सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने सम्बन्धमा अझै सुरसार हुन सकेको छैन । प्रदेश सभाको आठौँ एवं बर्खे अधिवेशन अन्त्य भएको अढाई महिना हुन लागे पनि अर्को अधिवेशनको तयारी छैन । प्रदेश सभामा सरकारले नयाँ विधेयक पनि दर्ता नगराएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेश सभा सञ्चालनका लागि अहिलेसम्म बिजनेस पेस भएको छैन ।
स्थानीयवासीले छलिया नाच्दै तामाको गाग्री उपहार दिएर प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बिदाइ गरेका छन् । बैतडीबाट नवलपरासीपश्चिमको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई स्थानीयले बाजागाजा बजाएर छलिया नाच्दै बिदाइ गरेका हुन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गर्नुभएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाखबराबरका पोशाक उपलब्ध गराउनुभएको हो ।
मुगु जिल्लाको विकट मानिने खत्याड गाउँपालिकाको मुख्य आवश्यकता सडकमार्ग हो । जिल्ला सदरमुकाम गमगढी पुग्न जुम्लाको सडक प्रयोग गर्नुपर्ने बाध्यता खत्याडवासीलाई छ । रारा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र सडक निर्माणमा रोक लगाइएपछि खत्याडवासीलाई यो समस्या आइपरेको हो । चार हजार ५३६ जनसङ्ख्या रहेको खत्याड गाउँपालिका केन्द्रसम्म सबै वडाको सडक पहुँच बनाउने योजना पालिकाको छ । सदरमुकाम गमगढी बजारसँग सडक सञ्जाल जोड्ने योजनासमेत पालिकाको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट पालिका अध्यक्षमा निर्वाचित अजबहादुर शाहीसँग विकास निर्माणमा भइरहेका प्रयास र उपलब्धिका विषयमा यस पटक कुराकानी गरिएको छ । प्रस्तुत छ, अध्यक्ष शाहीसँग गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुभएको कुराकानी–
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको बताउनुभएको छ । मन्त्री ज्वालाले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षणपछि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै निर्माणमा गति दिन निर्देशन दिनुभयो ।
दाङमा करिब दुई हजार घरमा टिनको छाना लगाइएको छ । खरको छानो हटाउने सरकारी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा दुई हजार छ सय ८२ घरमा टिनको छाना लगाइएको हो । सङ्घीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरको छाना हटाई टिनको छाना लगाइएको सघन सहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ बाट सो कार्यक्रम लागु भएको हो ।
कानुनी मापदण्डविपरीत अस्पतालको क्षमता वृद्धि गर्ने अनुमति दिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ । विराटनगर अस्पताल चोकमा ५० श-याको अस्पतालको स्तरोन्नति गरेर १०० श-या बनाउन अनुमति दिँदा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कानुनी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि अख्तियारले अनुसन्धान गर्न थालेको हो ।
नेकपा (एमाले)का नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाउनुभएको छ ।
यहाँको एक सरकारी कार्यालय स्थापना भएको तीन वर्ष हुँदा पनि आयोजना कार्यान्वयन हुन सकेका छैनन् । म्याग्दी, बागलुङ र मुस्ताङ जिल्ला कार्यक्षेत्र रहने गरी म्याग्दीको बेनीमा तीन वर्षअघि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय स्थापना गरिएको थियो । ठुला बजेटका योजना स्थानीय तहले १० प्रतिशत रकम सुनिश्चिततामा ढिलाइ र बहुवर्षीय ठेक्का लगाउन अर्थ मन्त्रालयको स्वीकृतिमा आलटालका कारण योजना कार्यान्वयन गर्न समस्या भएको हो । कार्यालयमार्फत हिमाली जिल्लामा एक हजार र पहाडीमा पाँच हजारभन्दा बढी उपभोक्ता भएका खानेपानीका साथै ढल व्यवस्थापनसम्बन्धी आयोजना सञ्चालन गर्ने भनिएको थियो ।
साँझ ८ बजेपछि पोखराको पृथ्वी चोकदेखि सिर्जना चोकको फुटपाथमा फरक खालका मान्छे देखिन्छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका ती मानिस करिब १० बजेसम्म यो सडकखण्डमा भेटिन्छन् । तीमध्ये धेरै जसो ग्राहक पर्खिंदै हुन्छन् । यसरी ग्राहकसँग जाने धेरै जसो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्य असुरक्षित यौन व्यवसायमा संलग्न छन् । यसरी तेस्रो लिङ्गी भेटिने ठाउँलाई ‘हटस्पोट’ भन्ने गरिएको छ । यो समुदायको हितमा कार्यरत नौलो बिहानी पोखराको तथ्याङ्कमा तीमध्ये ३० प्रतिशतभन्दा बढी यौन व्यवसायी छन् ।
तनहुँको म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन [पहिलो संशोधन] पारित गरेको छ ।
सिन्धुली जिल्लाका सामुदायिक माध्यमिक विद्यालयहरूमा बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारले विद्यालमै नर्स पठाएर स्वास्थ्य सेवा दिएसँगै विद्यार्थी सामान्य स्वास्थ्य जाँच र औषधीका लागि अन्यत्र जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । विद्यालयमै सामान्य स्वास्थ्य सेवासहित पढ्न पाउँदा विद्यार्थी पनि खुसी देखिन्छन् ।
तराई/मधेशको ठुलो क्षेत्रफलमा गुलियो नगदेबालीका रूपमा उखु खेती गर्दै आएका किसान हरेक वर्ष अमिलो पीडामा छन्। किसानका समस्या नयाँ नभएर उनै समस्या बर्सेनि बल्झिने गरेका हुन् । तीन वर्षअघिको जाडो मौसममा देशभरका उखु किसान काठमाडौँको माइतीघरमा धर्नामा बस्दा ठण्डीका कारण ज्यान गुमाएको तितो यथार्थ सायदै भुलिएको होला । सम्पूर्ण समस्याको प्याकेजमै समाधान गर्ने गरी सहमति भएर घर फर्किएका किसानका समस्या यथावत् नै रहेको
सङ्घीयता कार्यान्वयन अभ्यासमा पेचिलो बनेका केही समस्याले जनतामा निरासाको धर्सो देखिएको महसुस राज्यले नै गर्नु पर्छ । किनभने जनताले राज्यसँग पाउनुपर्ने अधिकारबारे आवाज उठाउँछन्, उनीहरूको माग सम्बोधन गर्ने निकाय राज्य नै हो । नत्र भने विद्रोही शक्ति बलियो हुँदै जान्छ । यो आर्थिक वर्षको पछिल्लो चार महिनामा देखिएको आर्थिक मन्दी, अभावसँगै समस्याका चाङले शासकप्रति मात्र नभई व्यवस्थाप्रति जनताले केही आक्रोश व्यक्त गर्न खोजेकै हुन् ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका झट्काहरू केही मत्थर भए पनि अभाव र पीडाका झट्काहरूले भने अहिले पनि मन हल्लाउन छाडेको छैन । एउटै सिरान बनाएको मान्छेलाई मुटु छेड्ने चिसोले कति बेला संसारबाट उठाएर लैजान्छ भन्नै सकिँदैन । मन फराकिलो हुनेहरूले भत्किएका घर छाइदिएर मानवता प्रकट गरिरहेका छन् । अन्य सरोकारवालाले पनि भत्किएका संरचना निर्माणको काम गरिरहेका छन् तर त्यो कति प्रभावकारी भइरहेको छ ? घर तथा संरचना निर्माण गर्ने विषय इन्जिनियरिङसँग जोडिएको हुन्छ । बेलाबेला जाने भूकम्पले इन्जिनियरिङको महìवलाई झनै बढाएर लगेको छ ।