कालीकोटको राष्कोट नगरपालिकाले विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १२ औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ । राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको छ ।
भैरहवा भन्सार कार्यालयले गत जेठ १६ गतेदेखि एक सयभन्दा बढी मूल्यको समान ल्याउँदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताउनुभएको छ ।
नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ अभ्यास गरिएको छ ।
गुल्मीको मदाने गाउँपालिकाले स्थानीय महिलालाई पञ्चेबाजा बजाउन तालिम दिएको छ । आत्मनिर्भर बनाई स्वरोजगार बनाउने तथा परम्परागत रूपमा रहेको लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ सो तालिम महिलालाई प्रदान गरिएको हो ।
सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
दैलेखको नारायण नगरपालिका–६, भूर्तीमा रहेको पञ्चदेवल जहाँ पच्चीस साना ठूला देवल रहेका छन् ।
झण्डै आठ वर्ष पहिले सुरु भएका काठमाडौं उपत्यकाका विस्तारका सडक सम्पन्न हुने चरणमा पुगेका छन् । सुरुआती वर्षमा जग्गा प्राप्त नहुँदा त पछिल्ला वर्षमा कहिले कोभिड त कहिले निर्माण सामग्रीको अभावलगायतका कारणले लामो समय लागेका यी सडक अब सम्पन्न हुन लागेका हुन् ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताउनुभएको छ ।
हिमधारा कम्पनीको जारको पानीमा मरेको किरा र भातको सिता भेटिएको छ । धनकुटा नगरपालिकास्थित सञ्चयकोषको कार्यालयमा राखिएको जारको पानीमा किरा र भातको सिता फेला परेको हो ।
दोलखाको वैतेश्वर–६ नाम्दुका कालुराम जिम्बा तामाङको एकल प्रयासमा तामाङ मिनी सङग्रहालय निर्माण गरिएको छ ।
यस वर्ष मनसुनजन्य प्रकोपबाट कर्णाली प्रदेशमा झण्डै ३५ हजार ३ सय ३३ जना प्रभावित हुने आँकलन गरिएको छ । विगतको तथ्याङ्कलाई हेर्ने हो भने कर्णाली प्रदेशको रूकुम पश्चिम, दैलेख र सुर्खेत जिल्ला बाढीपहिरोको उच्च जोखिममा छन् ।
पाँचथरमा असार २ गतेदेखि आएको वर्षाका कारण बाढी र पहिरोमा परी विस्थापित हुनेको सङ्ख्या बढेको छ । बिहीबार मध्यान्हसम्म विस्थापितको सङ्ख्या पाँच सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।