जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिकाको १ र १२ को सीमानमा पर्ने छेडा खोलामा जाल खेल्न गएका शिवालय गाउँपालिका ९ का ४५ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ घडेरीका ४५ वर्षीय नरेवहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको आयोजनामा ‘समृद्धिका लागि सिर्जना’ भन्ने नाराका साथ एकहप्ते ‘काष्ठ–मूर्तिकला कार्यशाला’ बिहीबारबाट सुरु भएको छ । प्रतिष्ठानमा आयोजित एक औपचारिक कार्यक्रमबिच अग्रज मूर्तिकार एवं प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीले कार्यशाला उद्घाटन गर्नुभयो ।
मेची मार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको मोटरएवल हेवाखोला पुल बगेसँगै पाँचथरको उत्तरी क्षेत्र र ताप्लेजुङमा नाकाबन्दी नै लागेको छ । असार २ र ३ गते परेको वर्षासँगै आएको बाढीले सो क्षेत्र छिर्ने मुल नाकाको पुल बगाएपछि चार दिन यतादेखि यातायातको नाकाबन्दी लागेको हो ।
गत वर्षझैँ यो वर्ष पनि बागमती प्रदेश डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ। यो वर्षको मनसुन सुरु भइसकेकाले अधिक वर्षा हुनुपूर्व नै डेङ्गु रोगको स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए गत वर्ष जस्तै यस प्रदेशमा डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिने अध्ययनले निष्कर्ष निकालेको हो।
जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौरा दह प्रहरीले इटहरी–१९ सुनसरीका साजन चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरेको हो ।
मकवानपुरको बागमती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको गाउँपालिका घोषणा गरिएको छ। चालु शैक्षिक सत्रमा बागमती प्रदेशमै पहिलो पटक बागमती गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको गाउँपालिका घोषणा गरिएको हो। सङ्घीय सरकारले आगामी २०८५ सालभित्र विद्यालय उमेरका सबै बालबालिका विद्यालयको पहुँचमा आइसक्ने नेपाललाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने कार्यक्रम रहेको छ। सो अभियान अन्तर्गत यस शैक्षिक सत्रमा बागमती प्रदेशका ११ वटा स्थानीय तहलाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको स्थानीय तह घोषणा गर्ने कार्यक्रम छ।
जाजरकोटमा सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु भएको छ । सुरक्षित सुत्केरी सेवाको अभावमा जिल्लाको छेडागाड नगरपालिका ८ रुवाकि ३२ बर्षीया सोविता गिरीको मृत्यु भएको हो ।
पश्चिम चितवनमा निर्माण भएको देवनगर सबस्टेसन सञ्चालनमा आउन नसक्दा विद्युत्को भार धेरै भएर लोडसेडिङ वृद्धि भएको छ । विद्युत्को माग धेरै भएपछि भार क्षमता वृद्धि गर्न भरतपुर महानगरपालिका–६, देवनगरमा दुई वर्षअगाडि सबस्टेसन निर्माण गरिएको थियो । भरतपुरको मुख्य बजार क्षेत्र र पश्चिम चितवनको केही भागमा भरतपुरको भोजाडमा रहेको र पश्चिम चितवनको चनौलीमा रहेको स्टेसनमार्फत मेघौली, जगतपुर, माडी क्षेत्रमा वितरण गरिएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास समिति खारेजीको प्रस्ताव आफ्नो मन्त्रालयले नगरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा उहाँले अर्थ मन्त्रालयले बोर्ड र समितिलाई खारेज गरेको प्रस्ताव कृषि मन्त्रालयले गरेको थिएन तर बजेट मन्तव्यमार्फत नै खारेज भएको बताउनुभयो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ। न्याम्सका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्नुभएको हो। यसअघि उहाँ न्याम्सको निमित्त उपकुलपतिका रूपमा कार्यरत हुनुहुन्थ्यो।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ । बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको वार्तामा समाजवादी मोर्चालाई प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई नेताबिच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि छलफल भएको छ । विप्लवसहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)
वैदेशिक रोजगारीमा रहेका वैधानिक कागजात नभएका (अनडकुमेन्टेड) नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कागजातविहीन भएर बस्दै आएका नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालिएको हो ।
ज्येष्ठ नागरिकसँग सम्बद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले स्थानीय तहलाई ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्न आग्रह गरेका छन्। स्थानीय सरकारसँग साधन, स्रोत, जनशक्तिसमेत हुने भएकाले ज्येष्ठ नागरिक नीति बनाई कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आग्रह गरेका हुन्।
राष्ट्रिय किताबखाना (निजामती) ले अनलाइन प्रविधिबाट कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) फाराम बुझाउन सकिने व्यवस्था गरेको छ। यसअघि कर्मचारी सङ्केत नम्बर लिन सिटरोल फाराम भरी किताबखानामा भौतिक रूपमा पेस गर्नुपर्ने अवस्था थियो तर अब अनलाइन प्रविधिबाटै कर्मचारीको सिटरोल बुझाउन सकिने व्यवस्था गरिएको छ।