प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजनाबद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
मकवानपुर मनहरी गाउँपालिका –६ स्थित नयाँबस्तीमा जङ्गली हात्तीले दुई वटा घरमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जङ्गली हात्तीले मनहरी गाउँपालिका ६ नयाँबस्तीका बुद्धि राईको ब्लकले बनेको एक तले घरको एकातर्फाको भित्ता भत्काएको छ ।
कैलाली जिल्लाकोे अत्तरिया नगरपालिका गोदावरीमा जिपलाइन सेवा सुरु भएको छ ।
गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।
नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो ।
कोशी प्रदेश सरकारले विराटनगरमा शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
नेपालगन्जमा बजार अनुगमनलाई निरन्तरताका दिइएको छ ।
“मलाई काठको दाबिलो प्रयोग गरेर कोदाेको ढिँडोसँगै रोटी र पुवा बनाएको भन्दा अरु केही थाहा थिएन तर अहिले यसबाट धेरै परिकार बन्दा रहेछन् भन्ने प्रत्यक्ष देख्ने र अनुुभव गर्न पाएँ”, पोखरा महानगरपालिका वडा नं २३ पञ्चासेका किसान टङ्कनाथ बस्ताकोटीले भन्नुभयो ।
भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ ।
सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गर्नुभएको सर्वोच्चका ६ जना न्यायाधीशले बिहीबार दिउँसो शपथ ग्रहण गर्न लाग्नुभएको हो ।
इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गतवर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो ।
दार्चुला तिंकर सडकको स्थलगत अनुगमनमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला दार्चुला आउँदै हुनुहुन्छ ।
स्थानीय बिल्टु मण्डलले धनुषाको विदेह नगरपालिका–४ स्थित श्री राष्ट्रिय प्राविमा छोरी भर्ना गराउँदा परिवार र गाउँलेले नाइनास्ती गरिरहेका थिए । तर उहाँले कसैको कुरा सुन्नुभएन ।
धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।