घोराही उपमहानगरपालिका–१६, गुरुवागाउँ निवासी लक्ष्मी चौधरीलाई घरमा खाना बनाउँदा बनाउँदै ग्यास सकिने र सकिँदा बजार गएर ल्याउनुपर्ने समस्या हटेको छ। घर छेउमै स्थापना भएको बायो ग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समस्या हटेको उहाँ बताउनुहुन्छ। विगत डेढ महिनादेखि उद्योगले बायो ग्यास दिन थालेपछि दैनिक भान्सामा काम गर्ने आफू जस्तै महिला दिदीबहिनीलाई सहज भएको लक्ष्मी बताउनुहुन्छ।
साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन् ।
प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपु¥याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ ।
स्थानीय सरकार नयाँ बजेट निर्माणमा जुटेका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिने योजना र कार्यक्रम बनाउने अन्तिम तयारीमा सुर्खेतका स्थानीय तह छन्। बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट प्राप्त योजनाको प्राथमिकरण हुँदै छ। जनप्रतिनिधि र कर्मचारी त्यसैका लागि व्यस्त छन्। प्राथमिकता अनुसार योजना छनोट गर्ने र आवश्यक बजेट विनियोजनका लागि गृहकार्य भइरहेको छ। स्थानीय सरकारले असार १० गतेभित्र वार्षिक बजेट गाउँ तथा नगर सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही अनुसार आर्थिक वर्ष २०८०/८१ को अनुमानित आय–व्ययको विवरण तयार हुँदै छ।
रुकुमपश्चिम जिल्ला सदरमुकाम तथा खलङ्गा बजार क्षेत्रमा विद्युत् तार व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढाएको छ। मुसीकोट नगरपालिका–१, खलङ्गास्थित विद्युत् ट्रान्समिटरदेखि सहिद मैदान, पुष्पलाल चोक हुँदै जिल्ला प्रहरी कार्यालय जाने बजारको मुख्य लाइन र सल्लेतर्फको बाटोमा विद्युतीय तारले दुर्घटनाको जोखिम बढाएको छ। सडक प्रयोगकर्ताले छुन सक्ने गरी विद्युतीय तार लत्रिएको पाइन्छ। सो सम्बन्धमा स्थानीयले वडा कार्यालयमा निवेदनसमेत दिएका छन्।
विद्यार्थीहरूले दुई सय वर्षयताको साहित्य र कलालाई समीक्षा गरेर हेर्छन्, विभिन्न हस्तीहरूको चलचित्रलाई कलावादी र समाजवादी आँखाले हेरिन्छ, आइजेन्सटाइन र मायाकोवस्कीको नाम आउँछ, कला कस्तो हुनुपर्ने भन्ने छलफल हुन्छ ।
कैलाली जिल्लाका लागि विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार भएको छ। विपत् आउनुपूर्व आवश्यक तयारी र विपत्को समयमा पीडितको खोज तथा उद्धार गरी स्थानीय स्रोतको अधिकतम उपयोग गरिने जनाइएको छ। विपत् प्रभावित समुदायलाई व्यवस्थित, प्रभावकारी र जवाफदेहीयुक्त मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले प्रतिकार्य योजना तयार पारिएका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।
विशेष अदालतले राज्यले पाउनुपर्ने कर कानुनविपरीत मिनाहा गरेको भन्दै कर फर्स्योट आयोगका तत्कालीन पदाधिकारीलाई छ अर्ब रुपियाँभन्दा बढी बिगो असुलउपरको आदेश गरेको छ । अदालतले आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र सदस्यसचिव चूडामणि शर्मालाई दोषी ठहर गरी मङ्गलबार सजाय तोकेको हो । निजहरूको बिगो छ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपियाँ कायम भएको छ । कुल बिगो अनुसार जनही दुई अर्ब पाँच करोड २३ लाख ४७ ह
सङ्घीयता कार्यान्वयनमा उठेका जनगुनासालाई सम्बोधन गर्न सङ्घ, प्रदेश र स्थानीय तहले संवैधानिक रूपमा पाएको अधिकारको सही ढङ्गले प्रयोग गरी विवादित विषयलाई चाँडोभन्दा चाँडो समाधान गर्दै आ–आफ्नो अधिकार क्षेत्रभित्र रहेर जिम्मेवारीका साथ कार्य अगाडि बढाउने विषयमा कुनै दुई मत पाइँदैन । नेपालको संविधानको भाग २० धारा २३२(१) ले सङ्घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्धमा निर्धारण गरिएका सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित भई तीनै तह जिम्मे
स्थायी सम्पत्ति (जग्गा) नभएका धेरै मानिसका लागि पहिले नागरिकता प्रमाणपत्रको खासै आवश्यकता थिएन । आवश्यक पनि पर्ने थिएन । पछिपछि सामाजिक सुरक्षामा जोडिन नागरिकता प्रमाणपत्रको आवश्यकता पर्न थाल्यो । यसबाहेक नागरिकताको दैनिक प्रयोजन खासै थिएन । २०६३ सालमा सरकारी टोली नागरिकता वितरण गर्न नागरिकको घरघरमा पुगे । अनि मात्र धेरैले नागरिकताको आवश्यकता महसुस गर्न थाले । हाम्रै बज्यै तथा आमा उमेर समूहका महिला र धेरैजसो कमजोर वर्गले नागरिकता लिए ।
जो मानिस जनप्रतिनिधि हुन्छ, उसमा आत्मविश्वास, धैर्य, इमानदारी, प्रतिबद्धता, जिम्मेवारी निर्वाह गर्ने कला र दक्षता, दूरदर्शिता, निर्णय क्षमता, स्वच्छता, निष्पक्षता र जनताका समस्या पहिचान र आत्मसात् गर्ने विवेक जस्ता न्यूनतम गुण आवश्यक हुन्छन् । सर्वप्रथम नेताले समस्या पहिचानपछि समस्या समाधानको गन्तव्य निर्धारणको योजना बुन्छ । त्यस अनुसारको सहयात्राका लागि सहयोगीलाई बाटो देखाउने र उत्प्रेरित गर्ने काम गर्छ । आफ्ना सबै राम्रा र नराम्रा कामको निर्मम मूल्याङ्कन गर्छ र निःसङ्कोच जवाफदेहीसमेत लिन्छ । व्यक्तिगत लालचा शून्यमा झार्दै सधैँ इमानदार बन्ने अभ्यास गर्छ । उच्च मनोबल र नैतिक मूल्यप्रति क
नेपालको वित्तीय क्षेत्र अहिले समस्याले घेरिएको छ । खास गरी वित्तीय सहकारीको क्षेत्रमा देखिएका समस्या, बढ्दो वित्तीय अपराध (चेक बाउन्स तथा आर्थिक अपचलन), लघुवित्त क्षेत्रका ऋण असुली तथा ब्याजदरमा देखिएका समस्या, मिटरब्याजीपीडितका समस्या, बढ्दो आर्थिक मन्दीको जोखिम अहिलेका टड्कारा समस्या हुन् । यी समस्याउपर सरकारले समाधानको प्रयास त गरिरहेको छ तर पनि असीमित समस्याको व्यापकता र घेराबन्दीले पीडित प्रताडित छन् । यस्तैमा वित्तीय सहकारीको समस्या सबैभन्दा पेचिलो बनिरहेको देखिन्छ । अहिले देशैभरका सयौँ सहकारीमा वित्तीय समस्या देखिएका छन् ।
पूर्वी नेपालमा यही असार १ र २ गते आएको बढीका कारण क्षतिपुग्ने जलविद्युत् आयोजनाको सङ्ख्या २३ पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार प्रभावित आयोजनाका प्रवर्धकहरूसँग क्षति र अबको योजनाबारे छलफलका व्रmममा २३ आयोजनामा क्षति पुगेको निचोड निकालेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले दुर्घटनामा निधन भएका दुई परिवारलाई राहत प्रदान गरेको छ । गत वैशाख २० गते पृथ्वीराज मार्गमा पर्ने बन्दीपुर गाउँपालिका–५ आँधी खोलामा ट्रकको ठक्करबाट मृत्यु भएकाका परिवारलाई प्रदान गरिएको हो ।