देवरामप्रसाद यादव
सप्तरी, पुस ३ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ सडेपारमा आगलागीबाट पाँच लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । सोमबार साँझ ७ बजे विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय डम्बर रामको ठुलो क्षति भएको हो ।
आगलागीमा चौपाया, अन्नपात, लत्ताकपडा र घरसहित पाँच लाखभन्दा बढी क्षति भएको अग्निपीडित रामले बताउनुभयो ।
आगलागीमा गाई १ , बाछी १, खसी १ जोडी, बाख्रा, पाठापाठी र धान, चामल, गहुँ , दाल, लत्ताकपडा समेत जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । आगो हनुमाननगर कंकालिनी नगरपालिकाका वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।