प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको छ । विद्युत्को अनियमितता कम गर्ने उद्देश्यले प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको छैन ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्य पहाडी क्षेत्रमा नमुना सहर बसाउने योजना अलपत्र परेको बताउनुभएको छ ।
टर्कीका सुरक्षा बलहरूले नोभेम्बरमा उत्तरपश्चिमी प्रान्त एडिर्नेमा एक हजार २०९ अवैध आप्रवासीलाई पक्राउ गरेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताउनुभएको छ ।
कैलालीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मोरङको लेटाङ ८ स्थित तेली खोलामा अवैध ढुङ्गा गिट्टी दोहन भएको भन्दै स्थानीय युवाले टिपरलाई खोला प्रवेश गर्न रोकेका छन् ।
फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छभने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको अवरोध भएको प्रसारण लाइन निर्माणको काम पुनः सुरु भएको छ ।
वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट पनि उनीहरू मुक्त भएका छन् ।
उत्तर पश्चिम चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज अपराह्न ३ बजे हुँदैछ । बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो ।
धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नुभएन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै आउनुभएको छ ।
हुम्लाको एउटै गाउँका स्थानीयले उनाइचास लाख भन्दा बढी मूल्यको जडीबुटी सङ्कलन गरेको पाइएको छ । खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँका स्थानीयले उक्त मूल्यको जडीबुटी सङ्कलन गर्नु भएको हो ।
झापाको दमक नगरपालिकाले ल्याण्डफिल साइटको व्यवस्थापन सहित फोहोर समस्याको दिगो समाधानका लागि अधिकार सम्पन्न सर्वपक्षीय समिति बनाएको जनाएको छ । एक साताअघि देखि फोहोर नउठ्दा आक्रोश बढेको थियो ।
धनुषालगायत तराईका जिल्लामा मङ्सिर लागेसँगै बाक्लो हुस्सु र अत्यधिक चिसो हुने गथ्र्याे । बाक्लो हुस्सु र कठ्याङ्ग्रिँदो चिसोका कारण मानिसको दैनिकी कामकाजसमेत प्रभावित हुने गरेको थियो । यस वर्ष पुस लाग्दासमेत त्यस्तो अवस्था देखिएको छैन ।