अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेट पारित गर्न मत विभाजनको प्रक्रिया सुरु भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नुभएको थियो ।
पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दैगएको छ । कुनै बेला सरकारी विद्यालयभन्दा संस्थागत विद्यालय अर्थात् बोर्डिङ स्कुलमा बढ्दैगएको आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा केन्द्रित भएको पाइएको हो ।
जेठ ३१ गते प्रदेश सभाको बजेट अधिवेशन अन्त्यगरी अध्यादेशबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको प्रदेश सरकारले भोलि बिहीबार प्रदेश सभाको तेस्रो अधिवेशन बोलाएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताउनुभएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलव ९९ मा सीमित भएको छ।
पाँच दिने चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुग्नुभएको छ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र दिन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ।
नेपाल मलेसियामा जारी एसीसी यू–१६ इस्ट रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगीमा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
दशक अगाडि नै निवारण भइसकेको कुष्ठरोगको आठ जना नयाँ बिरामी फेला परेपछि कैलालीको एक पालिकामा कुष्ठरोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिएको छ ।
युवा प्रतिभा अनीश घिमिरेद्वारा अङ्ग्रेजी भाषामा लिखित उपन्यास 'द स्टारडस्ट ईन अस' लोकार्पण गरिएको छ ।
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निर्वाचन कार्यालय हटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिबद्धता विनियोजन शीर्षकमा समावेश गर्न माग गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।
सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित प्राथमिक विद्यालय केराबारीमा अध्ययनरत बालबालिका वर्षातको मौसममा पनि एक सातादेखि खुल्ला आकाशमुनि चौरमा पढ्न बाध्य छन् ।