राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।
चार वर्षदेखि अवैध रूपमा सञ्चालित तानसेन खानेपानी उपभोक्ता समिति खारेज गरिएको छ । तानसेन नगरपालिकाको आयोजना गरिएको वृहत् उपभोक्ताहरूको भेलाले चार वर्षदेखि अवैध रूपमा सञ्चालित उपभोक्ता समितिलाई खारेज गर्ने निर्णय गरेको हो ।
अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथुरक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बुढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन् । उनीहरू भेडीगोठाला हुन् ।
भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई–टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।
नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औँ एसियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलका २३३ नेपाली खेलाडीले चीनको हाङझाउ सहरमा आयोजना हुने एसियाडमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व इद–उल–अजाह (बकर इद) बाँकेमा धुधामका साथ मनाइँदैछ । तीन दिनसम्म मनाइने यो पर्वलाई कुर्बानी र बलिदानको पर्व पनि भनिन्छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।
पश्चिम नेपालकै धार्मिक तथा ऐतिहासिक पाल्पा भैरवस्थान मन्दिरका मुख्य पुजारी जितनाथ योगीलाई निलम्बन गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव गर्ने हुनुभएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउन ‘अध्यक्ष कृषि आयोजना’ सुरु गर्ने भएको छ । कृषि र पशुपालनलाई प्राथमिकता दिँदै गाउँपालिकाले अध्यक्ष कृषि आयोजना सुरु गर्ने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गर्नुभएको छ ।
उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैर आवासीय नेपालीहरूसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।