नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत मङ्सिर ६ गतेबाट धान खरिद शुरु गरेकोमा दुईसय जना किसानले मात्र कम्पनीमा पुगेर आठ हजार क्विन्टल धान बिक्रि गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।
हेटौँडा अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।
गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरुले वैदेशिक रोजगारीबाट भित्रिएको रेमिटान्स अनुत्पादक क्षेत्रमा खर्च भएको बताएका छन् । रेसुङ्गा नगरपालिकाको आयोजनामा सुरक्षित वैदेशिक रोजगारीका सवालमा स्थानीय तहका पदाधिकारी र सरोकारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ ।
दोलखाको तामाकोशी गाउँपालिकाले वडावडामा पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०८०∕८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समितिमार्फत गरिने योजनाहरु वडामै पुगेर सम्झौता गर्न सुरु गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भ्रष्टाचार बढेर देश कङ्गाल भएकाले युवाहरु विदेशीन बाध्य भएको बताउनु भएको छ ।
देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
सहदेव बस्नेतजाजरकोट, पुस ६ गते । जाजरकोटमा अस्थायी आवास निर्माणका लागि अनुदान दिन स्थानीय पालिकाले पीडित परिवारलाई लाभग्राहीको सूचीमा राख्दै अनुदान वितरण गर्न थालेका छन् । हालसम्म तीन हजार सात सय २१ परिवारको खातामा पहिलो किस्ता बापतको २५ हजार रुपियाँ निकासा भएको छ । भेरी नगरपालिकाले ४ हजार ५ सय ४९ लाभग्राही कायम गरेको छ । ४ सय ८४ परिवारसँग सम्झौता गरेर एक करोड २१ लाख रुपियाँ लाभग्राहीको खातामा निकासा दिएको छ ।बारेकोटले ५५ सय ८६ लाभग्राही कायम गरिएका एक हजार ६५ परिवारलाई पहिलो किस्ताको दुई करोड ६६ लाख २५ हजार अनुदान रकम प्रदान गरेको छ । कुशे गाउँपालिकाले ५२ सय ८७ लाभग्राही कायम गरेको छ ।शिवालयले ३३ सय ९ लाभग्राही कायम गरी २१ सय ७२ परिवारको खातामा ५ करोड ४३ लाख अनुदान दिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले हालसम्म ९ करोड ३० लाख २५ हजार रुपियाँ पीडितको खातामा रकम गएको जानकारी दिनुभयो ।
बाँके प्रशासनले बजार अनुगमनलाई दैनिक रुपमा तीव्रताका साथ अगाडि बढाइरहँदा उपभोक्ताको हित विपरीत कालोबजारी गरी उपभोक्ता ठग्ने व्यापारीको निद्रा हराएको छ भने् उपभोक्ता भने सरकार भएको अनुभूति गर्दै खुसी देखिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ ।
म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब २० करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत सबस्टेसनको समुद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ । भेटमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।