सिङ्गापुरको एक अदालतले आर्थिकरूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।
गल्याङ नगरपालिकाका कृषि तथा पशु प्राविधिकहरू घरबारीमै पुगेपछि कृषकहरू उत्साहित भएका छन् । पालिकाले सञ्चालन गरेको ‘कृषकसँग कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत कृषकहरूका खेतबारीमा नै प्राविधिकहरू पुगेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
म्याग्दीमा पछिल्लो समय भलिबल खेलप्रति युवाहरूमा आकर्षण बढेको देखिएको छ । स्थानीय सरकार, विद्यालय र विभिन्न सङ्घ संस्थाहरूले भलिबल खेलको विकासका लागि आवश्यक पूर्वाधारको निर्माण, प्रशिक्षण, तालिम र विभिन्न समयमा प्रतियोगिता आयोजना गर्न थालेपछि भलिबल खेलप्रति युवाहरूको क्रेज बढेको हो ।
दाङका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । घोराही उपमहानगरपालिका-१४ स्थित स्वप्न होजियारी उद्योग एवम् प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन् ।
धनकुटाको राजारानी बजारनजिक रहेको रानी तालमा मोटरबोटको मज्जा लिनेदेखि घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गएको छ । खाली समयको सदुपयोग गर्न मात्र नभएर विशेष दिनमा समेत रमाइलो गर्न पर्यटक तालमा आउन थालेका छन् ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वच्छ राजनीति अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ । समाजवादी पार्टीको राप्ती नगर कमिटीको नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो ।
प्रथम मेघालय अन्तर्राष्ट्रिय खुला ग्राण्ड मास्टर्स बुद्धिचाल प्रतियोगितामा नेपाली बुद्धिचाल खेलाडीले औसत प्रदर्शन गरेका छन् ।
दाङको घोराही उपमहानगरपालिका–४ सुनपुरका हिमलाल चौधरीले चार वर्षदेखि व्यावसायिकरुपमा मौरीपालन गर्दै आउनुभएको छ । एउटा याममा दुई पटक मह निकाल्न मिल्ने र मनग्य आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । चौधरीले दश घारबाट मौरीपालन थाल्नु भएको हो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतले सेवालाई सुधार गर्ने क्रममा अनलाइनबाट काम सुरु गरेको छ । सेवाग्राहीको चाप बढेपछि नाम दर्ता अनलाइन सेवा अनुसार कुनै पनि बिरामी वा सेवाग्राहीले नाम दर्ताका लागि बिहानै ९ बजे नै अस्पताल पुग्न नपर्ने अस्पतालकलका निर्देशक प्रा.डा.डाक्टर डम्बर खड्काले बताउनुभयो ।
नेपाली कांग्रेस मधेस प्रदेशको सम्मेलन सुरु भएको छ । जनकपुरधाममा सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले एक समारोहबिच उद्घाटन गर्नुभयो । जनकपुरको तरहुतिया गाछीमा सम्मेलन भइरहेको छ ।
एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ ।
देश सङ्घीय संरचनामा गएपछि योजना सम्झौता गाउँमै गर्न पाएपछि स्थानीय उत्साहित भएका छन् । नागरिकको स्वास्थ्य, शिक्षालगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि स्थानीय तहको भूमिका प्रभावकारी बन्दैगएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली समकक्षी मोहम्मद उवैस मेहम्मद अलि साब्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने विषयमा छलफल भएको छ।