प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ ।
म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब २० करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत सबस्टेसनको समुद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ । भेटमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पु¥याउनुभएको छ । विसं २०१६ मा राजनीतिक यात्रा आरम्भ गर्नुभएका उहाँ मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा धेरै पटक प्रहरी हिरासत र जेलजीवन बिताउनुभयो ।
बाँकेका घरबासविहीन बादी समुदायले लुम्बिनी प्रदेससभा सदस्यसमक्ष आफ्नो घर बनाइदिन आग्रह गर्दै ज्ञापनपत्र पेस गरेका छन् ।
मधेश प्रदेशका प्राकृतिक स्रोत तथा वातावरण समितिले धनगढीमाई नगरपालिका १२ र १३ नम्बर वडामा पर्ने चुरे क्षेत्र सर्रे अम्बासको स्थलगत निरीक्षण गरेकोछ ।
कोदोको पिठो ब्रान्डिङ गरी बिक्री गर्दै आएको मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको एक सहकारी संस्थाले स्थानीय कृषकहरुबाट उत्पादित कोदो खरिद गरी सङ्कलन गर्न सुरु गरेको छ ।
साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किनुभयो । सात दशक पुराना उहाँलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहनुभएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि बनेका संरचना प्रयोगविहीन भएका छन् । सेती प्रादेशिक अस्पतालमा बनेको कोरोना अस्थायी अस्पताल र बडहरामा रहेको होल्डिङ सेन्टर महामारी हटेसँगै प्रयोगमा आएका छैनन् । कोरोना सङ्क्रमितको उपचारका लागि प्रदेश सरकारको लगानीमा सेती प्रादेशिक अस्पतालमा ५० शय्याको अस्थायी अस्पताल निर्माण गरिएको थियो । महामारीका बेला कैयौँ बिरामीको जीवन बचाएको कोरोना अस्थायी अस्पताल आफैँ बिरामी जस्तै भएको छ ।
प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको अयोध्याको सम्बन्ध त्रेता युगदेखि चलिएको सम्बन्ध हो ।
जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन करिब १० वर्षदेखि सुरु गरिएको अभियानले अझै सफलता पाएको छैन । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले भने विश्व सम्पदाको पर्खाइमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदास्थलका रूपमा सूचीकृत गराउने कार्यको अपनत्व लिइसकेको जानकारी दिनुभएको छ ।
मुगु जिल्लाको सोरु गाउँपालिका–९ स्थित खनाया स्वास्थ्यचौकीमा कार्यरत तुल्साकुमारी विश्वकर्माले दलित भएकै कारण डेरा छाड्नु परेको छ। दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–११ की तुल्साकुमारी खनाया स्वास्थ्यचौकीमा अनमीका रूपमा कार्यरत हुनुहुन्छ। मुगु कार्यक्षेत्र परेपछि २०७९ माघमा सोरु पुग्नुभएकी तुल्साकुमारी स्वास्थ्य चौकी इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा लिएर बस्नुभएको थियो। अहिले आएर दलित भएको भन्दै डेराबाट निकालिएको तुल्साकुमारीले बताउनुभएको छ।
बाजुरा जिल्लाको स्वामिकार्तिक गाउँपालिका– १ मा रहेको मुक्तिकोट दलित बस्तीमा गाँस, बास र कपासको चरम अभाव देखिएको छ । यहाँ पिउनलाई खानेपानीसमेत छैन । करिब ३८० घरपरिवार रहेको यो दलित बस्ती पहिरोको जोखिममा छ । गत वर्ष असोजमा आएको अविरल वर्षाका कारण बस्तीको तल र माथिबाट पहिरो गएपछि यस्तो समस्या देखिएको हो ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगाड गाउँपालिका–१ को खच्चामा सुक्खा पहिरो खस्ने गरेको छ । यातायात व्यवसायीले जोखिम मोलेरै सो सडकमा गाडी सञ्चालन गर्दै आएका छन् । जतिखेर पनि सुक्खा पहिरो गइरहने अवस्था छ । सो सडकबाहेक अन्य विकल्प पनि नभएकाले जोखिम उठाएर यातायात सञ्चालन गर्नुपर्ने बाध्यता रहेको व्यवसायी बताउँछन् । सुर्खेतबाट सो सडकमा बोलेरो सञ्चालन गर्दै आएका अमृत मगरले खच्चा क्षेत्र आयो कि जिप चलाउन डर लाग्ने बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रमा जतिखेर पनि भिरालो जमिनमा माथिबाट सुक्खा पहिरो खसिरहने गर्छ ।