नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहलाई सोमबार निमित्त प्रमुखको जिम्मा दिएको हो । हाल नायब कार्यकारीका रूपमा काम गर्दै आएका साहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी दिइएको हो ।
‘आप्रवासी योगदानको कदर र अधिकारको सम्मान’ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको साताव्यापी कार्यक्रम सोमबारदेखि सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबलप्रसाद भण्डारीको संयोजकत्वमा गठित अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मूल समितिले सोमबार विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले एक अर्ब रुपियाँ निकासा गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भन्नुभयो, “हिजो (आइतबार) अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो, हामीले आज (सोमबार) तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकता अनुसार नै हामीले रकम पठाएका हौँ ।”
विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले सुशासन, समृद्धि र सामाजिक न्यायको एजेन्डासहित वर्तमान सरकार अगाडि बढेको बताउनुभएको छ ।
पशु कल्याणका लागि ऐन बनाउनु पर्ने सरोकारवालाले माग गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रममा उहाँहरुले पशु कल्याणसम्बन्धी ऐनको आवश्यकता दर्शाउनुभयो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाउनुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियासम्मत ढङ्गले आफैँले प्रदेशको नाम कोशी राख्नमा सहयोग गरी एमालेलाई आरोपित गरेर आक्रमणमा उत्रनु बेइमानी भएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले ‘पुस्तकविहीन शुक्रबार’ मा प्रयोगात्मक शैक्षिक क्रियाकलाप सञ्चालनका लागि इच्छुक सङ्घसंस्थालाई सूचीकृत हुन आव्हान गरेको छ ।
नवलपुर गैँडाकोटका किसानहरू बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुनेगरेको छ ।
पोखरामा मङ्गलबारदेखि सुरु हुने नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको तयारी पूरा भएको छ । पुस ३ र ४ गते पोखरामा हुने सो सम्मेलनको उद्घाटन नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाली जनताले नेकपा (एमाले) नेतृत्वको सरकार खोजेको बताउनुभएको छ । सोमबार एक कार्यक्रमबिच उपाध्यक्ष थापाले नेपाली जनताले नेकपा (एमाले) नेतृत्वको सरकार खोजेका बताउनुभएको हो ।
ललितपुर महानगरपालिका, महाङ्काल गाउँपालिकाका ३६ घर परिवार भूमिहीन, दलित सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरिएको छ ।
चितवनको माडीस्थित सोमेश्वरगढी नेपाल र भारतको सिमाना (दशगजा) मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रूपमा मानिन्छ ।
सप्तरीको रुपनी गाउँपालि–५ स्थित बसविट्टी गाउँमा सोमवारदेखि तीन दिने कुस्ती प्रतियोगिता सुरु भएको छ । विवाहपञ्चमी महोत्सव २०८० को सन्दर्भ पारेर बसविट्टी गाउँमा कुस्ती प्रतियोगिता सुरु भएको हो ।