कोलम्बो, पुस २ गते । श्रीलङ्काको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशङ्कामा दुई हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न किसिमका लागू औषध पनि बरामद गरिएको छ ।
त्यसैगरी थप अनुसन्धानका लागि १२ सन्दिग्ध व्यक्तिलाई थुनामा राखिएको र १३३ जनालाई पुनःस्थापनाका लागि पठाइएको बताइएको छ । श्रीलङ्काको प्रहरीले आइतबारदेखि विशेष अभियान शुरु गरेको छ । रासस/सिन्ह्वा