कैलालीको कैलारी गाउँपालिकामा थप ९२१ जनामा सिकलसेल पोजेटिभ पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा गरिएको स्क्रिनिङबाट थप नौ सय बढीमा सिकलसेल पोजेटिभ देखिएको हो ।
विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालिग्राम र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ ।
राप्तीनदीमा आउने बाढीबाट जोखिममा रहेकाहरूलाई जोगाउन बाँकेको राप्तीसोनारी ७ खल्ला झगडियालगायत तीन स्थानमा तटबन्ध निर्माण कार्य सुरु गरिएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र थलङमा तीन वटा संरचना एकसाथ निर्माण गर्न थालिएको छ । करोडौँ रकम लगानी हुने गाउँपालिकाको प्रशासकीय भवनसहितका संरचना निर्माण हुन थालिएको हो ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । शनिबार काठमाडौंको एक होटलमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केबल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताउनुभएको छ ।
धादिङको नीलकण्ठ नगरपालिकाले एक दिनको कार्यक्रम गरी सहभागीलाई दुई दिनको हस्ताक्षर गराई भत्ता खुवाएको छ । नगरपालिकाले बिहीबार गरेको नगर सभामा बिहीबार र शुक्रबारको फरक–फरक उपस्थितिमा सहभागीलाई हस्ताक्षर गराएर भत्ता खुवाएको हो ।
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै पाँच अर्ब रुपियाँ दाबी भुक्तानी गरेको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ बितिजोरमा शनिबार बिहान बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ ।
अत्यधिक गर्मीका कारण जमिनमुनिका सर्पहरू बाहिर निस्कँदा सर्पदंशका घटना बढेपछि नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापनसम्बन्धी तालिम दिन सुरु गरिएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकाको १२ औँ गाउँ सभा अधिवेशनले वार्षिक नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको छ ।
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार (आज) नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली कांग्रेसले कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । लामो समयदेखि क्यान्सर पीडित ६३ वर्षीय लामाको उपचारका क्रममा शुक्रबार राति १२ बजेर ४५ मिनेटमा वीर अस्पतालमा निधन भएको हो ।
रुसको रोसाटोम स्टेट कर्पोरेसनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।