• ११ मंसिर २०८१, मङ्गलबार

एनआरएनएमा केन्द्रीय सदस्य र सल्लाहकार मनोनयन

blog

काठमाडौँ, पुस ४ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले २१ जना केन्द्रीय सदस्य चयन गरेको छ । गत आइतबार बसेको सङ्घको पदाधिकारी तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले विभिन्न देशका २१ केन्द्रीय सदस्यसहित २१ जना सल्लाहकार समेत मनोनयन गरेको हो । 

सङ्घका प्रवक्ता फणीन्द्र पन्तका अनुसार अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा भर्चुअल (अनलाइन) माध्यममा भएको बैठकमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरू मनोनयन, सल्लाहकारहरू मनोनयन, अनुशासन र विधान समितिको समेत गठन गरिएको हो । 

मनोनयन हुने सदस्यहरूमा पूर्णनाथ घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), बाबुराम भण्डारी (जापान), सरिता ढकाल (जापान), ज्योति शर्मा (इजरायल), डा. सञ्जु पौडेल (कोरिया), विनेश तामाङ (कतार), तारानाथ बोहरा एमडी (युएई), अर्जुन गुरुङ (बेल्जियम), चिरन शर्मा (यूके), डा. मुकुन्द बास्तोला (यूके), सरस्वती केसी (यूके), शान्ति अर्याल अधिकारी (पोर्चुगल), सम्राट् थापा (क्यानडा), रविन बज्राचार्य (अमेरिका), मनिता ढुङ्गाना (अमेरिका), ईश्वरी भट्ट (अमेरिका), भुवन आचार्य (अमेरिका), विनोद भट्ट (अमेरिका), डा.अन्जु खरेल (अमेरिका) र हेमन्त काफ्ले (अष्ट्रेलिया) लाई मनोनयन गरेको छ।

यस्तै सल्लाहकारहरूमा अतुल कोइराला (नेपाल), ओम गुरुङ (जापान), डा. देवी बस्नेत (कोरिया), प्रीतम श्रेष्ठ (हङकङ), रमेश पाण्डे (अष्ट्रेलिया), नारायण काफ्ले (अष्ट्रेलिया), दिनेश जोशी (अष्ट्रेलिया), सूर्य गुरुङ (यूके), भैरव ढकाल (अष्ट्रेलिया), गोविन्द गौतम (रुस), टेकराज निरौला (रुस), हीराधन राई (यूके), सूर्य गुरुङ (यूके), चिरञ्जीवी ढकाल (यूके), शिव बरुवाल (बेल्जियम), टिबी कार्की (कतार), कमलमणि गुरागाईँ (कतार), होमनाथ शर्मा (कतार), सञ्जय थापा (अमेरिका), डा. सञ्जीव सापकोटा (अमेरिका), यमुना भट्टराई (अमेरिका) र रमेश थापा (क्यानडा) लाई मनोनयन गरेको छ।

यस्तै सङ्घको बैठकले अनुशासन समितिको संयोजकमा सङ्घका पूर्वमहासचिव रतन झा (अमेरिका) लाई मनोनयन गर्ने निर्णय गरेको छ । सो समितिमा ओम गुरुङ, नारायण काफ्ले, होमनाथ शर्मा र विष्णुमाया परियार सदस्य रहनुभएको छ । 

संस्थाको विधान व्याख्या समितिको संयोजकमा भूषण घिमिरे, भवानी ओली र मुकुन्दप्रसाद पौडेल (नेपाल) रहनुभएको छ । बैठकले रिक्त रहेको ओसेनियाको क्षेत्रीय युवा उपसंयोजकमा दीपेन्द्र हमाल र युरोपको क्षेत्रीय युवा उपसंयोजकमा प्रकाश दोङलाई मनोनयन गर्ने निर्णय गरेको छ।