सङ्घीय संसद्का सदस्यको एक टोली १० दिने चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेको छ । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली आज छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।
आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
दुबईका आकर्षक तलबमा काम लगाइदिने भन्दै ८३ जनाबाट दुई करोड त्रिसट्ठी लाख चौवन्न हजार छ सय दस रुपियाँ ठगी गर्ने कोमल राज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । युएई मा लुकेर बसिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरी कारबाही अघि बढाएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले दुई सय ५० जना मोतिबिन्दु रोग लागेर छनाेट भएका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।
मनाङ नासोका दलितले सम्बृद्धि आए पनि आफूहरुका लागि नआएको भन्दै गुनासो गरेका छन् । नासो गाउँपालिका –४ घेलान चोकका ११ घर दलितहरु चिसोमा कष्टकर जीवन जिउन बाध्य भएका छन् ।
नवलपुरको बुलिङटार– ४ मा रहेको पुरानो मगर बस्ती पहिरोको चपेटामा परेको छ । एक सय ८० परिवार र विद्यालय चारै तिरबाट पहिरोको चपेटामा परेको छ ।
झापाको मेचिनगर नगरपालिका –१० धुलाबारीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
कृषि विकास बैंकले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई बृहत् वाटर डिस्पेन्सन खानेपानी मेसिन हस्तान्तरण गरेको छ ।
नवलपुरमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । पुस ८ गतेबाट सञ्चालन हुने १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ ।
संविधानसभा सदस्य कमलप्रसाद पंगेनीको स्मृतिमा कमल पंगेनी स्मृति प्रतिष्ठान गठन गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताउनुभएको छ ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरी उद्योग सञ्चालनमा नल्याउने चार वटा उद्योगसँगको सम्झौता रद्द गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका –३ मैटहवानजिक टिप्परले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।