• १३ मंसिर २०८१, बिहिबार

छलिया नाचेर सिडिओको बिदाइ

blog

बैतडी समाचारदाता

बैतडी, पुस ३ गते  । स्थानीयवासीले छलिया नाच्दै तामाको गाग्री उपहार दिएर प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बिदाइ गरेका छन् । बैतडीबाट 

नवलपरासीपश्चिमको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई स्थानीयले बाजागाजा बजाएर छलिया नाच्दै बिदाइ गरेका हुन् ।  

३३ वर्षको उमेरमा खुला प्रतिस्पर्धाबाट सहसचिव हुनुभएका पन्थी २०७९ जेठमा बैतडीको प्रमुख जिल्ला अधिकारीका रूपमा आउनुभएको थियो । पन्थीले टाढाबाट आउने सेवाग्राहीलाई राति अबेरसम्म पनि जिल्ला प्रशासन कार्यालय खुला राखेर विभिन्न सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुभएको थियो । 

पन्थीले करिब डेढ वर्ष बैतडीको प्रमुख जिल्ला अधिकारी भएर सेवा गर्नुभएको हो । प्रशासन कार्यालयको सेवालाई सेवाग्राहीमैत्री बनाउँदै पहिलो पटक विद्युतीय टोकन प्रणालीको सुरुवात उहाँले नै गर्नुभएको हो ।