काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सात मतदान स्थल र १४ मतदान केन्द्र तोकेको छ ।
बुढानीलकण्ठ नगरपालिका–१२ कपनस्थित पसी लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका-२ पिपराको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई च्याउ बेच्न भ्याई न भ्याई छ। एक साता अगाडिदेखि च्याउ उत्पादन सुरु भएको छ।
गरिब तथा विपन्न वर्गका नागरिकको अन्त्येष्टि गर्न शमशान घाटमा निःशुल्क दाउरा वितरण गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिका-८ स्थित शमशान घाटमा गरिब तथा विपन्न वर्गका नागरिकको मृत्यु पश्चात् गरिने अन्त्येष्टिका लागि ११ नम्बर वडा कार्यालयको तर्फबाट निःशुल्क दाउरा प्रदान गरिएको ११ नम्बर वडाका अध्यक्ष नन्दकिशोर कश्यपले जानकारी दिनुभयो ।
भेनेजुएलाका कूटनीतिज्ञ एलेक्स साब संयुक्त राज्य अमेरिकामा तीन वर्षभन्दा लामो जेल जीवन बिताएर स्वदेश फर्किनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो ।
उत्तरपूर्वी चीनको एक कोइलाखानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो । यस्तै त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा कुनै विवाद नरहेको बताउनुभएको छ । बिहीबार र शुक्रबार हुने कांग्रेस मधेश प्रदेशको प्रथम सम्म्मेलनमा सहभागी हुन जनकपुरधाम आउनु भएका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
रामेछापमा विद्यालयबाट घर फर्किदै गरेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
दाङमा गुरुयोजनाअनुसार काम अघि बढ्न नसक्दा ६ करोडभन्दा बढी लागतमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय पार्क अलपत्र परेको छ । घोराही उपमहानगरपालिका –१३ स्थित धार्मिकस्थल बाह्रकुने दहलाई विकास गर्दै जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनेगरी गुरुयोजना निर्माण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको आश्रित परिवारलाई सहयोग स्वरुप आर्थिक रकम प्रदान गरेको छ ।
उत्तर कोरियाले ‘शत्रले आणविक अस्त्र’ ले उक्साएमा उसले पनि आणविक अस्त्र प्रयोग गर्ने चेतावनी दिएको छ । प्योङयाङलाई ‘आणविक हतियारले उक्साएमा’ आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियालाई ली नेता किम जोङ उनले बताउनुभएको हो ।