काठमाडौँ, पुस २ गते । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू समक्ष आग्रह गरेको छ ।
आरएनजिसीको स्थापना सन् १९१७ मा भएको थियो । १०६ वर्ष पुरानो संस्थाले कयौं गल्फका खेलाडी उत्पादन गर्दै आइरहेको छ । १३औँ दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवास तामाङ र राष्ट्रिय टोलीकी प्रतिमा शेर्पाले पनि आरएनजिसीबाट गल्फ करियरको सुरुवात गरेका थिए ।
क्लबले पछिल्ला समय युथहरूलाई पनि गल्फ प्रशिक्षण गराउँदै आएको छ । आफूहरू नाफा कमाउन भन्दा पनि गल्फ खेलको विकासमा लागेको संस्था रहे पनि पछिल्ला समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ नागरिक उड्यन कार्यालयले वार्षिक रूपमा क्लवबले तिर्दै आएको भाडा शुल्क बढाएपछि समस्यामा परेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमा रहेको आरएनजिसीले जग्गा प्रयोग गरेबापत भाडा वार्षिक ६ लाख रुपैयाँ सरकारलाई बुझाउँदै आएको थियो । तर सो कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको आरएनजिसीको वार्षिक भाडा शुल्क २३ लाख रुपियाँ पु¥याएको छ ।
त्यससँगै आफूहरूले त्यो रकम तिर्न नसक्ने भन्दै क्लबले युवा तथा खेलकुदमन्त्री लिम्बू समक्ष बढाइएको शुल्कबारे घटाउन सहजीकरण गरिदिन आग्रह गरेका हुन् । सोमबार क्लबमा नै मन्त्री लिम्बूसँगको छलफलमा क्लबले लामो इतिहास बोकेको क्लव समस्या परेको भन्दै सहयोग गरिदिन अनुरोध गरेका छन् । सो अवसर मन्त्री लिम्बूले गल्फ विकासमा लामो समय योगदान पु¥याएको आरएनजिसीको समस्याबारे पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग छलफल गर्दै सहजीकरण गर्ने बताउनुभयो ।
सो अवसरमा क्लबले यसअघि गर्दै आएको विभिन्न कार्यक्रमबारे मन्त्रीलाई लिम्बुलाई जानकारी गराएको थियो । साथै मन्त्री लिम्बूले गल्फ कोर्सको अवलोकन समेत गर्नुभउको थियो । आरएनजिसीमा नौ होलको गल्फमा प्रतियोगिता हुँदै आएको छ ।