प्रदेश लोक सेवा आयोग बागमतीले लिने परीक्षामा नेपाली भाषाको शुद्धता परीक्षणसम्बन्धी प्रश्न समावेश गरिएको छ । नेपालको संविधानले देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई सरकारको कामकाजको भाषाका रूपमा गरेको व्यवस्थाका आधारमा बागमती प्रदेश लोक सेवा आयोगले त्यस्तो प्रश्न समावेश गरेको हो । यसरी नेपाली भाषाको शुद्धता परीक्षणसम्बन्धी प्रश्न समावेश गर्नेमा उक्त आयोग पहिलो रहेको जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रको विकास र समृद्धिका लागि सरकार गम्भीर रहेको तर त्यस अनुसारको काम सम्बन्धित पक्षले पनि गर्नुपर्ने धारणा राख्नुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका तर्फबाट कृषिमन्त्री डा. वेदुराम भुसालको नेतृत्वमा कृषि सचिव डा. गोविन्द शर्मा, कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसी, पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्ले तथा त्यस मन्त्रालयका सरोकारवाला निकायका अधिकारीले कृषि बजेटका बारेमा ध्यानाकर्षण गराउन गएका बेला प्रधानमन्त्री प्रचण्डले सो धारणा राख्नुभएको हो । कृषिको विषयमा चाहिँदो/नचाहिँदो कुरा आइरहेका छन्, जसले जताततै प्रभाव पारिरहेको बताउँदै उहाँले कृषिमा सतही कुरा गरेर धेरै कुरा बिगारिरहेका छन् भन्नुभयो । उहाँले ठोस र यथार्थपरक कुरा आउनुपर्ने धारणा राख्नुभएको कृषि सचिव शर्माले बताउनुभयो ।
१. एभिएसनसँग सम्बन्धित बेलायतको स्काई ट्रयाक्स नामक संस्थाका अनुसार सन् २०२३ मा विश्वकै उत्कृष्ट एयरलायन्स कुन बनेको छ ? सिङ्गापुर एयरलायन्स यो सँगै सिङ्गापुर एयरलायन्स सञ्चालनको २३ वर्षमा पाँचौँ पटक विश्वकै उत्कृष्ट एयरलायन्स बन्न सफल भएको। विश्वका उत्कृष्ट दस एयरलायन्स : सन् एयरलायन्स देश १. कतार एयरलायन्स कतार २. अल निप्पोन एयरलायन्स जापान ३. इमिरेट्स युएई
सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकाय १. सूचनाको हक भन्नाले के बुझ्नुहुन्छ ? सार्वजनिक निकायबाट सूचना प्रवाह गर्न नमिल्ने विषयहरू उल्लेख गर्दै सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकायको दायित्व प्रस्ट पार्नुहोस्। सार्वजनिक निकायमा रहेको सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने अधिकार नै सूचनाको हक हो। नेपाली नागरिकको मौलिक हकको रूपमा रहेको सूचनाको हकले देहायका अधिकार समेतलाई जनाउँदछ : सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री वा निकायको का
अलिबाबा समूह होल्डिङ लिमिटेडका संस्थापक चिनियाँ ज्याक मा सात सदस्यीय प्रतिनिधिमण्डलसहित १५ दिने भ्रमणमा नेपाल आउनुभएको छ । पाँच जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिकसहितको समूहमा उहाँ मङ्गलबार नेपाल आइपुग्नुभएको हो । अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालका अनुसार हङकङ बिजनेस एभिएसनको जहाज चार्टर गरी बङ्गलादेश हुँदै उहाँको समूह काठमाडौँ आइपुगेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेको छ । मन्त्रालयलले सरकारको नीतिविपरीत अन्तर्वार्तामार्फत अभिव्यक्ति दिएर सरकारलाई चुनौती दिने गरी काम गरेको भन्दै असार ११ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार स्पष्टीकरण सोधिएको जनाएको छ ।
नेपाल वायुसेवा निगमले भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लक्षित गरेर उडान सुरु गर्ने भएको छ । निगमले हाल हरेक मङ्गलबार गर्दै आएको काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौँ उडानमार्फत भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्न लागेको हो ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि नेपाल संयुक्त राष्ट्रसङ्घको आह्वानमा १० हजारसम्म शान्ति सैनिक पठाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव जिन पियरे लाक्रोइससँग मङ्गलबार रक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
गर्मी बढेपछि छाता ओढेर रुपन्देहीको समेरहवा गाउँमा रोपाइँको लागि धानको बीउ काढ्दै किसान
जनता समाजवादी पार्टी, (जसपा) नेपालको तीन दिनदेखि काठमाडौंमा जारी विधान अधिवेशन आज सम्पन्न भएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित आज चीन जाँदै हुनुहुन्छ।
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
गीतकार नमिता दवाडीको परिचय बोलको गीतको भिडियोको फिमेल भर्सनको सफलतासँगै मेल भर्सन बजारमा आएको छ।
मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको बताउनुभयो।
पाँचथरको फिदिम र कुम्मायकमा जंगली च्याउ खादा नौ जना बिरामी परेका छन् । बिरामी पर्नेमा फिदिम नगरपालिका ११ नागीन निवासी एकै परिवारका पाँच जना छन् ।