• १२ असोज २०८१, शनिबार

मन्त्रिपरिषद् बैठकका १६ निर्णय (सूचीसहित)

blog

मङ्सिर २८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर: कविता थापा

काठमाडौं, पुस १ गते।  सरकारले विद्युत खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।  

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले मङ्सिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक गर्नुभएको हो।  

सरकारले ताप्लेजुङको घुन्सा खोला जलविद्युत आयोजनाको लागि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ।