भोजपुरको नौ वटै पालिकाले असार १० गते पेस गरेको नीति तथा कार्यक्रम सहितको बजेटमा पुर्वधार, आधुनिक कृषि, स्वास्थ्य, शिक्षालाई विशेष जोड दिएको छ ।
चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।
विश्वमा पहिलो पटक रोबोटबाट महिलाको गर्भाधान गराई जुम्ल्याहा शिशु जन्माइएको छ। यो घटना स्पेनमा भएको हो। त्यहाँको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भमा रोबोटको माध्यमबाट शुक्रकीट हालियो। सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्ले स्टेसन ५ को गेमिङ कन्सोल प्रयोग गरिएको थियो। त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्रकीटबाटै ती महिलाले गर्भधारण गरिन्।
झाँसीकी रानी लक्ष्मीबाईको नाम अदम्य साहसी प्रतिमूर्तिका रूपमा लिइन्छ । उनको जन्म सन् १८२८ नोभम्बर १९ मा भारतको बनारसमा एक मराठी कर्हाडे ब्राह्मण परिवारमा भएको थियो ।
प्युठानको नौ वटै स्थानीय तहले वार्षिक नीति कार्यक्रम तथा बजेट पेस गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा खर्च गर्ने गरी बजेट ल्याएका हुन्। धेरैजसो स्थानीय तहको बजेट कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित छ।
कैलालीमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको छ । पथरैया र काँढा नदीको दोभानमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको हो । यो दोभान टीकापुर नगरपालिका–७ बैदीमा पर्दछ । डल्फिन क्षेत्र पर्ने यो ठाउँमा यसअघि घडियालले बच्चा कोरलेको थिएन ।
बझाङ जिल्लाका १२ वटै स्थानीय तहले आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएका छन् । हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनैपर्ने कानुनी प्रावधान छ । यहाँका अधिकांश पालिकाहरूले ल्याएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा जोड दिएका छन् । प्रायःजसो पालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारी संरचना निर्माणमा जोड दिएका छन् । यस जिल्लाको दुर्गाथली गाउँपालिकाले गाउँपालिकाको भवन निर्माण, समपूरक अनुदानबाट प्राप्त योजना र कृषि क्षेत्रमा बढी जोड दिएको गाउँपालिका अध्यक्ष दिनबहादुर थापाले बताउनुभयो ।
कर्णाली प्रदेशका अधिकांश स्थानीय तहले आइतबार आफ्ना नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। प्रदेशका ७९ वटा स्थानीय तहमध्ये यो समाचार तयार पार्दासम्म आधा जति स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट ल्याएका छन्। कतिपयले शक्रबार र शनिबार नीति र कार्यक्रम ल्याइसकेका छन्।
भौगोलिक विकटता, अशिक्षा, गरिबी तथा दबाब र प्रभावका कारण अधिकांश मानिस न्यायिक प्रक्रियाबाटै वञ्चित छन्। रुकुमपूर्वमा खास गरी महिला तथा बालबालिका आफूमाथि भएको हिंसा सहन बाध्य छन्। उहाँहरू उजुरी लिएर प्रहरी र अदालतसम्म जान सकिरहेका छैनन्। केहीलाई कानुनी प्रक्रियाका बारेमा जानकारी नै छैन। कतिपय आर्थिक अभाव तथा पीडक पक्षको दबाबका कारण न्यायिक निकायसम्म पुग्दैनन्।
तानसेन नगरपालिका र तानसेन खानेपानी उपभोक्ता समितिबिच विवाद उत्कर्षमा पुगेको छ। नगरपालिकाले उपभोक्ता समितिलाई अवैध भएको र तत्काल समितिको विधान कानुन अनुसार प्रमाणित गर्न निर्देशन दिएको छ। उपभोक्ता समितिले नयाँ उपभोक्ता समिति गठनको प्रक्रिया अघि बढाउन बार एसोसिएसन, पाल्पालाई जिम्मेवारी दिएको जनाएको छ। बार एसोसिएसनले निर्वाचन प्रक्रियासमेत अघि बढाएको छ तर तानसेन नगरपालिकाले निर्वाचन प्रक्रिया विधान प्रमाणित नभई अघि बढाउन नमिल्ने जनाएको छ।
अर्जुनचौपारी गाउँपालिकाको १३ औँ गाउँ सभामा जनयुद्ध र मधेश आन्दोलनलाई नीति तथा कार्यक्रम समेट्ने प्रयास गरेको छ। स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) तथा मधेशवादी दलले जितेको पालिकामा जनयुद्ध र मधेश अन्दोलनलाई समेट्नु स्वाभाविककै भएको बताइएको छ।
पछिल्लो समय योग सिक्ने र यसको साधना गर्नेको सङ्ख्या बढेको छ। पतञ्जली योगपीठ वालिङबाट सुरु भएको योग अभियान अहिले जिल्लाभर फैलिएको छ। वालिङमा पतञ्जली योगपीठको आफ्नै सुविधा सम्पन्न भवन र योग गर्ने ठाउँ रहेको छ। जहाँ नियमित ठुलो सङ्ख्यामा योग गर्नेको सहभागिता रहन्छ। प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने योग साधनामा वालिङवासीको सक्रिय सहभागिता रहने गर्छ। आचार्य बालकृष्णको गृह जिल्ला भएर पनि यहाँको योगको प्रभाव राम्रो देखिन्छ। तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादव र बाबा रामदेवले २०६८ सालमा उद्घाटन गरेको योग साधना कार्यक्रमको अहिले पनि उत्तिकै प्रभाव देखिन्छ। समितिका अध्यक्ष नारायणप्रसाद तिवारी पतञ्जली योग समिति स्याङ्जाको सक्रयतामा वालिङका विभिन्न वडामा नियमित योग साधना सञ्चालन हुने गरेको बताउनुहुन्छ ।
लम्पी स्किन रोगको सङ्क्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका तीन सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका दुईवटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिनुभयो ।