एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । आइतबार भएको फाइनलमा बङ्गलादेशले आयोजक संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ९५ रनले हरायो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रीमण्डल परिवर्तन हुन सक्ने तर तत्काल सम्भावना नरहेको बताउनुभएको छ ।
प्रहरीले नक्कली सवारी दर्ता किताब बनाउने दुई जनालाई गाडीसहित पक्राउ गरेको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पुसे मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिएको छ । मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभानमा प्रत्येक वर्ष लाग्दैआएको पुसेमेलाका लागि गाउँपालिकाले मङ्गलबार र बुधबार दुई दिन सार्वजनिक बिदा दिएको हो ।
पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यस क्षेत्रका किसानलाई वरदान साबित भएको छ । वि.सं.२०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि वरदान साबित भएको हो ।
नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि जित्नुभएको छ ।
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
बारा-पर्सा औद्योगिक कोरिडरमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुँदा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् ।
लुम्बिनी निर्माण व्यवसायी सङ्घ जिल्ला कार्यसमिति रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल विजयी हुनुभएको छ । सङ्घमा पहिलो पल्ट महिला नेतृत्व स्थापित भएको हो ।
सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये दुई जनाको आज संसदीय सुनुवाइ भएको छ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिसमक्ष उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभयो ।
प्रहरीले भारत विहार शिवहर नारायणपुर बस्ने ३२ वर्षीय हरिशचन्द्र कुमार सुडीलाई सालनालसहितको मृत शिशुसहित पक्राउ गरेको छ ।
पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सङ्घीयता अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा आज बिहानदेखि जारी छ । बैठकको प्रारम्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रस्ताव पेस गर्नुभएको छ ।
सरकारले विद्युत खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।
कोहलपुर नगरपालिका–१५ चौधरियामा निर्माण भइरहेको सडकको अनुगमन गर्दा गुणस्तरीय नबनेको पाइएकाले अनुगमन समितिको निर्देशनपछि कालोपत्रे उप्काएर नयाँ अस्फाल्ट पिच (गुणस्तरीय पक्की) बनाइएको छ ।