राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ आउँदै हुनुहुन्छ । यही पुस ११ गतेदेखि सुरु हुन लागेको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ आउन लाग्नुभएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा झुटो उजुरी दिनेलाई कारबाही गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही रहेका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेलकुद क्षेत्रबाट अब्बल कर्णाली प्रदेश बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ ।
हेटौँडा उपमहानगरपालिका १३ टुटेपानीस्थित एक गोठमा आगलागी हुँदा करिब १० लाख रुपियाँ बराबरको क्षति भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामा पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता गर्न सहज वातावरण मिलाउन वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो ।
“सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवा सांसद लेखनाथ दाहाल (राजन)ले भन्नुभयो, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन् ।”
मकवानपुरको मनहरी गाउँपालिकामा जङ्गली हात्तीले दुई घरमा क्षति पुर्याएको छ । मनहरी गाउँपालिका ८ सिमपानीस्थित टल्के चेपाङको जस्ता र ढुङ्गा माटोले बनेको एक तले घर पूर्णरुपमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै उक्त हात्तीले आइतबार
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।
सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा भारतको समग्र निर्यात करिव ६२.५८ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।
चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स—१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ ।
हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सत्तारुढ दल नेकपा (एकीकृत माजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।