आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ ।
नेकपा(एमाले)का सांसद रघुविर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताउनुभएको छ ।
असार ३ गतेको बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको पाँचथरको हेवा खोलामा शुक्रबारदेखि घिर्नी बनाए मान्छे तार्न थालिएको छ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई अनुमोदन गर्नुभएको छ ।
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई प्रथम दृष्टिमा अवैधानिक भन्न नमिल्ने बताएको छ ।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गतको विनियोजित बजेटमा छलफलका क्रममा खर्च कटौतीको प्रस्ताव गर्दै उहाँले देशभर रहेका ५५ विमानस्थलको मर्मत र विस्तार गर्नुपर्नेमा जोड दिँदै नयाँ विमानस्थल थप्न आवश्यक नभएको बताउनुभएको हो ।
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको आजको खेलमा ओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दिएको छ।
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले दुई दिन सेवा प्रवाह बन्द गर्नेभएको छ । कार्यालयका कर्मचारी गाउँसभाको काममा खटिने जनाउँदै सिमकोटले असार ९ र १० गते सेवा बन्द गर्ने भएको हो ।
नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डको छानबिन गर्न शक्ति सम्पन्न आयोग गठन गर्नुपर्ने बताउनुभएको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाका नौ वटै वडाका १३८ जना युवकयुवतीलाई रोजगारीमा लगाई आत्मनिर्भर बनाउन एकै पटक सीपमूलक तालिम दिइएको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गको वन पैदावार विकास समितिले आफ्नो आम्दानीको स्रोतका रुपमा रहेको काठ, दाउरा बिक्री गर्न नसकेपछि गत भदौदेखि आफ्ना कर्मचारीलाई तलब प्रदान गर्न सकेका छैनन् ।
स्याङ्जाको भीरकोट नगरपालिकाका कृषक बाँदरले हैरान पारेपछि सडकमा उत्रिएका छन्।
काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
विद्युतीय बाइक बनाउनु भएका कैलालीको गोदावरी नगरपालिका–५ का पारस साउदलाई धनगढीको एसपीए कलेजले सम्मान गरेको छ । बाइक बनाएर लाखौं युवाका प्रेरणा बनेको भन्दै कदरस्वरुप कलेजले शुक्रबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।
मर्निङ वाकमा निस्केका धनकुटा नगरपालिका –४ स्कुलडाँडामा धनबहादुर तामाङ मृत फेला पर्नुभएको छ । कोशी राजमार्ग अन्तर्गत धनकुटा –४ स्थित स्कुलडाँडानजिक सडकको नालीमा शुक्रबार धनकुटा –६ का ४५ वर्षीय धनबहादुर तामाङको शब भेटिएको प्रहरीले जनाएको छ ।