झापाको कमल गाउँपालिकामा कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्याक्टरको मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र किसानलाई ठगिनबाट रोक्नका लागि दररेट निर्धारण गरेको छ ।
सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम रु २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ ।
नेपालगन्जमा सञ्चालनमा आएका करिब एक दर्जन स्पा सेन्टरमध्ये अधिकांशमा अवैध गतिविधि हुने गरेको जनगुनासो पटक पटक आएपछि प्रहरीले ती स्पा सेन्टरमा छड्के गरेको छ।
चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गर्नुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले २१ जना केन्द्रीय सदस्य चयन गरेको छ । गत आइतबार बसेको सङ्घको पदाधिकारी तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले विभिन्न देशका २१ केन्द्रीय सदस्यसहित २१ जना सल्लाहकार समेत मनोनयन गरेको हो ।
नवलपुरको पहाडी क्षेत्रका किसानका लागि नगदेबालीको रूपमा रहेको अदुवा आम्दानीको मुख्य स्रोत भएको छ। विगतका वर्षमा भन्दा यो पटक अदुवाले गाउँमै राम्रो भाउ पाएपछि किसान पनि मक्ख परेका छन्।
जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बुढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा अझै पनि कायमै छ ।
काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो ।
स्याङ्जाको वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मुलुक सङ्घीय संरचनामा गएपछि वालिङले पहिलो पटक प्रतियोगिता गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उहाँले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।
बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनी ठग्ने सुमन बास्कोटाविरुद्ध स्थानीयले उजुरी दिएका छन् । सुनकोशी गाउँपालिका-१ को ढेबुवाघाट माझी बस्ती, साँधी र भिरगाउँका स्थानीयलाई मानेभञ्ज्याङ गाउँपालिका-६ थाक्लेका बास्कोटाले मिटरबक्स ल्याइदिन्छु भनेर रकम ठगी गरेका हुन् ।
नवलपुरको पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएको छ । पहाडमा बस्नेको अम्रिसो आम्दानीको बलियो स्रोत बन्दैगएको छ ।
युरोपेली सङ्घ (ईयू) का सदस्य र सांसदहरूबिच शरणार्थी र आप्रवासीलाई व्यवस्थापन गर्ने सम्बन्धी ईयूको कानुनमा फेरबदल गर्ने विषयमा बुधबार सहमति भएको अधिकारीहरूले बताएका छन् ।
भियतनामी अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको अवस्थामा आफ्नो योजनाबद्ध लगानीलाई पूर्णरूपमा कार्यान्वयन गर्न र समग्र मागलाई समर्थन गर्न आर्थिक सहायता कार्यक्रम २०२२/०२३ को कार्यान्वयनलाई अर्को वर्षसम्म विस्तार गर्न विश्व बैङ्कले सुझाव दिएको छ ।
नेपाली कांग्रेस पाल्पाले तानसेन नगरपालिकाको बोर्ड ढाकेर गरिएको पार्टीको जिल्ला सम्मेलनमा गम्भीर गल्ती भएको भन्दै माफी मागेको छ ।