• २७ वैशाख २०८२, शनिबार

नेकपा एसमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस

blog

फाइल तस्बिर ।

काठमाडौँ, पुस २ गते । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको हो ।

पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका सङ्गठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो । 

सोही समितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताउनु भयो । उहाँले समितिको तर्फबाट आजको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको र प्रस्ताव उपर आज छलफल भएको बताउनु भयो । उहाँले प्रस्तावमाथिको छलफल मङ्गलबारको सचिवालय बैठकमा पनि जारी रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्यो । बैठकमा मूलतः पार्टीको महाधिवेशन आयोजना गर्ने जुन निर्णय भएको छ, २०८१ साल जेठ को ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय भइसकेको छ । त्यसैसँग सम्बन्धित रहेर विधान संशोधन गर्नुपर्ने जुन आवश्यकता महसुस भयो, त्यही सन्दर्भमा गएको बैठकमा पार्टीका सङ्गठन विभाग प्रमुख र उपाध्यक्ष कमरेड वेदुराम भुसालको संयोजकत्वमा महासचिव कमरेड घनश्याम भुसाल र उपमहासचिव कमरेड प्रकाश ज्वाला तीन सदस्यीय एउटा विधान संशोधन कार्यसमिति बनेको थियो । त्यही समितिको तर्फबाट आजको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भयो । प्रस्ताव उपर आज छलफल भयो र आफ्नो विचार राख्ने काम भएको छ । बैठक भोलि पनि जारी रहन्छ ।’’ 

उहाँले सचिवालय बैठक मंगलबार पनि जारी रहने जानकारी दिनुभयो ।