जनशक्ति अभाव भएको भन्दै पर्वत अस्पतालले भिडियो एक्सरे सेवा बन्द गरेपछि पर्वतका सर्वसाधारण नागरिक उक्त सेवाबाट वञ्चित बनेका छन्। अस्पतालका निमित्त प्रमुख डा. रुक्मिणा अधिकारीले दक्ष जनशक्ति नहुँदा इमरजेन्सीबाहेकका सेवा बन्द गरिएको जानकारी दिनुभयो।
चुम्लाह सिँचाइ कुलो पुनर्निर्माण भएसँगै सिँचाइमा सहज भएको छ । गत वर्ष असोजमा आएको अविरल वर्षाले पूर्ण रूपमा बगाएको सिँचाइ कुलो स्थानीयवासीको सक्रियतामा पुनर्निर्माण भएपछि सिँचाइ सहज हुने भएको हो ।
२०७७ साल मङ्सिर १५ गते हतार हतारमा शिलान्यास गरिएका १५ बेडका अस्पतालको अवस्था लथालिङ्ग छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पतालको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था दयनीय अवस्थामा छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले बाँदरलाई नियन्त्रणमा लिनका लागि खोर निर्माण गरेको छ। किसानले लगाएको अन्नबाली बाँदरले सखाप पारिदिन थालेपछि बाँदरलाई नियन्त्रण गर्नका लागि खोर निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो। बाँदर खोरमा पसेपछि डराउन सक्ने र अन्य बाँदर डरले नआउने सम्भावना भएकाले यस्तो अभियान सुरु गरिएको उहाँले बताउनुभयो। बाँदरलाई खोरमा राखेपछि प्रजननमा वृद्धि नहुने भएकाले बाँदरको सङ्ख्या नियन्त्रणमा आउने तर्क गाउँपालिकाका अध्यक्ष युवराज केसीले गर्नुभयो।
जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
सधैँको शनिबार आउने पत्रिका आज आएन । उसले हरेक शनिबार प्रमुख तीन वटा दैनिक पत्रिकाहरू लिने गरेको छ । अरू दिन अफिसमै पढ्छ । शनिबार दिनभर घरमै बसेर पढ्नलाई
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडक (३५ किलोमिटर) निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। रुख कटानको काम ठप्प हुँदा काम अघि बढ्न नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले जानकारी दिनुभयो। सम्झौता गरिएको अवधि सकिनै लाग्दासमेत कामले गति लिन सकेको छैन। राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो। २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो। इन्जिनियर हरिजनले भन्नुभयो, “आयोजनाले वन विभागसँग रुख कटानका लागि प्रक्रिया अघि बढाएको छ। त्यसपछि कामको भौतिक प्रगति देखिने छ।”
म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा लालीगुराँस पार्क निर्माण गरिएको छ । लालीगुराँस पार्कले घोडेपानी र पुन हिलमा पर्यपर्यटन प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्य लिइएको छ ।
विगत पाँच वर्षको अवधिमा कर्णाली प्रदेशमा एक सय जनाभन्दा बढी मानव अधिकार रक्षक कुनै न कुनै रूपबाट पीडित बनेको पाइएको छ। सन् २०१८ (२०७५) देखि सन २०२२ (२०७९) सम्मको अवधिमा १०१ जना मानव अधिकार रक्षक पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्क छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेर्नुभयो । उहाँले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान बल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेर्नुभएको हो ।
सर्वोच्च अदालतबाट नागरिकतासम्बन्धी ऐन कार्यान्वयनको बाटो खुलेसँगै देशभरिका झन्डै पाँच लाख नागरिकले नागरिकताको प्रमाणपत्र नहुँदाको पीडाबाट मुक्ति पाउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते विधेयक प्रमाणीकरण गरेपछि संविधानले तोकेको आधारवर्ष २०७२ असोज ३ गतेभन्दाअघि जन्मका आधारमा नागरि
चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र मर्स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो ।
आजको दिनमा शिक्षण, प्रशिक्षण गर्ने कार्य निकै जटिल हुँदै गएको छ । अथाह ज्ञानको सागर वृद्धि हुँदै गइरहेको वर्तमान समयमा विद्यार्थीलाई बृहत् ज्ञान दिन र सिप सिकाउन त्यति सजिलोे भने छैन । यस लेखमा शिक्षण सिकाइ प्रव्रिmयाका विचार गर्नुपर्ने प्रमुख बुँदाका बारेमा छलफल गर्ने प्रयास गरिएको छ । जसमा स्पष्ट शिक्षण सिकाइका उद्देश्य, निर्देशात्मक र व्यावहारिक शिक्षण सिकाइका रणनीति, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रभावकारी प्रयोगमा जोड दिइएको छ । यसका साथै यस आलेखमा सामाजिक सञ्जाल र अनलाइन मिडियाहरू, भिडियोहरू, अडियोहरू, फिल्डवर्क, परियोजना कार्य, कक्षा वातावरण, विद्यार्थीको बसाइ व्यवस्थापन, विद्यार्थीलाई सामाजिक कार्यमा लगाई सिकाउने जस्ता विभिन्न उपाय र दृष्टिकोणका बारेमा चर्चा हुनेछ । शान्त प्रविधिमैत्री कार्य वातावरण, कार्यसंस्कृ
निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।
भारतले नेपालबाट जाने केही वस्तुमा लगाउँदै आएको अतिरिक्त शुल्क हटाएको भने पनि बेलाबेलामा समस्या हुने गर्छ । दुई देशबिचको व्यापार सन्धि अनुसार भारतमा निर्यात हुने वस्तुमा कुनै पनि शुल्क लाग्दैन तर बिच–बिचमा भारतले प्रमुख निकासीजन्य वस्तुमा ४ प्रतिशत अतिरिक्त शुल्क लगाउँदै आएको देखिन्छ । विगतमा उदाहरणका रूपमा चिया, कफी, जुट जस्ता वस्तुहरू देखिए । हाल के अवस्था छ ? त्यो अध्ययन गर्नुपर्ने हुन्छ । एकातिर नेपाल–भारत व्यापारमा भन्सार छुट भन्ने अर्कोतिर ३०–३५ प्रतिशत