आपराधिक लाभको मुद्दामा सीतादेवी थापासहित तीन जना महिलालाई दोषी ठहर गरिएको छ । जिल्ला अदालत दाङले ‘हनी ट्रयाप’ मुद्दामा तीन जना महिलालाई दोषी ठहर गर्दै डेढ वर्ष कैद फैसला गरेको हो । न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आपराधिक लाभको मुद्दामा प्रतिवादी प्युठान स्वर्गद्धारी नगरपालिका घर भई हाल घोराही उपमहानगरपालिका–१५ मा कोठा गरी बस्ने सीतादेवी थापासहित घोराही उपमहानगरपालिका–५, सुषमा परियार र खुमा वलीलाई दोषी ठहर गर्दै जनही एक वर्ष छ महिनाको कैद सजाय सुनाएको छ ।
निर्माण व्यवसायीको लापरबाहीले ठेक्का भएको सात वर्ष बितिसक्दा समेत चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडक पूरा भएको छैन । सदरमुकाम तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडक कालोपत्रे गर्न विसं २०७३ असोज १९ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको १५ महिनाभित्र काम सक्ने गरी निर्माण व्यवसायी वाइपी–जय–रक्तकाली जेभी पुल्चोक ललितपुरसँग सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । विश्व बैङ्कको आठ करोड ३१ लाख लगानीमा आठ किलोमिटर सडक निर्माण गर्न तत्कालीन जिल्ला प्राविधिक कार्यालयसँग सम्झौता भएको थियो ।
मुलुकको शैक्षिक क्षेत्रमा सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४९ औँ दीक्षान्त समारोह सोमबार सम्पन्न भएको छ । यस पटकको दीक्षान्त समारोहमा एकै पटक करिब ७४ हजार विद्यार्थीलाई दीक्षित गरेर त्रिविले विश्व रेकर्ड कायम गरेको सार्वजनिक भएको छ । दीक्षित सङ्ख्यामध्ये १२ हजार ४१५ जना समारोह स्थल काठमाडौँको दशरथ रङ्गशालामा उपस्थित थिए । एउटै समारोहमा यति ठुलो सङ्ख्यामा विद्यार्थी उपस्थित गराउन सफल भएको भन्दै त्रिविलाई युरोपियन युनियनद्वारा मान्यताप्राप्त गैरसरकारी संस्था ‘अफिसियल वल्र्ड रेकर्ड’ ले प्रमाणपत्र प्रदान गर्नुलाई देशको सबैभन्दा ठुलो विश्वविद्यालयको गौरवको वि
सामान्यतया निजामती कर्मचारी सबैले सहज तरिकाले बुझ्ने वृत्तिविकास भनेको पदोन्नति हो तर वृत्तिविकासलाई पदोन्नतिमा मात्र सङ्कुचन गर्न मिल्दैन । प्रस्ट भन्नु पर्दा व्यावसायिकताको विकासका लागि गरिने सामाजिक रूपमा स्वीकार्य जीविकोपार्जनको माध्यम नै वृत्तिविकास हो । यसैको सेरोफेरोमा केन्द्रित बन्दै वृत्तिविकासका बारेमा विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसैले वृत्तिविकासमा भर्ना तथा छनोट पूर्ण रूपमा योग्यता प्रणालीमा आधारित हुन्छ । मानिसको क्षमता, योग्यता, अनुभवसमेतलाई दृष्टिगत गरी उसबाट अत्यधिक उपलब्धि प्राप्त गर्न सक्ने अभिप्रायले पदस्थापन गरिन्छ, जसबाट व्यक्ति स्वयम् पनि आफूले प्राप्त गरेको
जल यातायातलाई सडक यातायातको तुलनामा किफायती र वातावरणमैत्री मानिन्छ । जल यातायातको सम्भाव्यतालाई मनन गरी समुद्रमै पानीजहाज सञ्चालन गर्ने उद्देश्य राखेर पानीजहाज दर्ता ऐन, २०२७ लागु गरिएको थियो तर विविध कारणले सो कार्य सम्भव भएन । सोही ऐनको दफा ४ को उपदफा (३) मा “पानीजहाज दर्ता गर्ने कार्यका निमित्त नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल पानीजहाज कार्यालयको स्थापना गर्ने छ” भन्ने व्यवस्था रहेबमोजिम २०७५ फागुन २ गते नेपालमा पानीजहाज कार्यालयको स्थापना गरिएको हो ।
नवलपुर–मलङ्गवा सडक खण्ड अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा मङ्गलबार साँझ मिनिट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार साँझ सार्वजनिक गरेको हो ।
१. नेपालकै लामो जिपलाइन कहाँ सञ्चालनमा आएको छ ? नगरकोट – सो जिपलाइन विसं २०८० मङ्सिर २९ मा उद्घाटन भएको हो । – लम्बाइ दुई हजार २५० मिटर रहेको छ । – सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकका लागि थप नयाँ गन्तव्य अर्थात् नयाँ प्रडक्टका रूपमा सो जिपलाइन रहेको छ । – जिपलाइन गर्न चाहनेका लागि हाललाई प्रतिव्यक्ति चार हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । – अहिले १४ वटा हार्नेस क्षमतामार्पmत सुपरम्यान, क्लासिक जि
दोलखाको सैलुङ गाउँपालिका–८ मा करिब डेढ दशक अघि करोडौँको लगानीमा निर्माण सुरु भएको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन सकेको छैन ।
राष्ट्रिय सूचना आयोगका काम, कर्तव्य १. राष्ट्रिय सूचना आयोगको परिचय दिँदै यसका काम, कर्तव्य र अधिकारहरू उल्लेख गर्नुहोस् । नेपालमा सूचनाको हक कार्यान्वयनलाई प्रभावकारी बनाउँदै पारदर्शी र जवाफदेही शासकीय प्रणालीको विकास गर्ने के कस्ता सुधार गर्नुपर्ला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । संविधानद्वारा प्रत्याभूत सूचनाको हकको संरक्षण, संवर्धन र प्रचलन गर्ने कामका लागि एक स्वतन्त्र राष्ट्रिय आयोगका रूपमा सूचनाको हकसम्बन्धी ऐन, २०७४ ले स्थापना गरेको आयोग नै राष्ट्रिय सूचना आयोग हो । आयोगमा एक जना प्रमुख सूचना आयुक्त र अन्य दुई जना सूचना आयुक्त रहने प्रावधान छ । सभामुखको अध्यक्षता रहेको तीन सदस्यीय सिफारिस समितिको सिफारिसको आधारमा नेपाल सरकारले आयुक्तहरू नियुक्त गर्दछ । यसरी नियुक्ति गर्दा कम्तीमा एक जना महिला समावेश हुने गरी गर्नु पर्दछ ।
घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्वन्द्व देख्न सकिन्छ । टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई देखाइएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।