नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा यही असार ८ र ९ गते पोखरामा हुने नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’का लागि बिहीबार बिहान फेवातालमा अभ्यास गरिँदै ।
सशस्त्र प्रहरीले साढे १५ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेससहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ।
नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स साईकोलोजी कमिशनले आयोजना गरेको वेलनेस सेसन अन स्पोर्ट्स कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ८ गतेदेखि पुस्तक प्रदर्शनी सुरु गरिने भएको छ ।
झापाको कमल गाउँपालिका ३ स्थित केर्खा–क्याम्पा सडकखण्डअन्तर्गत केराधापमा बिहीबार दिउँसो बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनाको अवधारणपत्र तयार पार्नका लागि सुझाव सङ्कलन थालेको छ।
म्याग्दीको बेनीमा आयोजित मानवअधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वैतनिक वकिलको कार्यशैलीमाथि प्रश्न उठाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक पूर्व समीक्षा तथा मानवअधिकार अन्तरक्रिया कार्यक्रममा सो प्रश्न उठाइएको हो ।
ओखलढुङ्गाको मोलुंग गाउँपालिका २ का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्व तीन लाख ८२ हजार ५० रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।
बिहीबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेको छ ।
खार्पुनाथ गाउँपालिकाका स्वास्थ्यकर्मी मिलेर आफैले बोकेर रेफ्रिजेरेटर अस्पताल पुर्याएका छन् । निर्माण भएको सडक सञ्चालनमा नआएपछि सामुदायिक अस्पतालका लागि अति आवश्यक पर्ने सो मेशिन स्वास्थ्यकर्मीले बोकेर अस्पताल पुर्याएका हुन् ।
मधेश प्रदेशका वन तथा वातावरणमन्त्री रवीन्द्रप्रसाद कुर्मीले वातावरण संरक्षणको लागि सबैले वृक्षारोपण गर्नुपर्ने बताउनुभएको छ।
अत्यधिक रक्तस्राव भएकी रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामकी ४० वर्षीया सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि आज दिउँसो सुर्खेत पठाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्रमा शतप्रतिशत विद्युत बिस्तार गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो ।
कैलालीका संरक्षणकर्मी हिरुलालल डङ्गौरा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित हुनुभएको छ । संरक्षणमा योगदान पुर्याएको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको हो ।
बाँकेमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत निर्माणाधीन अधिकांश पुलको निर्माण कार्य सुस्त रहेको अवस्थामा दुई वटा पुल निर्धारित समयभन्दा पहिले नै सम्पन्न हुनेभएको छ ।