• २४ वैशाख २०८१, सोमबार

टर्की सुरक्षाबलद्वारा १२ सयभन्दा बढी अवैध आप्रवासी पक्राउ

blog

काठमाडौं, पुस ३ गते । टर्कीका सुरक्षा बलहरूले नोभेम्बरमा उत्तरपश्चिमी प्रान्त एडिर्नेमा  एक हजार २०९ अवैध आप्रवासीलाई पक्राउ गरेको छ । पक्राउ परेका गैरकानुनी आप्रवासीहरूलाई कुनै विवरण नदिई एडिर्नेस्थित आप्रवासन कार्यालयमा पठाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रान्तीय कमाण्ड टोलीहरूले अवैध आप्रवासनलाई रोक्ने प्रयासमा एडिर्नको शहरको केन्द्र र वरपरका जिल्लाहरूमा निरीक्षणलाई कडा पारेका छन् । जहाँबाट अवैध आप्रवासीहरू पक्राउ परेका थिए ।

एडिर्ने टर्कीको थ्रेस क्षेत्रमा अवस्थित ग्रिस र बुल्गेरियाको सीमाना नजिक छ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले देशको सबैभन्दा ठूलो शहर इस्तानबुलमा मात्र नभई अन्य सबै प्रान्तमा अवैध आप्रवासनविरुद्ध लड्नका लागि कडा कदम चाल्ने प्रतिबद्धता गर्नुभएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल