राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबिचको एकताले नै मुलुकको राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले नेपालीबिच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मुलुकमा मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले मुलुकको धार्मिक सहिष्णुता र सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियानले सफलता पाइरहेको छ। सरकारले विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शय्या दुई हजार २८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि अस्पतालको १० प्रतिशत शय्या निःशुल्क उपचार हुने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई निर्देशन दिएको थियो। मन्त्रालयले बुधबार उपत्यकाका गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूतिगृह, कान्ति बाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि विपन्नका लागि निःशुल्क शय्या व्यवस्था गर्ने निर्णय गरेको छ। कान्ति बाल अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४५०, ट्रमा सेन्टरले १५०, सहिद गङ्गालाल हृदय केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरिएको हो। यसअघि सात सय शय्या वीरमा र ३३० शय्या विराटनगरस्थित कोशी अस्पताले निःशुल्क गर्ने निर्णय भएको थियो। योसँगै अब विपन्नका लागि विभिन्न अस्पतालमा निःशुल्क घोषणा गरिएको शय्या सङ्ख्या दुई हजार २८ पुगेको छ। मन्त्रालयका अनुसार बिस्तारै अन्य केन्द्रीय अस्पतालमा पनि विपन्नका लागि निःशुल्क शय्या थपिँदै जाने छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय स्तरका सरकारी अस्पतालमा विपन्न परिवारलाई निःशुल्क उपचार गर्ने व्यवस्थालाई तीव्रता दिने बताउनुभयो। उहाँले यस अभियान अन्तर्गत छ वटा सङ्घीय अस्पतालका ती शय्यामा रहेर उपचार गर्दा अन्य कुनै
मित्रराष्ट्र भारतको सिक्किम राज्य स्थित राष्ट्रिय भाषा एवं संस्कृति विद्यालय, गान्तोकका विद्यार्थीहरुलाई काठमाडौंमा स्वागत गरिएको छ ।
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
आठ वर्षअघि निर्माण कार्य सुरु गरिएको गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहको धाराचौर आधारभुत विद्यालयको भवन अहिलेसम्म पनि निर्माणाधीन अवस्थामा छ । साबिक जिल्ला विकास समितिलाई यस विद्यालयका लागि भारतीय दूतावासमार्फत् २०७२ सालमा १६ कोठे भवन निर्माणका लागि योजना परेको हो ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो।
ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
बागमती प्रदेश सभाको बैठक नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यहरुको लगातारको अवरोधपछि पुनः स्थगित गरिएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची तय भए पनि विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल सुरु हुन सकेन ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताउनुभएको छ।
टीकापुर नगरपालिका –१ शक्तिनगर मुक्त कमैया शिविरमा भएको स्वास्थ्य शिविरमा ४०१ जनाको स्वास्थ्य परीक्षण भएको छ । नेपाल प्रहरी श्रीमति संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको प्राविधिक सहयोगमा बुधबार भएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जना महिला र १३७ जना पुरुषले सेवा लिएका हुन् ।
बुधबार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा सांसदले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो।
सरकारले कमलरी प्रथा उन्मुलन गरेको दश बर्ष पूरा भएको छ । २०७० जेठ १९ गते सरकार र आन्दोलनरत कमलरीकावीच १० बुँदे सहमति भएपछि सरकारले २०७० साल असार १३ गते देशलाई कमलरी मुक्त घोषणा गरेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताउनुभएको छ।
चीनको होङ्झावमा हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि भारोत्तोलनमा चार खेलाडी छनोट भएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतनै विश्वसनीय नभएको दाबी गर्नुभएको छ।