लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट करिब दुई किलो सुनसहित कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि १ अर्ब ९३ करोड आठ लाख २४ हजार रुपियाँ बजेट ल्याएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले एक सय स्थानीय तहमा महिला उद्यमशीलता कार्यक्रम विस्तार गरिएको जानकारी दिनुभएको छ।
छैटौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि विजय लिम्बु र समीक्षा राईले जित्नुभएको छ । फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषतर्फ विजय रमहिलामा समीक्षा च्याम्पियन बन्नुभएको हो ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुर्याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम झापा, विराटनगरसम्मको सडक सञ्जाल टुटेको छ । तस्बिरः दिलकुुमार लिम्बू/रासस
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आइतबार पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गर्नुभएको हो ।
प्रकाशक क्रियटिभ बुक्सले नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमूलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ।
स्थानीय तहले आर्थिक वर्षको बजेट सभा गर्न थालेका छन् । आगामी आर्थिक वर्षमा स्थानीय सरकारका कार्यक्रम, भावी योजनाका बारेमा गाउँ तथा नगर सभा गर्न थालेका हुन् ।
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८० र २०८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको अनुमानित विनियोजन पेस गरेको छ ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले दलित समुदायको परम्परागत सिप तथा संस्कृति संरक्षण गर्न पञ्चेबाजा हस्तान्तरण गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले मासु र दूध उत्पादन गर्ने किसानलाई नगद अनुदानको व्यवस्था गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहकार्यको संस्कृतिको सम्मान गर्दै शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ फल्लेनी निवासी अन्दाजी ४० वर्षकी विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको बैठक सुरु भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।