कर्णाली प्रदेशको कुल जनसङ्ख्याको ३.१ प्रतिशत अर्थात् ५२ हजार ६०४ जना अपाङ्गता भएका व्यक्ति छ। तीमध्ये २.८ अर्थात् एक हजार ४५८ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन्। केही सार्वजनिक तथ्याङ्क अनुसार हरेक आठ जनामा एक जना मनोसामाजिक समस्या भएका व्यक्ति हुने गर्छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्। तीमध्ये कुल अपाङ्गता जनसङ्ख्याको ४.३ अर्थात् २८ हजार ४५ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन्।
बैतडी जिल्ला बाढीपहिरोको उच्च जोखिममा भए पनि स्थानीय सरकारले विपत् प्रतिकार्य योजना बनाउन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँग मनसुनजन्य विपत् प्रतिकार्य योजना माग गर्दासमेत स्थानीय तहले प्रतिकार्य योजना बुझाएका छैनन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष बैतडीसहित नेपालका २१ वटा जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेको घोषणा गरेको छ। बैतडीसहित सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा एक लाख ४७ हजार ६० जना प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ।
पछिल्लो समय पर्वतको सदरमुकाम कुस्मा बजार साहसिक पर्यटनको गन्तव्य बनेसँगै आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। पर्यटकको आवागमन बढेपछि होटल व्यवसायमा लगानीसमेत बढ्न थालेको छ। कुस्मा बजारको परिचयका रूपमा रहेको बन्जी जम्प, जिप लाइन, स्विङलगायतका साहसिक खेल खेल्न तथा हेर्न आउने पर्यटक बढेका छन्। पर्यटक बढेसँगै यो ठाउँ होटलमा लगानी गर्ने व्यवसायीको समेत आकर्षणको केन्द्र बन्न थालेको छ।
बर्खा लागेसँगै फेवातालमा जलकुम्भी झारले ताललाई ढाकेको छ। वर्षाको भेलले माथिल्लो क्षेत्रमा रहेको जलकुम्भी बगाएर ल्याएपछि हल्लनचोकदेखि वाराहीघाटसम्मको क्षेत्र बढी कुरूप छ। जलकुम्भीले फेवाताल ढपक्कै छोपेपछि डुङ्गा सयर गर्न आएका पर्यटक नाक खुम्च्याउँदै फर्कन बाध्य छन्। २०७४ माघमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपियाँ र पोखरा महानगरपालिकाको ७५ लाख गरी एक करोड २५ लाख रुपियाँमा जलकुम्भी निकाल्ने मेसिन ल्याइएको थियो।
मोरङका १७ वटा स्थानीय तहमध्ये पथरीशनिश्चरे नगरपालिकाले अझै प्रमुख प्रशासकीय भवन निर्माण गर्न सकेको छैन। पथरीशनिश्चरे नपाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा पनि जग्गा खोजबिनका लागि ७० लाख रुपियाँ विनियोजन गरेको छ। साविकको पथरी र शनिश्चरे गाविस समाहित भएर २०७० मा पथरीशनिश्चरे नगरपालिका गठन भएको थियो। तत्कालीन अवस्थामा नगरको केन्द्र साविक शनिश्चरे गाविसको शिविरडाँडामा तोकिएको थियो। २०७३ सालमा राज्यपुनर्संरचना आयोगले पथरीशनिश्चरे नगरपालिकामा हसन्दह गाविस थप गर्ने निर्णय गरी नगरको केन्द्र वडा नं. १० को भुटानी शरणार्थी शिविरडाँडामा नै राख्ने निर्णय ग¥यो। आयोगले तोकेको जग्गा नेपाल सरकारको वन क्षेत्र हो। जहाँ वनले सट्टा भर्नामा अन्यत्र जग्गा उपलब्ध नगराएसम्म भवन निर्माण गर्न दिँदैन।
चार वर्षअघि महामारीका रूपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण पुनः फैलिन थालेसँगै स्वास्थ्य निर्देशनालय धनकुटाले उपचारका लागि स्वास्थ्य जनशक्ति तयारी अवस्थामा राखेको छ। कोशी प्रदेशमै डेङ्गु रोगको सङ्क्रमण फैलन सुरु भएसँगै विभिन्न माध्यमबाट बच्ने उपायसहितको सूचना सन्देश प्रसारण गरी सबैलाई सचेत गराइएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो। उहाँका अनुसार डेङ्गु रोगबाट कोशी प्रदेशको सुनसरीस्थित धरानमा र सङ्खुवासभामा सबैभन्दा बढी बिरामी फेला परेका छन्।
२०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर बनाउने तर्फ सरकार लागि परेको बताउनुभएको छ ।
मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका
मराङ खोलामा पक्की पुल निर्माण भएसँगै दुर्गमका बस्ती सडक सञ्जालसँग जोडिएका छन् । धवलागिरि गाउँपालिकाका दुई वडा मराङ र मल्कबाङलाई सडक सञ्जाल सँग जोड्न अर्कला स्थित मराङ खोलामा पक्की पुल निर्माण गरिएको हो ।
सङ्घीय प्रतिनिधि सभाले आर्थिक वर्ष २०८०/८१ को विनियोजन (बजेट) विधेयक बुधबार पारित गरेको छ। संसद्बाट बजेट पारित गर्ने प्रक्रियाको इतिहासमा यस पटक नयाँ अभ्यास भयो। विधेयक प्रस्ताव ध्वनि मतका आधारमा पारित गरिएको घोषणाप्रति असहमति आयो। प्रमुख प्रतिपक्षले माग गरेबमोजिम पहिलो पटक मतदान भएसँगै बहुमतबाट बजेट पारित गरियो। अनि अर्थमन्त्रीबाट प्रस्तुत प्रस्तावमा लामो छलफल र असहमति भए पनि कमा, पूर्णविराम पनि हेरफेर नगरी जस्ताको
लेखा परीक्षणको माध्यमबाट मुलुकमा वित्तीय अनुशासन कायम गर्न तथा सरकारी आम्दानी, खर्च र आर्थिक क्रियाकलाप चुस्त दुरुस्त राख्न महालेखा परीक्षकको कार्यालय स्थापना गरिएको हो। मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतका आधारमा लेखापरीक्षण गर्न तत्कालीन नेपाल अधिराज्यको संविधान, २०१५ बमोजिम २०१६ साल असार १५ गते नेपालका प्रथम महालेखा परीक्षकको नियुक्तिसँगै यस कार्यालयको स्थापना भएको हो। सार्वजनिक निकायको सेवा प्रवाह, आर्थिक व्रिmयाकलापमा पारदर्शिता र जवाफदेहिता प्रवर्धन तथा असल अभ्यासको अवलम्बनमा महत्वपूर्ण भूमिका खेलेको यो कार्यालय आज आ
नेपाल केही दशकदेखि भ्रष्टाचारको दलदलमा फसेको छ भन्नलाई लुकाइरहनुपर्ने विषय छैन। भ्रष्टाचार छैन भनेर कुनै निकायले दाबी गरे पनि त्यो दाबी कोही पत्याउनेवाला छैन। तथ्याङ्कले नै देखाउँछ कि नेपाल विश्वका सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्दछ। ट्रान्सरेन्सी इन्टरनेसनलको सन् २०२३ को तथ्याङ्क अनुसार विश्वका भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल ११० औँ स्थानमा छ।
नारायणगढ मुग्लिङ सडक खण्डमा अवरुद्ध पहिरो खुला गर्ने कार्य सुरु गरिएको छ । बिहीबार दिउँसोबाट अवरुद्ध सडक खुला गर्न पहिरो पन्छाउने काम केही वेर अघिबाट सुरु भएको हो ।
अफ्रिकी मुलुक युगान्डामा विद्यार्थीको बीभत्स हत्यासँगै आमनागरिकमा त्रास बढेको छ। आतङ्कवादी समूह इस्लामिक स्टेटसँग सम्बन्ध रहेका विद्रोहीले एक विद्यालयमा आक्रमण गरी ४० जना विद्यार्थीको बीभत्स हत्या गर्नुका साथै केही कर्मचारी र छात्रालाई अपहरण गरी लगेका छन्। पश्चिम युगान्डाको पोन्ड्वे सहरमा रहेको एक माध्यमिक विद्यालयमा भएको उक्त आक्रमणमा परेका थप आठ जना विद्यार्थीको अवस्था गम्भीर छ। मारिनेमा विद्यालयको छात्रावासमा रहेका छात्र धेरै छन्।
कृषि र पर्यटन नेपाल र नेपालीको जीवनयापनको प्रमुख आधारभूत आर्थिक गतिविधि हुन्। जनसङ्ख्याको ८० प्रतिशत (७९.४२ प्रतिशत) ग्रामीण बसाई, दुई तिहाइभन्दा बढी (६६ प्रतिशत) कृषि पेसामा संलग्न तथा गार्हस्थ उत्पादन मा (३६ प्रतिशत) योगदान रहेको परिस्थितिमा कृषि क्षेत्रको व्यवसायलाई मेरुदण्डका रूपमा विकास गर्नु जरुरी छ।