अफ्रिकाका तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले सन् २०१९ मार्च २६ मा सामाजिक सञ्जालमा एउटा ट्विट गरेका थिए – जर्मनीमा शिक्षकको तलब अरू पेसामा संलग्न सबैको भन्दा बढी छ । त्यहाँका न्यायाधीश, डाक्टर र इन्जिनियरले शिक्षकसरहको तलब बनाइदिन चान्सलर एञ्जेला मार्केलसँग माग गरे । त्यसको जवाफमा म तपाईंहरूलाई जसले प
सामान्यतः कामदार वा श्रमिकले आफ्नो हक र हित रक्षाका लागि स्थापना गरेको सङ्गठन नै ट्रेड युनियन हो । अठारौँ शताब्दीमा बेलायतबाट सुरु भएको औद्योगिक क्रान्तिसँगै श्रमिक र व्यवस्थापनबिचको सम्बन्धबाट ट्रेड युनियन अवधारणाको विकास भएको हो । त्यसैले यसलाई औद्योगिक क्रान्तिको उपज पनि भन्ने गरिन्छ । औद्योगिक क्षेत्रमा एक किसिमको अभ्यास भइसकेपछि सरकारी सेवामा काम गर्ने कर्मचारीलाई पनि ट्रेड युनियन अधिकार दिनुपर्ने कुरा उठ्न थाल्यो । कर्मचारीलाई बौद्धिक कामदारका रूपमा लि
सर्लाहीको चुरेभेगमा यातायातका साधन ठप्प भएका छन्। शुक्रबार बिहानदेखि भारी वर्षा हुन थालेसँगै खोलाको बाटो बिग्रिएपछि चुरेभेगमा यातायातका साधन चल्न छाडेका हुन्। सडक सञ्जालमा नजोडिएको चुरेका दुर्गम बस्तीमा खोलाको बगर भएर जोखिमपूर्ण किसिमले बस, ट्याक्टर, जिपलगायतका सवारीसाधन सञ्चालन हुँदै आएका थिए। जिल्लाकै ‘कर्णाली’ भनेर चिनिने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा शुक्रबार बिहानदेखि यातायातका साधन बन्द भएको बस व्यवसायीसमेत रहनुभएका वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिनुभयो। शुक्रबार राति भएको वर्षाले खोलाको बाटोमा थप क्षति गरेको उहाँले बताउनुभयो।
सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले पश्चिमतर्फको किनारमा जग्गा कटान गरिरहेको छ। जग्गा कटानसँगै बाढी गाउँमा पस्ने भयले स्थानीय बासिन्दा त्रसित हुन थालेका छन्। लहान–२३, तिलोबना गाउँनजिक कटान भइरहेको र थप २० मिटर जग्गा कटान भए बाढी गाउँ पस्ने जोखिम रहेको स्थानीय बासिन्दाले बताएका छन्। जग्गा कटानसँगै सम्भावित बाढीको जोखिममा गाउँका बासिन्दा त्रसित बनेको लहान–२३, करैयाका ८० वर्षीय घघन यादवले बताउनुभयो।
चन्द्रनगर गाउँपालिकाले स्नातक तहमा अध्ययनरत छोरीलाई नगदसहित सम्मान गरेको छ। ‘बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियान’ अन्तर्गत गाउँपालिकाले कक्षा १२ उतीर्ण गरी स्नातक तहमा भर्ना भएका ७५ जना छोरीलाई शनिबार जनही ११ हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरेको हो।
कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका–८, लाहुरे खोचस्थित डुम्रीबोटे क्षेत्रमा कोशीको धार मोडिएपछि आपत्कालीन अवस्था आइपरेको भन्दै बेलका नगरपालिकाले विपत् कोषबाट कटान रोकथामको काम सुरु गरेको छ।
सिदिङ्वा गाउँपालिकामा पहिरोमा परेर बेपत्ता व्यक्ति फेला नपरेपछि आफन्तले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। भीषण वर्षासँगै गएको पहिरोमा बेपत्ता भएकालाई एक सातासम्म खोजी गर्दासमेत फेला नपरेपछि आफन्तले हिन्दु संस्कार अनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन्।
चालु आर्थिक वर्षको १० महिनामा काभ्रेपलाञ्चोक जिल्लाबाट वैदेशिक रोजगारीका लागि सात हजारभन्दा बढी नागरिक बिदेसिएका छन्। दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) ले धुलिखेलमा बिहीबार आयोजना गरेको अन्तर्क्रियामा उक्त जानकारी दिइएको हो।
चितवन पर्सा राष्ट्रिय निकुञ्जमा सञ्चालन भएको सीमापार संरक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको छ। चितवन र पर्साको निकुञ्जसँग भारतको वाल्मीकि टाइगर रिजर्भ जोडिएको छ। नेपालबाट भारतमा जान र त्यहाँबाट नेपाल आउन जङ्गली जनावरलाई सहज बनाउने उद्देश्यले सीमापार संरक्षण कार्यक्रम ल्याइएको हो। यसका लागि दुवै देशका अधिकारीबिच छलफल र जनावर एक देशबाट अर्को देशमा गएमा फिर्ता ल्याउने कामसमेत हुने गर्छ।
राजनीतिसँगै कृषि पेसामा पनि क्रियाशील वीरबहादुर कार्की आफ्नै नर्सरीमा उत्पादन भएका बिरुवाले बजार नपाउँदा चिन्तित हुनुहुन्छ । जिल्लाको सदरमुकाम तम्घासअन्तर्गत रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किवी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवाले बजार पाउन सकेका छैनन् । ५६ वर्षीय कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।
सिमकोट गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षबाट ‘एक गाउँ एक विशेष उत्पादन’ कार्यक्रम लागु गर्ने भएको छ । शनिबार सातौँ गाउँ सभामा गाउँपालिकाले पेस गरेको नीति तथा कार्यक्रममा छरिएर कृषि क्षेत्र विकास गर्नुभन्दा पकेट क्षेत्रको विकास गर्दै त्यो कार्यक्रम कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा धेरै सम्भावना भएको कृषि क्षेत्रको विकासका लागि एक गाउँ एक विशेष उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो । यो कार्यक्रम अन्तर्गत पकेट क्षेत्रको विकासका लागि कृषक समूह, सहकारी र नीति क्षेत्रलाई परिचालन गर्ने नीति गाउँपालिकाले लिएको छ । विशेष गरी यस वर्षबाट सिमकोट गाउँपालिकाबाट खाद्य व्यवस्था तथा व्यापार क
नेपाल राष्ट्र बैङ्कले आइतबार फेरि बजारबाट २० अर्ब रुपियाँ खिच्ने भएको छ । बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैङ्कले आइतबार फेरि बजारबाट तरलता प्रशोचन गर्न लागेको हो । राष्ट्र बैङ्कले आइतबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपियाँ तान्न लागेको हो ।
स्थानीय लोकसंस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित खलङ्गामा सिँगारु नाच प्रतियोगिता आयोजना गरिएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा भेरी नगरपालिका–११, जगतीपुरको नृत्य समूह प्रथम भएको छ । नलगाड नगरपालिकाको समूह द्वितीय र भेरी नगरपालिका–४, बोहरा गाउँको नृत्य समूह तृतीय भएको छ ।
काठमाडौँ उपत्यकाका २२ वटाभन्दा बढी लोकदोहोरी व्यवसायीलाई गीत सङ्गीतको सार्वजनिक प्रयोग गर्नका लागि अनुमति पत्र (लाइसेन्स) प्रदान गरिएको छ । नेपाल प्रतिलिपि अधिकार कार्यालय र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालले लोकदोहोरी व्यवसायीसँग ‘प्रतिलिपि अधिकार कानुन कार्यान्वयन तथा लोकदोहोरी साँझ रेस्टुरेन्टको सार्वजनिक प्रयोगबापतको सङ्गीत रोयल्टी’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूलाई अनुमतिपत्र प्रदान गरेको हो ।
चलचित्र ‘अन्तिम संस्कार’ शुक्रबारदेखि हलमा लागेको छ । सामाजिक कथावस्तुमा बनेको चलचित्रमा हराएको एक फिल्म मेकरलाई खोज्न जड्याहा प्रहरी अधिकृतको नेतृत्वमा चलाइएको अपरेसनको कथा देखाइएको छ । चलचित्रलाई प्रदीप शाहीले निर्देशन गर्नुभएको छ भने विजय लामा, दिया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारीलगायतको अभिनय रहेको छ । विनोद सुवेदी ‘क्षितिज’ निर्माता रहनुभएको चलचित्रको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रवीन्द्र श्रेष्ठ हुनुहुन्छ । बाबु श्रेष्ठको छायाङ्कन र रुपेश गुरुङको सम्पादन रहेको चलचित्रको प्रोडक्सन डिजाइनर प्रेम खड्का हो ।