लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदैछन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीका लागि हात्तीको अभाव रहेको थियो ।
लोपोन्मुख लेप्चा समुदायले आज नामआल-नामवन-नामसुङ-२३४४ अर्थात् नयाँ वर्ष मनाएका छन् । लाप्चा समुदायले आफ्नो समुदायको सांस्कृतिक पर्वकै रूपमा यो नामवन मनाउने गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विविधतायुक्त नेपाली समाजको एकताका लागि महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीका पार्टी नेता लालीप्रसाद मेहताको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।
गुल्मीमा १० दिनदेखि हराइरहेका बालक जङ्गलमा मृत फेला परेका छन् ।
समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गर्नुभएको हो ।
स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो ।
पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ । सरकारले एक पालिकामा एक सडक पुर्याउने अभियान अन्तर्गत अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा पाँच महिनादेखि अलपत्र अवस्थामा रहेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताउनुभएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्र रहेका दुईसय २४ जना अपाङ्गता भएका नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत् स्वास्थ्य सेवा प्रदान गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरूमा कार्यविधि बनाएर दोभासे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले बुझाएको ज्ञापन पत्र लिएपछि मुख्यमन्त्री कार्कीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
बस्ती बसेको चार दशकपछि कैलालीको गोदावरी नगरपालिकाको पहाडी गाउँ बस्तीमा विद्युत् विस्तार भैईरहेको छ । नजिकको छिमेकी बजार अत्तरियाको बिजुली हेरेर जिन्दगी बिताउन विवश १२ नम्बर वडाको पहाडी क्षेत्रका स्थानीय बासिन्दा आफ्नै घरमा बिजुलीका चिम बल्न थालेपछि हर्षित भएका हुन ।