कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–४, रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा धमाधम बेहोस हुन थालेपछि छात्राको ग्रहशान्तिका लागि पूजा लगाइएको छ। शिक्षा र चेतनाको सन्देश फैलाउने विद्यालयले नै छात्रालाई मनोविज्ञान तथा स्वास्थ्य शिक्षासम्बन्धी ज्ञान दिनुपर्नेमा उल्टै पूजा लगाई सामाजिक अन्धविश्वासलाई नै प्रश्रय दिएको स्पष्ट हुन्छ।
सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया सुरु भएको छ। मन्त्रालयले सातदिने सार्वजनिक सूचना निकालेर आयोजना कार्यान्वयन गर्दा कुनै प्रतिकूल असर पर्ने भए लिखित राय र सुझाव पेस गर्न आग्रह गरेको छ। इआइए स्वीकृत भएपछि भौतिक पूर्वाधार निर्माणको डिपिआरको काम अघि बढाउने छ। सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले वैशाख दोस्रो साता कलेज निर्माणका लागि आवश्यक इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो।
चितवनको भरतपुर महानगरसँगै जोडिएको नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका विकास र समृद्धिको यात्रामा अघि बढेको छ । गण्डकी प्रदेशको यो नगरपालिकाको नेतृत्व परिपक्व, शालीन र भद्र व्यक्ति मदनभक्त अधिकारीले गर्नुभएको छ । उहाँ नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको हो । गैँडाकोटको विकास गर्न उहाँ तल्लीन हुनुहुन्छ । पञ्चायतकालमा २५ वर्ष गैँडाकोटको प्रधानपञ्च भएर काम गरिसकेका अधिकारी विकासप्रेमी नेताका रूपमा परिचित हुुनुुहुुन्छ । गोरखापत्रका होमराज रानाभाटले नगर प्रमुुख अधिकारीसँग गर्नुुभएको कुुराकानी :
आत्महत्या नेपाली समाजका लागि जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । यो एउटा सामाजिक समस्या भएको सम्बद्ध अधिकारी बताउँछन् । विशेष गरी युवा वर्गमा बढ्दो निराशा, बेरोजगारी, दीर्घरोग, गरिबी, प्रेम सम्बन्ध तथा आवेगका कारण आत्महत्या जटिल र चुनौतीपूर्ण बन्दै गएको बुझाइ छ ।
रुपन्देहीमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले विगत सात महिनाको अवधीमा गरेको अध्ययनले सो तथ्याङ्क देखाएका हो । सो अवधिमा भएका विभिन्न अपराधका घटना मध्ये सबैभन्दा बढी यौनजन्य हिंसाका घटना भएको उल्लेख गरिएको छ । इन्सेकको अभिलेख अनुसार, बालबालिकासम्बन्धी बलात्कारका घटना २६, यौन दुव्र्यवहार छ, जबरजस्ती करणी आठ र बलात्कारको प्रयास गरी सात वटा घटना भएको उल्लेख छ । त्यसै गरी मानव बेचबिखन तथा ओसारपसार पाँच, पारिवारिक हत्या चार, बालिका हत्या एक, अपहरण तथा शरीर बन्धक एक, बहुविवाह आठ, जबरजस्ती गर्भपतन एक र घरेलु हिंसा २६४ वटा रहेको जनाइएको छ ।
मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिका नाममा ल्याएको मुद्दामाथिको अनुसन्धान फाइल फेरि खोलिएको छ। ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिका नाममा ल्याउनेमध्येका सात जना अभियुक्तलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले मङ्गलबार पक्राउ ग¥यो। तथापि यो खानदानी किर्ते मुद्दामा पूर्वतयारी साथ अवरोध पनि सुरु भएको देखिएको छ। भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित पक्राउ परेका सात जना अभियुक्तमध्ये तीन जना अदालतको निषेधाज्ञा लिएर मङ्गलबारै छुटेका छन्। विसं २०७
नेपाली राष्ट्रिय राजनीतिमा समाजवाद सबैभन्दा चलनचल्तीको पदावली साबित भएको छ। यो सबै समस्याको समाधान गर्ने मिथक जस्तो बनेको छ। यसप्रति बनिबनाउ आकर्षण बढिरहेको छ। यहाँसम्म कि अमूर्त समाजवाद उच्चारण गरे पुग्छ। समाजवाद स्थापना गर्ने स्पष्ट कार्यदिशा र कार्ययोजना चाहिँदैन। यसको अर्थ राजनीतिक अन्तरवस्तु, चरित्र र पद्धतिको गहिराइमा पुग्नु पर्दैन। कार्यक्रमिक खाका वा योजना जरुरी हुँदैन। समाजवादसम्बन्धी भाषण र वक्तव्यबाजी गरे पुग्छ
मेरो नेतृत्वमा सरकार गठन भएको छ महिना पूरा भएको छ। छ महिनालाई सरकारको समीक्षाको अवधि मान्ने प्रचलन हामीकहाँ छैन तर यो सम्मानित संसद्मा विश्वासको मत माग्दै गर्दा मैले प्रधानमन्त्रीका रूपमा हरेक पटक रिपोर्ट कार्डका साथ उपस्थित हुने वाचा गरेको थिएँ । त्यही वाचा पूरा गर्न म अहिले रोस्ट्रममा उभिएको छु।
गलैँचामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) ले निर्यातमा ३० प्रतिशतसम्म गिरावट आउने व्यवसायीले अनुमान गरेका छन् । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर गलैँचा उद्योगमा पाउँदै आएको भ्याट छुट हटाउँदा गलैँचाको उत्पादन लागत महँगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेर निर्यातमा गिरावट आउने बताएको हो ।
नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महँगो मूल्यमा बिचौलियालाई बेच्ने गरेको पाइएपछि इलाममा रहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । वास्तविक किसानले अनुदानको मल नपाइरहँदा सहकारीले बिचौलियालाई बेच्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले गोदाममा सिल गरेको हो । किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले बुधबार अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि बिज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो ।
अनुचित लेनदेन (मिटरब्याज) अन्तर्गतको उजुरी अनुसन्धानका क्रममा आरोपित व्यक्तिहरू पक्राउ पर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले हालसम्म १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको छ। बारा जिल्लामा परेका तीन हजार ३२२ उजुरीमध्ये हालसम्म २३० वटा उजुरीको छलफल भएकोमा १४९ वटा फस्र्योट भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये कतिपय रकम मिलान र सहमति भएपछि छुटेका छन्। न्याय निरूपणका क्रममा आरोपित व्यक्ति र उजुरीकर्तालाई कार्यालयमा बोलाएर बयान लिने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो। धेरै उजुरी परेका कारण कार्यालयको काम नै प्रभावित हुन नदिन तीन वटा टोली बनाएर दैनिक ३० वटा उजुरीको छलफल गराउने र सहमतिमा किनारा लगाउने काम भइरहेको प्रजिअ सापकोटाले बताउनुभयो।
जन्मका आधारमा नागरिकता लिएकाहरूको सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु भएपछि महोत्तरी जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड बढेको छ। जन्मसिद्ध नागरिकका सन्तान अहिले नागरिकताका लागि आउन थालेपछि महोत्तरीको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा दैनिक भिड बढेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो। लामो समयको प्रतिक्षाबाट नागरिकता पाउने भएपछि प्रशासनमा भिड बढेको उहाँले उल्लेख गर्नुभयो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष प्रशासन सुधार कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ। प्रदेश सरकारले गठन गरेको कार्यदलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमका बिच उक्त प्रतिवेदन बुझाएको हो। सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रतिवेदन मार्फत कार्यदलले दिएका राय सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यन्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यदलका सुझावहरू कार्यान्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको महत्वपूर्ण भूमिका हुने जानकारी दिँदै उहाँले प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यान्वयनमा लैजान पनि मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभयो।
चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट छ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अनुसार चालु आव २०७९/८० को साउनदेखि वैशाखसम्ममा रामेछापबाट एक हजार २५० जना महिलासहित छ हजार ३४९ जना रोजगारीका लागि विदेश गएका हुन् ।