काठमाडौँ, पुस ३ गते । बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सेनाका सुरोज महर्जनको जोडी ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको दोस्रो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० को दोस्रो चरणमा प्रवेश गर्नुभएको छ ।
मङ्गलबारदेखि सुरु भएको उच्च २० वरीयतायता बाहेकका पुरुष युगलमा महर्जन जोडीले जोरपाटी ब्याडमिन्टन क्लबका सञ्जीव कटवाल र केदार सुवेदीको जोडीलाई २१–७, २१–३ ले पराजित गर्नुभयो । प्रतियोगिताको अर्को खेलमा दथुलँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडले पनि आफ्ना प्रतिद्वन्द्वी सुनाकोठीका अनिलकुमार महर्जन र राज कृष्ण महर्जनको जोडीलाई २१–१२, १७–२१, २३–२१ ले पराजित गर्नुभयो ।
रिमिक्स क्लबको आफ्नो कोर्टमा भएको प्रतियोगिताको आज दोस्रो चरण प्रवेश गर्नेमा सेनाका सूर्य महर्जन र सुप्रिम पन्थको जोडी सैबु ब्याडमिन्टन क्लबका मधुसूदन थापा र शैलेन्द्र थापाको जोडीलाई २१–७, २१–१३, हेमरिकका मनिष वीर बज्राचार्य निशेष राज शाक्यको जोडीले बालकुमारीका क्यारोन महर्जन र रमन महर्जनको जोडीलाई २२–२०, १४–२१, २१–१९, एपिएफका प्रनिश सिंह ठकुरी र सुजन थापाको जोडीले नमुना ब्याडमिन्टन क्लबका रामप्रसाद चौधरी र अशोक कुमार खातीको जोडीलाई २१–१२, २१–१५, ललितपुर वार्ड नं. ६ का गौतम शाक्य र सञ्जय शाक्यको जोडीले एपिएफका प्रदीप सोती र आरुष सिमखडाको जोडीलाई २१–८, २१–१७, बालकुमारीका दिप्रिस मुनी बज्राचार्य र शान्ता डङ्गोलको जोडीले कोन्तीका निरजन खड्गी र रितेश खड्गीको जोडीलाई २१–१३, २१–१२ ले हराउनुभयो ।
यस्तै एपिएफका अमन महर्जन र अनिल मल्लाको जोडीले सेनाका कबिर केसी र लक्ष्मण रानाको जोडीलाई १५–२१, २२–२०, २१–९, सैबु ब्याडमिन्टन क्लबका सन बहादुर राई र कमल तामाङको जोडीले भैसेपाटीका बुद्धिमान बुढाथोकी र दिनेश ठकुरीको जोडीबाट वाकओभर, जोरपाटी ब्याडमिन्टन क्लबका लोक लामा र लक्ष्मण सुनुवारको जोडीले हरिशिद्धीका साजन महर्जन र सञ्जीव महर्जनको जोडीलाई २१–११, २१–९, चाकुपाटका सुमन शाक्य र जुवान तण्डुकारको जोडीले ललितपुर वार्ड नं। ६ का रोजल शाक्य र सुमेध शाक्यको जोडीलाई २३–२१, २५–२३, बालकुमारीका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडीले कैलालीका सन्देश पाण्डे र सुवास साउदको जोडीलाई २१–११, २१–१६ ले स्तब्ध बनाउनुभयो ।
अन्य खेलमा चासीडोल ब्याडमिन्टन क्लबका राम लामा र साजन महर्जनको जोडीले बागमतीका विनेश महर्जन र कवी तुलाधरको जोडीलाई २१–१९, १४–२१, २१–१२, मानभवनका विभोर लामा र जय राईको जोडीले सुनाकोठीका रवीन्द्र महर्जन र राकेश महर्जनको जोडीलाई २१–१८, २१–१६, सैबुका ओमकार गुरुङ र अजय थापा मगरको जोडीले ललितपुर वार्ड नं। ६ का आर्यन शाक्य र संयक शाक्यको जोडीलाई २१–१९, २०–२२, २५–२३, ललितपुरका पुजन चित्रकार र चितवनका अलिष थापाको जोडीले बालकुमारीका सरोज महर्जन र सुरेन्द्र महर्जनको जोडीलाई २१–१३, २१–१२ ले पराजित गर्नुभयो ।
पाँच दिनसम्म सञ्चालन प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु—१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन सङ्घको शीर्ष २० बरियता बाहेकको पुरुष युगल र ४५ वर्षमाथिको भेट्रान्स युगल (खुला) गरी ६ विद्यामा प्रतिस्पर्धा हुनेछ ।