• २४ असार २०८१, सोमबार

सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगे

blog

काठमाडौं, पुस ५ गते । स्पेनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगेका छन् ।

जनवरी १ देखि डिसेम्बर १५ सम्मको अवधिलाई समेटेर सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यस अवधिमा ५२ हजार ९४५ अवैध आप्रवासीहरू स्पेन पुगेको देखाएको हो । यो २०२२ को सोही अवधिको तुलनामा ७६.२ प्रतिशतले बढी हो ।

सन् २०१८ यता ५७ हजार ४९८ जना अवैध रुपमा आएका थिए । त्यसपछिको यो नै ठूलो रेकर्ड हो । २०२३ मा अवैध आप्रवासी आगमन समुद्रको माध्यमबाट थियो । तीमध्ये ७२ प्रतिशत क्यानरी टापुहरूमा पुगेका छन् ।

क्यानरी टापु मार्गलाई संसारको सबैभन्दा घातक आप्रवासी मार्ग मानिन्छ । जहाँ आप्रवासीहरूले कम्तीमा सय किलोमिटर खुला समुद्र पार गरेर आउनुपर्छ । स्पेनिस एनजीओ क्यामिनान्डो फ्रन्टेरासले अनुमानअनुसार २०१८ देखि २०२२ को बीचमा सात हजार आठ सय आप्रवासीको यात्राका क्रममा मृत्यु भएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल