जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उच्च अदालत पाटनमा दायर गर्नुभएको रिटमा सुनुवाइ जारी रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताउनुभएको छ ।
धनुषामा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका –१, चित्रपुरका श्रीलाल महतोको पाँच वर्षीया छोरी सन्ध्याकुमारी महतोको मृत्यु भएको हो ।
नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन् ।
धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिले एक कार्यक्रमका साथ धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो ।
धनुषाको ढल्केवरमा इनारभित्र एक पुरुषको शव भेटिएको छ । बिहीबार बिहान ढल्केवरस्थित एभरेष्ट आयल स्टोर नजिक रहेको इनारभित्र एक पुरुषको शव भेटिएको हो ।
उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रतिशत भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् ।
सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दाको सुनुवाइ जारी रहेको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको आयोजनामा ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम’ सञ्चालन गरिएको छ ।
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजसँग खेल्दैछ ।
जारी हड्तालले रूसले आंशिक रूपमा कब्जा गरेको दक्षिणी युक्रेनको क्षेत्रसँग गाभिएको क्रिमियन प्रायद्वीपलाई जोड्ने पुलमा क्षति पुगेको छ । रुसी अधिकारीले बिहीबार यसबारे टिप्पणी गरेका छन् ।
चीनले अमेरिकालाई आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ ।
चन्द्रकोट गाउँपालिकाले गाउँपालिका लिफटिङ प्रविधिबाट सञ्चालन भएका खानेपानी समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।