सामाजिक विषयवस्तुको उठान गरेको भन्दै पूर्वमन्त्रीहरूले चलचित्र ‘नीरफूल’ को प्रशंसा गरेका छन् । पूर्वमन्त्रीहरू पार्वत गुरुङ, रघु पन्त, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही, पूर्वसांसद नवीना लामालगायतले चलचित्र ‘नीरफूल’ हेरेर प्रशंसा गर्नुभएको हो । पूर्वमन्त्री गुरुङले भन्नुभयो, “हलमै आएर चलचित्र हेरेको मेरो पहिलो अनुभव हो । भूकम्पको त्रासदीसँगै नीरफूलमा सामाजिक विषय उठाइएको रहेछ । निकै खुसी लाग्यो ।”
बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।
नेपाल बालसाहित्य समाजको २८ औँ वार्षिक सम्मेलन प्युठानस्थित जनता माध्यमिक विद्यालयमा आगामी मङ्सिरको दोस्रो साता हुने भएको छ । शनिबार प्युठानमा भएको सरोकारवाला संस्थाहरूको बैठकले यस्तो निर्णय गरेको नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले जानकारी दिनुभयो ।
बाढीका कारण पुल बगेपछि ठप्प भएको मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्डमा डाइभर्सन गरेर सुचारु गर्ने तयारी गरिएको छ ।
प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहँदै आएको गलैँचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा एकै पटक खारेज भएपछि उद्योग सङ्कटमा पर्ने व्यवसायीले बताएका छन् । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा समेत पाउँदै आएको छुट हटाउँदा दुई लाखभन्दा बढी श्रमिक आबद्ध भएको गलैँचा उद्योग नै सङ्कटमा पर्ने भन्दै व्यवसायी चिन्तित बनेका हुन् ।
ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९÷८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईँका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ रु दुई अर्ब सात करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । यो महानगरको वार्षिक पुँजीगत बजेट रु पाँच अर्ब १९ करोड ३५ लाखको ४० प्रतिशत हो ।
दर्ता नभएका मोबाइल राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आवश्यक विवरण भरेर राजस्व बुझाएपछि मोबाइल दर्ता गर्न सकिने भन्सार विभागले जनाएको हो । दर्ता नभएका त्यस्ता मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले उल्लेख गरेको छ ।
शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। छनोटमा परेका विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पाँच लाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने छ। हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ।
अधिकांश स्थानीय तहले आइतबार आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्दै छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । उक्त कानुनी व्यवस्था अनुसार सबै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्ना सभामा पेस गर्ने तयारी गरेका हुन् ।
मनसुन सुरु भएसँगै देशव्यापी रूपमा बाढीपहिरोको कहर सुरु भएको छ । असार १ गतेदेखि यता बाढी र पहिरोबाट १७ जनाको ज्यान गएको छ । तीमध्ये पहिरोले सबैभन्दा बढी १५ जनाको ज्यान लिएको छ । बाढीपहिरोमा परेर बेपत्ता भएका २६ जना अझै भेटिएका छैनन् । नेपालमा असार १ गते मनसुन भित्रिएको हो ।
डुम्रे–वेशीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–९ बडहरेमा बस र कार शनिबार दिउँसको ठक्कर खाँदा पाँच यात्रु घाइते भएका छन्। घाइते हुनेमा कारमा सवार रहेका छन्।
पालिकाको शनिबार भएको गाउँसभाको १४ औं (बजेट) अधिवेशनमा पालिकाका उपाध्यक्ष वनस्थम थिङले आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटको आकार चालु आवको तुलनामा घटेर आएको छ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक-३२९२ ले प्रदान गर्ने गरेको रोटरी जर्नो अवार्डको शिक्षा विधातर्फ गोरखापत्रका पत्रकार प्रकृति अधिकारी पुरस्कृत हुनुभएको छ।
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिकाको फरक फरक दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्युु भएको हो ।
मुक्तिनाथ क्यापिटलद्वारा चाँदबाग स्कुल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।