निर्माण व्यवसायीलाई यतिबेला दुई थरीको तनावले पिरोलेको छ । एकातिर निर्माण गरिसकेको कामको भुक्तानी भएको छैन, अर्कातिर अरू ठेक्का रोक्ने, कालो सूचीमा राख्ने गर्दा निर्माण व्यवसायी तनावमा रहेका छन् । निर्माण सम्पन्न भएका ठेक्काको भुक्तानी सरकारले नगर्दा व्यवसायीको अन्य काममा असर पुगेको छ । यसका कारण ती काम केही अधुरा छन् । त्यसैलाई आधार बनाएर सरकारले ठेक्का तोड्ने, कालो सूचीमा राख्दा ९० प्रतिशत निर्माण व्यवसायीको फोन अफ हुने गरेको नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय महासचिव रोशन दाहालले बताउनुभयो ।
विद्यार्थीलाई संसद् सञ्चालन प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता मावि देवीनगरमा नमुना संसद् अभ्यास भएको छ । उक्त अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले विद्यालयले युवा तथा विद्यार्थीलाई लक्षित गरी संसद् सञ्चालनका विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरेको नमुना संसद् अभ्यासले विद्यार्थीमा राजनीतिप्रति सकारात्मक धारणा बन्ने बताउनुभयो । संसद् कसरी सञ्चालन हुने रहेछ र त्यसका प्रक्रियाका विषयमा जानकारी लिन सहयोग पुग्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविर सम्पन्न गरेको छ । शिविरमा लक्ष्यभन्दा बढी नागरिकले सेवा लिएका छन् । गत मङ्सिर १४ गतेदेखि जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको घुम्ती शिविर सोमबारबाट सकिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो । शिविरमा लक्ष्य गरिएको भन्दा बढी नागरिकले सेवा लिएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको घुम्ती शिविरमा १२५ जना नागरिक सहभागी भई सेवा लिएको श्रेष्ठले बताउनुभयो ।
कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मत ९पुर्न०का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फछ्र्यौट गरेको छ ।
पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका ।
नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका–४ को अर्खला समुद्री सतहबाट ९२७ मिटरमा अवस्थित छ । पूर्वपश्चिम राजमार्गले छोएको दललेबाट २६ किलोमिटरको दुरीमा रहेको यो पुरानो मगर बस्तीलाई सानो लाप्राक पनि भनिन्छ । चिसो मौसम र उर्वर भूमि रहेको अर्खलाको सिरानमा सेतीनाग माध्यमिक विद्यालय छ ।
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन अन्तर्गत पूर्वी खण्डका दुवैतर्फ कालोपत्रे सुरु भएको छ। यातायात आवागमनलाई सहज बनाउन दुवैतर्फ कालोपत्रे सुरु भएको पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवले जानकारी दिनुभयो। दुई लेन रहेको राजमार्ग विस्तार गरी हाल चार लेन बनिरहेको छ। एकतर्फी दुई लेनको कालोपत्रे गरिएकोमा दुवैतर्फी कालोपत्रे गर्न सुरु गरिएको हो।
पूर्वाधार अभावमा साँघुरो संरचनामा सकसपूर्ण सेवा प्रवाह गर्दै आएको विराटनगरको कोशी अस्पतालको पूर्वाधार अझै केही वर्ष सुधार नहुने भएको छ । नेपाल सरकारले अस्पतालको पूर्वाधार समस्या समाधान गर्न ३० महिनाअगाडि पाँचतले सुविधासम्पन्न भवन निर्माण गर्न ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले समयमा काम नगर्दा सर्वसाधारणले सहज उपचार सेवा नपाउने अवस्था आएको हो ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल विवादमा मुछिँदै आएको छ । नेपालको दूरसञ्चारका क्षेत्रमा सेवा प्रवाह गर्न भित्रिएको अन्तर्राष्ट्रिय संस्थाको लगानी रहेको कम्पनी कहिले सेयर बिक्री मूल्यको विषयलाई लिएर, कहिले लाभकर छलीको विषयलाई लिएर त कहिले फ्रिक्वेन्सी तथा स्थापित मूल्य मान्यता र नीतिगत सीमाको अवज्ञा गरेर चर्चामा आइरहेको हो । लाभकर छलीको विषय सर्वोच्च अदालतमा पुगेको मात्रै नभएर एनसेलको माउ कम्पनी एक्जिएटा बर्हाड मलेसियाले नेपालको करसम्बन्धी विवाद अन्तर्राष्ट्रिय मध्यस्थकर्ता ‘इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्युट’ (आइसिएसआइडी) मा समेत पु¥याएको विदितै छ ।
सामान्य अर्थमा जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताको अभाव भएको अवस्था नै गरिबी हो । विशेषतः जीवनयापन गर्न सक्ने आयस्रोत नहुनु, मानवीय अस्तित्वका लागि क्षमता र अवसरबाट वञ्चित हुनु, न्यूनतम आवश्यकता पूरा गर्ने स्रोतसाधन, सिप, ज्ञानको अभाव हुनु, आर्थिक विपन्नता, सामाजिक विभेद, असमानता, जोखिमपूर्ण जीवनयापन गर्न बाध्य हुनु गरिबीको अवस्था हो । त्यस्तै, मौलिक हक, अधिकार र स्वतन्त्रताबाट वञ्चित हुनु, आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पहुँच नहुनु, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीमा पछाडि पर्नु आदि गरिबीको अवस्थालाई चित्रण गर्ने आधारहरू हुन् । गरिबीलाई हिंसाभन्दा पनि खराब मानिने हुँदा राज्यले गरिबी निवारण अभियानलाई पहिलो प्रथामिकता दिन सक्नु पर्छ ।
नेपालको कुल वैदेशिक व्यापार आव २०७९/८० मा १७ खर्ब ६८ अर्ब रुपियाँको भयो । यसमा कुल आयात १६ खर्ब ११ अर्ब र निर्यात १५७ अर्ब रुपियाँ रह्यो । यसले व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपियाँको भयो । २०७८/७९ मा निर्यात दुई खर्ब रुपियाँ बढेको थियो । निर्यातको उक्त आकार पनि अहिलेसम्मकै उच्च हो । आव २०७८/७९ मा कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब रुपियाँ रहेको थियो । एक वर्षको फरकमा कुल वैदेशिक व्यापार तीन खर्बभन्दा बढीले घटेको छ । दैनिक चार अर्ब रुपियाँको व्यापार घाटा नेपालले बेहोर्नु परेको छ । नेपालले १७१ देशसँग व्यापार गर्छ भने १३७ देशसँग व्यापार घाटा छ ।
पढेलेखेका युवा के गर्लान् ? त्यो सहजै भन्न सकिन्छ कि जागिर खोज्छन्, कि त विदेश ताक्छन् । तनहुँ भानु नगरपालिका–१२ घले छापका कुशल चन्द्र अधिकारी भने कृषि पेसा रोज्नु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट कला सङ्कायमा समाजशास्त्र विषयमा स्नातकोत्तर पुरा गरी सोमबार दीक्षित हुनु भएका अधिकारीले पाँच वर्ष अघि देखि नै व्यावसायिक कृषि पेसा अङ्गाल्नु भएको छ ।
नेपालको संविधानको भाग ३ मा मौलिक हक र नागरिक कर्तव्यको लामो सूची छ । मानव जीवनमा प्राणवायु अक्सिजनपछि पिउने पानीको अपरिहार्यतालाई मनन गरी सो सूचीमा (धारा ३५ को उपधारा ४) स्वच्छ खानेपानी तथा सरसफाइलाई नागरिक हकका रूपमा स्थापित एवं प्रत्याभूत गरिएको छ । स्वच्छ खानेपानीको परिभाषा र मापदण्ड विश्व स्वास्थ्य सङ्गठन तथा विश्वव्यापी रूपमा विभिन्न मुलुकले तय गरी लागु गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको सदस्य रहेको हाम्रो मुलुक नेपालले
लोकतन्त्रको मुख्य आधार भनेको आवधिक निर्वाचन प्रणाली हो । जनताले आफ्नो मतको उपयोग गर्न पाउने, आफूलाई मन पर्ने पार्टी तथा प्रतिनिधि छान्न वा रोज्न पाउने माध्यम भनेको निर्वाचन हो । बालिग मतदाताले मताधिकारको प्रयोग गर्न पाएका छैनन् भने त्यसलाई स्वच्छ प्रजातन्त्र वा लोकतन्त्र मान्न सकिँदैन । निर्वाचनको माध्यमबाट जनताको अभिव्यक्ति प्रकट हुन्छन् र प्रतिनिधि आफूलाई निर्वाचन गर्ने जनताप्रति उत्तरदायी बन्छन् । यो अहरणीय हुन्छ । राज्यले कुनै पनि बहानामा बालिग नागरिकलाई निर्वाचनमा भाग लिनबाट वञ्चित गराउन पाउँदैन, किनकि मताधिकार जनताको नैसर्गिक अधिकार हो ।