मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्ने क्रममा रहेको जनाएको छ ।
सिराहा जिल्लाको कान्छो नगरपालिकाका रूपमा रहेको छ, धनगढीमाई नगरपालिका । २०७२ साल असोज १ गते साबिक धनगढी, विष्णुपुरकट्टी, हनुमाननगर, भवानीपुर, फुलकाहाकट्टी र अयोध्यानगर गरी छ वटा गाविस समायोजन गरी
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहहरूलाई स्थानीय पाठ्यक्रम निर्माण गरेर विद्यालयमा पढाइ सञ्चालन गर्न पाउने अधिकार प्रदान गरेको छ । यो व्यवस्थाको लक्ष्य स्थानीय तहमा भएका सांस्कृतिक, सामाजिक, पर्यटकीयलगायतका क्षेत्रबारे विद्यार्थीलाई सिकाउनु हो । विद्यार्थीलाई स्थानीय पालिकाको चिनारीबारे ज्ञान दिने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐनले गरेको यो व्यवस्था कार्यान्वयनमा भने स्थानीय सरकार सक्रिय देखिएका छैनन् । जिल्लामा केही स्थानीय तहले मात्रै स्थानीय पाठ्यक्रम बनाएर पढाइ सञ्चालन गरेका छन् । धेरै स्थानीय तहले अहिलेसम्म स्थानीय पाठ्यक्रम लागु गर्न सकिरहेका छैनन् ।
नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
कोशी प्रदेशमा रिक्त रहेको सभामुख निर्वाचनको वातावरण बनाउन दलहरूले मुख्यमन्त्री केदार कार्कीलाई जिम्मा दिएका छन् । सभामुख पद रिक्त हुँदा लामो समयदेखि उपसभामुखको नेतृत्वमा सदन सञ्चालन भइरहेको र उपसभामुख अनुपस्थित हुँदा अध्यक्षता मण्डलका सदस्य
म्याग्दीको धवलागिरि गाउँपालिका–४, नाउरा स्थित रणज्योति आधारभूत विद्यालयमा ३ कक्षासम्म पढाइ हुँदै आएको छ। भौगोलिक रूपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यही विद्यालयमा अध्ययन गर्दै आएका छन् । नाउरा गाउँमा २० घरधुरी रहेका छन्। विद्यालय जाने तीन जना मात्र बालबालिका रहेका छन्। कक्षा १ मा पाँच वर्षीय एरिक घर्तीमगर, कक्षा २ मा सात वर्षीय एरिका घर्तीमगर र बालविकासमा युवान गर्बुजा नियमित विद्यालय आउने गर्नुभएको छ । एरिक र एरिका दिदीभाइ हुनुहुन्छ ।
दोलखाको शैलुङ गाउँपालिका–८ मा करिब डेढ दशकअघि निर्माण सुरु भएको झोरखोला सिँचाइ योजनामा गत आर्थिक वर्षमा विनियोजन भएको बजेट स्थानीयबिच भएको वादविवादका कारण खर्च हुन नसक्दा सञ्चालन हुन सकेको छैन ।
गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा हुनुभयो । उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उहाँमा अन्य स्वास्थ्य समस्या थिएन ।
मुलुकको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने कार्य यतिबेला लगभग सकिन लागेको छ । यस पटक धान खेतीका लागि मौसम प्रतिकूल नभएको र भित्र्याउने समयमा पनि झरीहुरी नआएको कारणले मेहनतको बाली बिनानोक्सानी भित्र्याउन पाउँदा कृषकले गुनासो गर्नुपर्ने अवस्था सिर्जना भएन । अघिल्लो वर्षको तुलनामा उत्पादनमा कमी आएको प्रारम्भिक आकलन गरिएको भए पनि यकिन तथ्याङ्क भने आउन बाँकी नै छ । समयमा बिउ तथा मल उपलब्ध नहुनु, सिँचाइको पर्याप्त
लोकतान्त्रिक शासन व्यवस्थाको सुरुवातसँगै निश्चित उद्देश्य र लक्ष्य प्राप्तिका लागि विचार मिल्ने नागरिक मिलेर नै राजनीतिक दल स्थापना गरेका हुन् । दर्शन, विचार, साङ्गठनिक संरचना, रणनीति र कार्यनीतिको खाकामा सहमतिपछि दलहरूको स्थापना भएको हो । दलहरूको प्रमुख काम भनेको नागरिक सङ्गठित गर्ने, परिचालन गर्ने, चेतना अभिवृद्धिसँगै आफ्नो देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थाको विश्लेषण गर्दै नागरिक जीवन सहज बनाउनका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग, कृषि, वन, पर्यावरण, भौतिक पूर्वाधार निर्माणलगायत विकास प्रक्रियालाई ठिक ढङ्गले अघि बढाउन निर्वाचनमार्फत जनमत लिने र शासकीय संरचनामा सहभागी भएर नागरिकलाई आवश्यक सहज र सरल रूपमा नियमित सेवा प्रदान गर्ने मूल उद्देश्य हो ।
समग्र ज्ञान र रणनीतिले दिगो दृष्टिकोण अङ्गीकार गर्दै समाजले सामना गरिरहेका जटिल र अन्तरसम्बन्धित मुद्दालाई सम्बोधन गर्न खोज्छ । यसको उद्देश्य शान्ति र समृद्धिलाई जोड दिई जनकल्याण, दिगो स्थिरता र समानतालाई बढावा दिनु हो । इजरायलमा प्यालेस्टिनी अतिवादी समूह हमासले हालै गरेको हिंस्रक आक्रमण र २१ औँ शताब्दीमा युक्रेनमा जारी द्वन्द्वसँगै इजरायलबाट भइरहेको प्रति आक्रमणबाट भएको नागरिक हताहत जस्ता अमानवीय घटनाले हाल मानवताले सामना गर्नुपर्ने गहिरो सङ्कट र चुनौती उजागर गर्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
छरिएर रहेका बचतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गरी राष्ट्रिय पुँजी निर्माण, औद्योगीकरण तथा अर्थतन्त्र समृद्ध बनाउन पुँजी बजारको महìवपूर्ण भूमिका हुन्छ । स्वच्छ, प्रतिस्पर्धी र फराकिलो धितोपत्र तथा वस्तु विनिमय बजारमार्फत राष्ट्रिय पुँजी निर्माण गर्ने सोच पन्ध्रौँ योजनाको छ । योजनाको अन्त्यसम्ममा सार्वजनिक धितोपत्रमा लगानी गर्ने जनसङ्ख्या ४.४ प्रतिशतबाट २० प्रतिशत पुग्ने अपेक्षा रहेको छ । आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण अनुसार कुल जनसङ्ख्याको १९ प्रतिशतले हितग्राही (डिम्याट) खाता खोलेका छन् । लगानीकर्तामा वित्तीय साक्षरताको कमीसँगै दोस्रो बजारमा करोबार भई धितोपत्र बजारमा देशव्यापी पहुँच पु¥याउनु अहिलेको प्रमुख चुनौती हो ।