जिल्लाकै दुर्गम मानिने याङवरक गाउँपालिका १ खोला घारी चोकमागमा गएको पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइन मार्फत राहत सामग्री पठाइएको छ ।
भारतीय सीमावर्ती क्षेत्रमा रहेको इलामको सूर्योदय नगरपालिका पर्यटन, कृषि, पशुपालन, शिक्षामा अब्बल नगरपालिका मानिन्छ । यो नगरपालिका इलामकै बढी चिया उत्पादन हुने क्षेत्र हो । अन्तु, कन्यामजस्ता पर्यटकीय क्षेत्रबाट पनि यो नगरपालिका परिचित छ । १४ वडा रहेको यो नगरपालिकाको जनसङ्ख्या ५४ हजार ७२७ छ । यो नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका तर्फबाट रणबहादुर राई रहनुभएको छ । दोस्रो कार्यकालको जिम्मेवारी वहन गरिरहनुभएका प्रमुख राईसँग गो
कोशी प्रदेशका तीन पहाडी जिल्लाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सर्वसाधारणका लागि बुधबारदेखि औषधी तथा प्रारम्भिक राहत वितरण सुरु गरिएको छ । बाढी पहिरोमा फसेका र बेपत्ता भएकाहरूको खोज तथा उद्धारलाई निरन्तरता दिनुका साथै विस्थापित परिवारको व्यवस्थापन गर्ने र औषधीजन्य र अन्य राहत वितरणको काम सुरु गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले थप सात औद्योगिक ग्राम घोषणा गर्न लागेको छ । प्रत्येक स्थानीय तहमा ग्राम घोषणा गर्ने सरकारको नीति अनुसार थप सात ठाउँमा घोषणा गर्न लागिएको हो । हालसम्म ११३ ग्राम घोषणा भइसकेकामा थप सात ठाउँमा ग्राम घोषणा गर्नका लागि प्रस्ताव मन्त्रीपरिषद्मा पठाएको मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने छ । कालीकोटको रास्कोट नगरपालिका, कालीकोटकै नरहरिनाथ गाउँपालिका, बाँकेको राप्तीसोनारी गाउँपालिका, पाल्पाको रम्भा गाउँपालिका, अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा ग्राम घोषणा गर्न लागिएको हो । यस्तै पर्साको जगतनाथपुर गाउँपालिका, बाराको गढीमाई नगरपालिकामा ग्राम घोषणा हुुन लागेको हो ।
गायन, वादन र नृत्यको त्रिसंयोग सङ्गीतलार्ई मानिन्छ । वर्षको सबैभन्दा लामो दिन जुन २१ तारिखका दिन विश्वभर एकसाथ ‘विश्व सङ्गीत दिवस’ मनाउने गरिन्छ । यसै सन्दर्भमा नेपालका सङ्गीतप्रेमीहरूले बुधबार विभिन्न कार्यक्रम गरी विश्व सङ्गीत दिवस मनाएका छन् । गायक तथा सङ्गीतकार रामकृष्ण दुवालले भन्नुभयो, “विश्व सङ्गीत दिवसमा सङ्गीतसँगै मेरो बिहानी सुरु भयो । योग दिवस पनि परेको हुनाले बिहानी मधुर धुनसँगै योग गरेँ ।” उहाँले भन्नुभयो, “म र गीत/सङ्गीतको पर्यायवाची जस्तै भएका छौँ । मेरो जीवन नै सङ्गीतका लागि भएकाले हरेक दिन सङ्गीत दिवस हो ।” सङ्गीतको शक्ति अतुलनीय छ । त्यसैले त सङ्गीतले मानिसलाई धरधरी रुवाउन सक्छ । पेट मिचुन्जेल हँसाउन सक्छ । एक तमासले आफ्नो काममा सक्रिय पाँच इन्द्रियलाई समेत चलाएमान बनाउन सक्छ ।
गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ मा अभिनय गर्नुभएकी कलाकार कुसुम शर्मा अब चलचित्रमा देखिनु हुने भएको छ । उहाँले अभिनेता आर्यन सिग्देलसँग चलचित्र ‘सञ्जीवनी’ मा अभिनय गर्न लाग्नुभएको हो । प्रेममा उमेरको छेकबार हुन्छ कि हुँदैन भन्ने विषयमा केन्द्रित रहेको चलचित्रको पोस्टर निर्देशक दिनेश श्रेष्ठले सार्वजनिक गर्नुभएको छ । श्रेष्ठले पाको उमेरको पुरुष र कलिलो उमेरकी युवतीको प्रेमको कथालाई चलचित्रमा उतार्न लागेको बताउनुभयो । आशिर सुवेदीको प्रस्तुतिमा बन्ने चलचित्रमा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ र अनुसुया श्रेष्ठको पनि अभिनय रहने बताइएको छ ।
बाँकेका महिलाहरू मौलिक संस्कृति र परम्परा जोगाउन सक्रिय भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ का महिलाहरू पन्चैबाजा संरक्षण समूह नै गठन गरेर मौलिक संस्कृति र परम्परा जोगाउन दिनरात क्रियाशील रहँदै आएका छन् । पन्चैबाजा संरक्षण समूहमा आबद्ध मैसरी खत्रीले समाजबाट मौलिक संस्कृति र परम्परा लोप हुन थालेपछि समूह नै बनाएर संरक्षणमा जुटेको बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागद्वारा आयोजित लोककला विषयक गोष्ठीमा नेपाली लोककलालाई अगाडि बढाउन विभिन्न सुझाव दिइएको छ । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले गोष्ठीका कार्यपत्र प्रस्तुतकर्ताले दिएका सुझाव अमूल्य रहेको भन्दै ती सुझावको आधामा आगामी दिनमा प्रतिष्ठानलाई अगाडि बढाइने बताउनुभयो ।
प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपुर्याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ ।
वार्षिक एक सय श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसक्ने २४० म्यानपावर कम्पनी खारेजीको जोखिममा परेका छन् । नवीकरणका लागि वार्षिक रूपमा एक सय श्रमिक वैदेशिक रोजगारी पठाउनुपर्ने भए पनि जेठ मसान्तसम्म २४० म्यानपावर कम्पनीले सो सङ्ख्या पु-याउन सकेका छैनन् ।
स्थानीय तह यति बेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने चटारोमा छन्। स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले असार १० भित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ/नगर सभामा पेस गर्नु पर्छ। बजेटमा गत आवको राजस्व र व्ययको यथार्थ विवरण, चालु आवको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आवको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण समावेश गर्नु पर्छ ।
सुनकोशी गाउँपालिका–४, यमुनाडाँडाका दलित बस्तीमा आठ वर्षभन्दा लामो समयदेखि खानेपानी अभाव छ। २०७२ सालको भूकम्पले भगटेधाराको मुहान सुकेपछि मिजारटोल, कोटाटोल, जमदारटोल, बिर्ताटोललगायतका बस्तीमा खानेपानीको चरम अभाव भएको हो। मिजारटोलमा एउटा धारा छ तर उक्त धारामा पानी नआएको पनि आठ वर्ष बितिसकेको छ। “धारामा पानी आउँदैन, ढुङ्गेधारामा पनि पानी सुकेपछि पिउनका लागि नै समस्या छ,” ज्येष्ठ नागरिक जितबहादुर सार्कीले पीडा सुनाउनुभयो।
ग्रामीण पर्यटनको विकास र प्रवर्धनमा टेवा पु-याउने उद्देश्यले पछिल्लो समय धेरै होमस्टे सञ्चालनमा आएका छन्। होमस्टे सञ्चालन गर्ने क्रम बढ्दै जाँदा ‘होटल’ बन्न थालेको आरोप पनि लाग्ने गरेको छ। उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाको अम्बोटेमा सञ्चालित गुरुङ होमस्टेले भने स्थानीय उत्पादनलाई बढवा दिँदै पाहुनालाई मौलिक तरिकाले स्वागत गरिरहेको छ। धादिङको सदरमुकाम धादिङबेँसीदेखि ३५ किलोमिटर उत्तरमा साबिकको गुम्दीमा रहेको अम्बोटेगाउँ पछिल्लो समय होमस्टेका लागि चर्चित बनेको छ। १६ घर गुरुङ समुदायको बसोबास रहेको यो ठाउँ अहिले गुरुङ होमस्टेका रूपमा परिचित छ। यहाँ सञ्चालित होमस्टेको विशेषता गाउँले जनजीवन, सत्कार, स्थानीय खानपान, सरसफाइ र स्थानीय संस्कृतिको आनन्द रहेको होमस्टे सञ्चालक रूपा गुरुङले बताउनुभयो। गुरुङका अनुसार यहाँ आइपुग्ने पर्यटक गुरुङ संस्कृतिसँग मज्जासँग रम्न पाउँछन्। यहाँका १६ घरमध्ये नौ घर भूतपूर्व सुरक्षाकर्मीका हुन् भने पाँच घर बहालवाला सुरक्षाकर्मीका हुन्। त्यस्तै एक घरका सदस्य निजामती सेवामा कार्यरत छन्। सरकारी सेवामा रहँदा गरेको मेहनत र अनुशासनलाई आफूहरूले होमस्टेमा प्रयोग गरेको होमस्टे सञ्चालक मानबहादुर गुरुङले बताउनुभयो। फौजीमा हुँदा देखेको र गरेका कामलाई आफ्नै गाउँघरमा प्रयोग गर्दा निकै आनन्द लागेको गुरुङको भनाइ छ।
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख इम्तियाज आलमले बुधबार नगर सभाको १३ औँ अधिवेशनमा उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभएको हो । कुल बजेटमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रुपियाँ अर्थात् ७७ प्रतिशत र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपियाँ अर्थात् २२ प्रतिशत बजेट विनियोजन
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि भौतिक संरचना निर्माण गर्दा सडकपेटीका बोटबिरुवा नासिए नासिएका संरचना पूर्ववत् नै कायम गर्न लगाएर मात्र निर्माण सम्पन्नताको प्रमाणपत्र दिने भएको छ । महानगरपालिकाले हरियाली प्रवर्धन गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयन गर्न त्यस्तो नीति अपनाएको हो । महानगरपालिकाको तेस्रो नगर सभामा बुधबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।