बाँकेको कोहलपुर नगरपालिका –३ मैटहवानजिक टिप्परले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।
पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिभल सुरु भएको छ ।
आइतबार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको छ । जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ३६ प्रकारका व्यञ्जनसहित भोजन र दक्षिणा दिएर बिदाइ गरिएको छ ।
निजी क्षेत्रको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म महोत्सव हुनेछ ।
काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ । सोमबारबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते पोखरामा हुने भएको छ । कांग्रेस गण्डकी प्रदेशको सूचना, सञ्चार तथा प्रचारप्रसार विभागले आइतबार पत्रकार सम्मेलन गर्दै सम्मेलनको तयारी पूरा भएको जनाएको हो ।
ललतिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताउनुभएको छ ।
गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका सदस्यहरुलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ ।
साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साहले गएको मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइएपछि हत्या गरेको भन्ने उजुरी परेपछि निजलाई पक्राउ गरिएको हो ।”
श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा दुई हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ ।
सुत्केरी हुन नसकेर गम्भीर बिरामी भएकी सुन्दरी थापाको हेलिप्टरमार्फत उद्धार गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय सरकार नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्था गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सिन्धुली जिल्लाका विभिन्न सामुदायिक माध्यमिक विद्यालयमा बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ।
गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घिउ उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घिउ उत्पादन गर्ने गरेका छन् ।