपाल एक कृषिप्रधान देश हो । जनवादी क्रान्तिको मूल पक्ष पनि कृषि क्रान्ति नै हो र कृषिमा विद्यमान उत्पादन प्रणाली र त्यसका अन्तरविरोधहरूलाई ठिकसित बुझ्न आवश्यक हुन्छ । तब मात्र कृषिको सम्भावना र चुनौतीलाई बुझ्न सकिन्छ । कृषिको उत्पादन प्रणाली पनि स्थिर नभई हरेक क्षण गतिशील र परिवर्तनशील हुन्छ र त्यसलाई त्यसको समग्र विकास क्रमको ऐतिहासिक प्रक्रियामा बुझ्नुपर्ने हुन्छ । उत्पादनका दृष्टिले हेर्ने हो भने सन् १९७० को दशकमा नेपालमा उत्पादित धान, चामल, गहुँ भारतको उत्तर प्रदेश विहारदेखि राजस्थान र टर्कीसम्म निर्यात हुन्थ्यो । अहिले
सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ । तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि चोरी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम दिइएको हो ।
औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिनुभयो । उहाँले उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीका रहेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राससलाई जानकारी दिनुुभयो ।
थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटकघरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । साथै नाटकको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पुस १२ गतेबाट माघ ६ गते सम्म नाटक मञ्चन हुँदै छ । नाटक भारतीय नाटककार बादल सरकारको कथाबाट अनुवाद गरिएको छ भने नाटककार १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकका लागि परिचित हुनुहुन्थ्यो ।
लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।
दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र ‘पूजार सार्की’ मा दुई जना अभिनेतृको प्रवेश भएको छ । अञ्जना बराइली र परीक्षा लिम्बू चलचित्रको मुख्य भूमिकामा अनुबन्धित भएका हुन् । दुई हप्ताअघि निर्माण समूहले अभिनेतृका लागि अडिसन आह्वान गरेको थियो । दुवैलाई अडिसनबाटै छानिएको जनाइएको छ । चलचित्रमा यसअघि नै अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह भित्रिसकेका छन् । आगामी माघको पहिलो साताबाट पश्चिम नेपालमा छायाङ्कन गर्न लागिएको चलचित्रमा विकास सुवेदीको लेखन रहेको छ ।
देवीदेवताको नृत्यदेखि पर्यटन बजारको प्रवर्धनका लागि मुकुन्डो कलाको धेरै महìव छ । त्यसैले यसको संरक्षणका लागि मुकुन्डो कलाकार (मास्क आर्टिस) सोम तामाङ अग्रसर हुनुहुन्छ । लोप हुने अवस्थामा पुगिसकेको मुकुन्डो कलालाई नयाँ प्रविधिको साथमा उहाँले बालबालिकादेखि युवापुस्तालाई तालिम दिँदै आउनुभएको छ । परम्परागत मुकुन्डो बनाउनेदेखि तामाङले विभिन्न कार्यक्रमहरूमा प्रयोग हुने मायाको चिनोका रूपमा दिन सकिने, साथीभाईलाई जन्मदिनको उपहारमा दिने गरी सामानको निर्माण गरेर लोप हुँदै गएको कलालाई जीवन्त राख्ने प्रयास गरिरहनुभएको छ ।
राजु गिरी निर्देशित चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युटुब च्यानलमार्फत चलचित्रमा समावेश ‘तिमी बर म पिपल...’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
जाडो मौसममा छालामा धेरै समस्या आउने गर्छ । जाडो सुरु भएसँगै छाला सुक्खा हुने रातो हुने, फुट्ने, खस्रो हुनेलगायत छालासम्बन्धी समस्या देखिन थाल्छ । जसको समाधान विभिन्न उपायबाट गर्न सकिने छालारोग विशेषज्ञको धारणा छ । जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । सौन्दर्यविद् सुषमा महराले भन्नुभयो, यो समयमा बाहिरी वातारण सुक्खा हुनाले छालामा सोझै असर गर्छ । अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो–धुवाँले छालालाई थप नोक्सान पुर्याउँछ । उहाँका अनुसार विशेष गरी छाला संवेनदशील भएकालाई यस्तो समस्याले मानिसलाई सताउँछ । जाडोमा यस्ता छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ ।
झापामा विगतका वर्षको तुलनामा यस वर्ष धानको भाउ आकासिएपछि किसान खुसी भएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ देखि ५० प्रतिशतसम्म धानको मूल्य वृद्धि भएपछि किसान खुसी भएका हुन् । अघिल्लो वर्ष यो समयमा धानको मूल्य एक हजारदेखि अधिकतम एक हजार दुई सय रुपियाँ प्रतिमन रहेकामा अहिले एक हजार पाँच सयदेखि एक हजार छ सय रुपियाँसम्म किसानले पाएका छन् । न्यूनतम समर्थन मूल्यमा समेत धान बिक्री नहुँदा लागत मूल्य उठाउन समस्या हुने गरेकामा यस वर्ष धानको मूल्य राम्रो पाएको कमल गाउँपालिकाका किसान मदन आचार्यले बताउनुभयो ।