सुक्खा क्षेत्र घोषणा गरिएको खोटाङको हलेसी क्षेत्रका सर्वसाधारणको घर–घरमा दुधकोशी नदीको पानी पु-याउने योजना अन्तिम चरणमा पुगेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ का तीन हजार ७५६ घरधुरीलाई पानी वितरण गर्ने लक्ष्य राखिएको (बृहत् पम्पिङ) खानेपानी आयोजना अन्तिम चरणमा पुगेको हो।
कुनै बेला राजनीतिक, प्रशासनिक, न्यायिक, शैक्षिक क्षेत्रमा राजविराज सहरको अग्रणी नाम थियो तर अहिले देशकै पुरानामध्येको एक राजविराज नगरपालिका विकासका दृष्टिले पनि पछाडि परेको छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राजविराज नगरपालिकाको उपप्रमुखमा निर्वाचित भए पनि इसरत परविनले २०७९ भदौदेखि नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। नगरका विकास चुनौती र सम्भावनाबारे कार्यवाहक प्रमुख इसरत परविनसँग गोरखापत्रका ललिता साहले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु हुँदैछ ।
रुकुमपश्चिम जिल्लामा अफिम र गाँजा खेती धेरै हुने गरेको प्रहरी तथ्याङ्कले खुलासा गरेको छ। जिल्लामा विभिन्न समयमा गरेर १०५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ। लागुऔषध नियन्त्रणका लागि जिल्लास्थित सुरक्षा निकाय, प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहसँगको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो। प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईद्वारा प्रस्तुत कार्यपत्रमा जिल्लामा अफिम र गाँजा खेती धेरै हुने गरेको तथ्याङ्क उल्लेख छ।
कैलालीको घोडाघोडी नगरपालिकामा निर्माण सम्पन्नको चरणमा रहेको सडकमा गरिएको कालोपत्रे कमसल भएको आरोप लगाउँदै स्थानीयले सडक अनुगमनको माग राखेका छन्। घोडाघोडी नगरपालिका–४ स्थित सिम्थरीदेखि गैँडाखेडा जाने एक हजार ७२५ मिटर लामो सडकको कालोपत्रे तथा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दुई सय मिटर सडक कालोपत्रे हुन बाँकी रहँदा स्थानीय जनज्योति युवा क्लबले असार ४ गते वडा कार्यालयलाई सडक अनुगमनको माग राख्दै लिखित निवेदन दिएको छ।
कैलाली क्षेत्र नम्बर ५ (ख) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली कांग्रेस पार्टीका युवानेता एवं प्रदेश सरकारका भौतिक, पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई आसलाग्दो युवामन्त्रीका रूपमा हेरिएको छ । आर्थिक पारदर्शी, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता कार्य कर्मचारी तहबाट होइन मन्त्री आफैँबाट सुरु गर्नु पर्छ भन्ने मान्यता राख्दै आउनुभएका मन्त्री देउवा कैलाली जिल्लाका युवामाझ लोकप्रिय नेताका रूपमा आफ्नो छवि बनाउँदै आउनुभएको छ । सक्रिय राजनीतिमा
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छ महिनापछि बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान भयो । चीन भ्रमणमा जानुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सात जना सांसद र फेवातालमा आयोजना गरिएको ‘ड्रागन बोट रेस’ महोत्सवमा सहभागी हुने खेलाडीसहित ८४ जना चिनियाँ लिएर सिचुवान एयरलाइन्सको चार्टर्ड न्यारोबडी ए ३१९ जहाज चीनको छेन्दुबाट पोखरा अवतरण ग-यो । गण्डकी प्रदेश प्रमु
स्थानीय तहको कर असुल्ने अधिकार स्थानीय आर्थिक कार्य प्रणालीभित्र पर्छ । संविधानको धारा २२८ अनुसार कानुनबमोजिम बाहेक स्थानीय तहमा कुनै कर लगाउन, कर उठाउन र ऋण लिन पाउँदैन । यसको उपधारा (२) अनुसार स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा राष्ट्रिय आर्थिक नीति, वस्तु वा सेवाको ओसारपसार, पुँजी तथा श्रम बजार, छिमेकी प्रदेश वा स्थानीय तहलाई प्रतिकूल नहुने गरी कानुन बनाई कर लगाउन सक्छ ।
यही असार १ गतेदेखि नेपालको सर्वोच्च अदालतले तिसौँ प्रधान न्यायाधीशका रूपमा हरिकृष्ण कार्कीलाई प्राप्त गरेको छ । संवैधानिक परिषद्को सिफारिसमा सङ्घीय संसद्को सुनुवाइ समितिले सर्वसम्मत कायममुकायम प्रधान न्यायाधीश कार्कीको नाम अनुमोदन गरेपछि सोही दिन उहाँले राष्ट्रपतिबाट देशको नयाँ प्रधान न्यायाधीश पदको शपथ ग्रहण गरी कार्यारम्भ गर्नुभएको हो । आगामी साउन २० गतेदेखि ६५ वर्षे उमेरहदका कारण उहाँले अनिवार्य अवकाश पाउनु हुने छ । समयावधि छोटो भए पनि नेतृत्वको प्रचुर इच्छाशक्तिले गर्न सकिने सुधारका लागि भने यो समय अवसरकै रूपमा रहने छ ।
लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्व छन् । जसमध्ये सांस्कृतिक समानतालाई एउटा प्रमुख घटनाका रूपमा लिन सकिन्छ । सरकारको सञ्चालन आफ्नै तरिका र परिस्थितिहरूको बाध्यात्मक अवस्थाबाट भइरहेको हुन्छ तर दुई देशबिचको सांस्कृतिक समानताका कारण जनस्तरमा स्थापित सम्बन्ध र बन्धुत्व कहिल्यै कमजोर भएन । नेपाल र भारतबिच सांस्कृतिक सम्बन्ध यति बढी प्रगाढ एवं अद्वितीय छन् कि यसको बराबरी विश्वका अन्य कुनै पनि मुलुक
आत्मनिर्भर भएका वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा चोरी तस्करी वृद्धि भई बजारमा अस्वाभाविक मूल्य बढ्दै जाने उपभोक्ता अधिकारकर्मीले बताएका छन् । राष्ट्रिय उपभोक्ता अधिकार मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ता हित संरक्षण मञ्चले बिहीबार आयोजना गरेको सरकारको नीति तथा कार्यक्रममा बढ्दो महँगी, अनियन्त्रित बजार र उपभोक्ता सरोकारका विषयमा भएको अन्तर्क्रिया कार्यक्रममा सो बताएका हुन् ।
यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’ मा अभिनेता बुद्धि तामाङ अनुबन्धित हुनुभएको छ । चलचित्र यार्सा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो । यसअघि चलचित्रमा मुख्य अभिनेताका रूपमा दयाहाङ राई फाइनल भइसक्नुभएको छ । यही चलचित्रका लागि अर्का मुख्य अभिनेताका रूपमा बुद्धि तामाङ भित्रिनुभएको छ ।
गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
इन्टरनेट तथा टेलिभिजन सेवाप्रदायक डिसहोममा वर्षभर सार्वजनिक भएका सफल नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । सिनेमा हलमा गएर त्यस्ता सफल चलचित्र हेर्न छुटाएका दर्शकलाई लक्ष्य गरी यस्तो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रेमगीत ३, छक्कापन्जा ४, चिसो मान्छे, प्रकाश, कृष्णलीला, माइकल अधिकारी, नाइँ नभन्नु ल ६, प्रसाद २, झिँगेदाउ जस्ता नयाँ र दर्शकले मन पराएका चलचित्र डिसहोम सिनेमाघर च्यानलमा हरेक दिन विभिन्न समयमा आठ वटा चलचित्र प्रदर्शन भइरहेका छन् ।