बर्दियाको मधुवन नगरपालिका –८ टिसियन फाँटमा ‘स्यानिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।
सवारी दुर्घटना परि निधन हुनु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह र उहाँकी धर्मपत्नी अमृतादेवी सिंहको शनिबार अन्त्येष्टि गरिने भएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गोरखापत्र दैनिकका खेलपत्रकार प्रजित शाक्यसहित चार पत्रकारलाई एनओसी उत्कृष्ट अवार्ड प्रदान गरेको छ ।
दुःख सुख एकैसाथ अट्ने मानो र पाथी हुन्छ र एउटै कित्तामा उभिने दुश्मन र साथी हुन्छ र बुझ्न नसकेको कुरा आफै बुझाइ देऊ हे दैव मान्छेको भाग्य न हो कतै तल र माथि हुन्छ र ?
यौटै नै पद हो र काम छ उही एकै छ झन् वेतन फर्कन्छन् घरमा दुबै सँगसँगै थाकेर उस्तै तन आई सुत्छ तुरुन्त झन् पति उता डङ्ग्रङ्ङ ओछ्यानमा पत्नीले घरका सबै चिजहरू राख्छिन् यथा स्थानमा ।
दाइ त्यो तिमीले साँचेको इमानको मूल्य कति पर्छ तिर्नु छ दाइ मैले गरेको बेइमानको मूल्य कति पर्छ । म शहरमा बरालिरहँदा तिमी गाउँको भित्तामा थियौ भरपाई गर्नु छ दाइ तिम्रो दुःखको मूल्य कति पर्छ ।
यसलाई ऊ समस्याका रूपमा लिँदैनथ्यो– आफ्नो दिवङ्गत पिताको एउटा फोटो अथवा तस्बिर घरमा हुनु पर्छ भन्ने । उसको मान्यता थियो यो तर ऊसँग पिताको एउटा पनि तस्बिर थिएन । समस्या यो भइदियो । पिता दिवङ्गत भइसकेको पनि निकै वर्ष बितिसकेका थिए । अहिले आएर उसलाई महसुस भयो, घरमा पिताको एउटा पनि रङ्गीन त के ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिरधरि छैन । पिताको पालामा रङ्गीन तस्बिरको चलन थिएन । आमाको श्यामश्वेत तस्बिर छ । आमाको भएपछि पि
रामकृष्ण शर्माको भूमि कालेबुङ । शिक्षा, साहित्य, भाषा आन्दोलन र जातीय जागरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको एक ऐतिहासिक स्थल हो कालेबुङ । रामकृष्ण शर्मा सँगसँगै पारसमणिको नाम जोडिएको एक ‘सांस्कृतिकता’ हो कालेबुङ । प्रसिद्ध समालोचक रामकृष्ण शर्माको चर्चा र ख्याति भारतीय नेपाली साहित्यमा शीर्ष स्थानमा छ । तथापि उहाँलाई नेपालको नेपाली साहित्यले पनि उत्तिकै आदर र सम्मानले ग्रहण गरेको छ । रामकृष्ण शर्माले सांस्कृतिक मलजलबाट सिँचेको भू
फेरि एक्रोपोलिसको फेदमा छु । सूर्यदेवको प्रचण्ड तेज बिहानैदेखि धर्तीमा फैलिएको छ । मानौँ सूर्यदेव एक्रोपोलिसका देवीलाई दर्शन गर्न आएका पर्यटकलाई प्रत्यक्ष दर्शन दिन एथेन्सको धर्तीमा उत्रेका हुन् । हुन त हिन्दुले जस्तै प्राचीन ग्रिकवासीले पनि सूर्यलाई देवताकै रूपमा पुज्दथे । तिनै सूर्यदेवको ताप भोगिरहेछु एथेन्समा । देखिरहेछु गर्मीले हायलकायल भएका मानिसका विविध रूप । मानिसका अथाह भिडलाई छिचोल्दै बल्लतल्ल एक्रोपोलिसको फेदीबाट बाहिर निस्कन सकेँ । टक्क उभिएर मेरो गन्तव्य पश्चिमी दिशामा रहेको फिलोपापोस डाँडालाई नजर लगाउँछु । क्षणभरमै मेरा नयनले एउटा डाँडाको फेदीबाट अर्को डाँ
हिन्दु संस्कृति अनुसार महिलाले लगाउने पोते सौभाग्यको प्रतीक मानिन्छ । विवाह भएपछि मात्रै पोते लगाउने चलन छ । त्यसैले विवाहमा लगनगाँठो कसिँदा ‘लगनको पोते’ दुलहाले दुलहीलाई पहि¥याइदिने चलन छ । श्रीमान्ले लगाइदिएको अनेकौँ आभूषणभन्दा यो पोतेको मान, मर्यादा र सम्मान अपरम्पार छ । लाखौँको मूल्यवान् गरगहनाभन्दा पोतेको अस्तित्व तथा अस्मिता गहन, ओजस्वी र मूल्यवान् मानिन्छ ।
जोमसोममा सन् १९९० को दशकमा खुलेको एउटा मौलिक होटल छ । होटलको नाम हो– ओम्स होम । स्थानीय विष्णुराज हिराचन संस्थापक रहनुभएको होटलको लबीकै वरिपरि बलिउड अभिनेतासँगको उहाँका तस्बिर लस्करै छन् । कालो चस्मामा विष्णुराज र बलिउड स्टार अमिताभ बच्चनसँगै उभिएको एउटा फ्रेम भित्तामा झुन्डिएको छ । बेग्लै फ्रेममा छिन् – नायिका श्रीदेवी । अनि डेनी डेङजोङ्पालगायत अन्य । सन् १९९१ मा मुस्ताङमा चर्चित चलचित्र ‘खुदा गवाह’ छायाङ्कन हुँदा कैद भएका तस्बिर हुन् यी ।
सुदूरपश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सङ्गममा अवस्थित खप्तड प्राकृतिक रूपमा मनमोहक र सुन्दर छ । ठुल्ठुला विशाल फूलैफूलले सजिएका सुन्दर पाटन, पाटनका बिचमा बगिरहने कलकल कञ्चन पानी, वरिपरि अग्ला–अग्ला डाँडैडाँडामा भरिएका वनस्पति, घोडा र गाईबस्तुको बथान, चराको चिरबिर आवाजले खप्तडलाई साँच्चिकै जीवन्त बनाएको छ । उचाइ अनुसार विभिन्न वनस्पति साल, देवदार, गोबे्र सल्ला, ढिङ्ग्रे सल्ला, गुराँस, फलाँट बाँझ,
सैद्धान्तिक र संवैधानिक रूपमा नमानिए पनि व्यावहारिक रूपमा हाम्रो समाजमा धेरै कुरा जातमा गएर अड्कन्छ । जात व्यवस्थाले थुप्रै कुरा निर्धारण गर्छ । मान्छेको परिचयमा नामपश्चात् बोलिने थरमा जात व्यवस्थाको नमिठो हरक पाइन्छ । कुनै सभा, समारोह, गोष्ठी तालिम र सेमिनारहरूमा उच्च जातको भनिनेले निर्धक्क आफ्नो जात र थर भनेको पाइन्छ । निम्न जातको मानिने थरले आफ्नो नाम पछाडिको थर भन्न हीनताबोध गरेको र हिच्किचाएको सामाजिक मनोविज्ञानमा सहजै देखिन्छ । जात व्यवस्थाभित्रको छुवाछुतको व्यहारले घाइते नभएको देशको कुनै भूभाग छैन ।