क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओलीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको छ । खेलकुद पत्रकार मञ्च कैलालीद्वारा शुक्रबार धनगढीमा आयोजित एसपीए सुदूरपश्चिम स्पोट्र््स अवार्ड कार्यक्रममा उहाँहरु विजेता घोषित भइ उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर प्रदेश मुख्यमन्त्री बैठकले निकालेका साझा निष्कर्षको साझापत्रबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताउनुभएको छ।
नेपालको कूटनीतिक इतिहासमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका प्रबुद्ध व्यक्तित्वको अनुभव एवं उहाँहरूले गर्नुभएका योगदान बारेको पुस्तक ‘चार कूटनीतिज्ञ’ विमोचन गरिएको छ।
नेपालका अशोक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ।
विहीवार दिउँसोवाट अवरुद्ध नारायणगढ–मुग्लिन सडक केहीवेर अघि आंशिक रुपमा खुलेको छ । झरेको पहिरो पन्छाउँदै यातायात चलाउनेगरि आंशिक रुपमा खुला भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । ठूलो पहिरो पन्छाइएको र अहिले झरिरहेको पहिरो पन्छाउदै सडक सञ्चालनमा आएको हो ।
पूर्व सांसद तथा पप्पु कन्स्ट्रकसनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार बस र दुध बोक्ने ट्याङकर ठोक्किँदा दुई जना घाइते भएका छन् ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले कुनै पनि नागरिकलाई भूमिविहीन हुन नदिने बताउनुभएको छ । बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार आयोजित जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले देशभर भूमिहिन र अव्यवस्थित बसोबासीलाई सरकारले ब्यवस्थापन गर्ने बताउनुभयो ।
नविन खोज, अनुसन्धान र विकास भन्ने उदघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन धनगढीमा आजदेखि सुरु मएको छ । सम्मेलनमा रोवटिक्स फुटवल र यन्त्र रोवेटिक्स रेससम्वन्धी प्रतिस्पर्धा भइरहेको छन् ।
दाङ जिल्लामा हालसम्म करिब ८ प्रतिशत धान रोपाइँ भएको छ ।
मधेश प्रदेशमा कार्यरत गोरखापत्रका समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित दुई दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्याउने गरी ल्याइएको दाबी गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गर्नुभएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।