रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू समक्ष आग्रह गरेको छ ।
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४८ साल पछिका सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरू सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले सोमबार दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रुम’बाट निर्माणाधीन नारायणगढ-बुटवल सडकखण्ड र मुग्लिन-पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गर्नुभएको छ ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको हो ।
बुटवलको साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा कार्यरत कर्मचारी बुटवलको फूलबारीमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।
स्वास्थ्य, शिक्षा क्षेत्रको समग्र सुधार र सबैको समान पहुँचको मागसहित धनगढीमा सत्याग्रह थाल्नु भएका डा. गोविन्द केसीले आज अनसन तोड्नु भएको छ ।
दक्षिण झापाको हल्दिबारी गाउँपालिका-४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्त्विक महत्त्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् ।
रोशनी आवासीय माविले पुतलीबजार नगरपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उपाधि जितेको छ ।
काठमाडौँ विश्वविद्यालयले आगामी दीक्षान्त समारोहमा व्याचलर इन डेन्टल सर्जरी (बीडीएस) मा सर्वोत्कृष्ट एक जना विद्यार्थीलाई पनि स्वर्ण पदक दिने भएको छ ।
खोटाङमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा एक हजार ६ सय १२.७३ मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङले जनाएको छ ।
ललितपुर महानगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बिमा सुरु भएको हो ।
काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौँ ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
तत्काल उखुको मूल्य कायमसहित विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान सोमबार पूर्व–पश्चिम राजमार्गमा लम्पसार परेका छन् । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगुवाहरू हरिवन बजारस्थित राजमार्गमा लम्पसार परेर सुत्दै विरोध जनाएका हुन् ।