सहदेव बस्नेत
जाजरकोट, पुस ६ गते । जाजरकोटमा अस्थायी आवास निर्माणका लागि अनुदान दिन स्थानीय पालिकाले पीडित परिवारलाई लाभग्राहीको सूचीमा राख्दै अनुदान वितरण गर्न थालेका छन् । हालसम्म तीन हजार सात सय २१ परिवारको खातामा पहिलो किस्ता बापतको २५ हजार रुपियाँ निकासा भएको छ ।
भेरी नगरपालिकाले ४ हजार ५ सय ४९ लाभग्राही कायम गरेको छ । ४ सय ८४ परिवारसँग सम्झौता गरेर एक करोड २१ लाख रुपियाँ लाभग्राहीको खातामा निकासा दिएको छ ।
बारेकोटले ५५ सय ८६ लाभग्राही कायम गरिएका एक हजार ६५ परिवारलाई पहिलो किस्ताको दुई करोड ६६ लाख २५ हजार अनुदान रकम प्रदान गरेको छ । कुशे गाउँपालिकाले ५२ सय ८७ लाभग्राही कायम गरेको छ ।
शिवालयले ३३ सय ९ लाभग्राही कायम गरी २१ सय ७२ परिवारको खातामा ५ करोड ४३ लाख अनुदान दिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले हालसम्म ९ करोड ३० लाख २५ हजार रुपियाँ पीडितको खातामा रकम गएको जानकारी दिनुभयो ।