• १५ मंसिर २०८१, शनिबार

राष्ट्रपतिको उपस्थितिमा सर्वोच्चका नवनियुक्त न्यायाधीशको शपथ

blog

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ लिनुहुँदै सर्वोच्चका नवनियुक्त न्यायाधीश । तस्बिर: राष्ट्रपति कार्यालय

काठमाडौं, पुस ५ गते। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नवनियुक्त  सर्वोच्च अदालतका न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।  

राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश श्रेष्ठसमक्ष नवनियुक्त न्यायाधीश सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिनुभएको हो।  

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको हो।



यो पनि पढ्नुहोस