म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ ।
मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा पाँच हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्दले जनाएको छ । जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल छ ।
जेसुम क्रियशनको प्रस्तुतिमा रङ्गकर्मी सोनाम लामाको म्युजिक भिडियो ‘ग्याल्मो’ सार्वजनिक भएको छ ।
खेल र खेलाडीको सर्वाङगिण विकासका लागि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको मन्त्रीका हैसियतले आफू सदैव प्रतिबद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले बताउनुभएको छ ।
नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १ र २ का आठ सय घरधुरीलाई ६० लाख बराबरको राहत सामग्री वितरण गरिएकोे हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको आर्थिक रुपान्तरणका लागि डिजिटल रुपान्तरण र डिजिटल इकोसिष्टम निर्माण आवश्यक रहेको बताउनुभएको छ। त्यसका लागि सरकार आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नतिर लागेको बताउनुभयो।
नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो ।
जुम्लाको चन्दननाथ नगरपालिकामा 'म बाल विवाह विरुद्ध बोल्छु' अभियान सुरु गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई बालमैत्री वातावरण भएको प्रदेश बनाउन प्रदेश सरकार लागिरहेको बताउनु भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले तयार पार्न लागेको मुक्त कमैया, कमलरी, हलिया पुनःस्थापना कार्यविधिका लागि सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको छ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सिफारिस गर्ने नेपाली कांग्रेस झापाले सर्वसम्मत रुपमा निर्णय गरेको छ।
समाज सुधारक भनेर चिनिनुहुने शिक्षा अभियान्ता स्वर्गीय कुमार हाङ बेघाको पूर्णकदको शालिक अनावरण गरिएको छ।
सार्वजनिक खरिद ऐन स्वास्थ्य मैत्री नहुँदा स्वास्थ्य उपचार उपकरण खरिदमा ढिला हुने गरेको विज्ञले बताएका छन्।
गुल्मीको मदाने गाउँपालिका –७, भनभने टिमुरखर्क मोठकी २२ वर्षीय फुलमाया सुनारको गत असार महिनामा दायाँ स्तनमा समस्या आयो । अहिले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उहाँको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरिएको परिवारका सदस्यले बताउनुभएको छ ।
लघुवित्त तथा वित्तिय शोषणको विरुद्धमा नेपालगञ्जमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ ।