खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतबाट नेपाल आउने क्रममा बेपत्ता भएका छन् । भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत विगत एक महिनादेखि बेपत्ता छन् । गत जेठ ३ बाट सम्पर्कविहीन भएको अर्जुनकी श्रीमती जाना रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “बेपत्ता भएका श्रीमान् र देवरले घर आउने दिनमा पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको बताउनुभएको थियो । सो खबर आएको तीन घण्टापछि दाजुभाइ नै सम्पर्कविहीन हुनुभयो ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा ७० प्रतिशत खेतमा रोपाइँ भएको छ । यहाँका १० स्थानीय तहको नौ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । धान खेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । सिँचाइ सुविधा भएको ठाउँमा असार १५ गतेसम्म ७० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने कैलाली जिल्लामा हालसम्म न्यून मात्रामा रोपाइँ भएको छ । मनसुन ढिलो गरी सक्रिय हुनका साथै सिँचाइ असुविधाका कारण मध्य असारसम्म थोरै रोपाइँ भएको जनाइएको छ । असार १५ अर्थात् राष्ट्रिय धान तथा रोपाइँ दिवसको दिनसम्म जम्मा ३० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रराज शर्माले बताउनुभयो । गत वर्ष यही बेलासम्म आधाजति रोपाइँ भइसकेको थियो तर यो वर्ष मनसुन ढिला सुरु हुँदा रोपाइँ ढिलो गरी नै सुरु गरेको किसान बताउँछन् ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा हालसम्म ४३ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार असार १५ गतेसम्मको तथ्याङ्क अनुसार सुर्खेतमा २५ र जुम्लामा ९० प्रतिशत रोपाइँ भएको छ । सो निर्देशनालयका निमित्त प्रमुख चित्रबहादुर रोकायाले यो अवधिसम्म प्रदेशभर ४३ प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको बताउनुभयो । कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा ९० प्रतिशत र तल्लो क्षेत्रका सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम र जाजरकोटमा हालसम्म ३८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआउँदा माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाउन समस्या भएको छ । आयोजनाका लागि लगानी जुटाउन दुई वर्ष म्याद थप्ने सरकारको निर्णयलाई सर्वोच्चले सदर गरे पनि उक्त फैसलाको पूर्णपाठ भने आइसकेको छैन । पूर्णपाठ नआउँदा आयोजना निर्माणको प्रक्रिया रोकिएको हो ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका १४ वडा छन्। यहाँको जनसङ्ख्या ३१ हजार ६७७ रहेको छ। कृषि, पर्यटनलगायतको क्षेत्रको विकासका धेरै सम्भावना भए पनि गति लिन सकेको छैन। स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएर खिलध्वज पन्थीले नगर प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएको छ। निर्वाचित जनप्रतिनिधिले एक वर्ष कार्यकाल पूरा गरिसकेको सन्दर्भमा नगरको विकास र भावी कार्यक्रमबारे नगर प्रमुख पन्थीसँग गोरखापत्रका तिलाचन पाण्डेले गर्नुभएको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ : तपाईंहरू निर्वाचित भएको एक वर्ष पूरा भइसकेको छ। यो एक वर्षको अवधिमा के के काम भए ? एक वर्षको अवधिमा हामीले धेरै नयाँ काम अगाडि बढाएका छौँ। नगरलाई सुन्दर र हराभरा बनाउन पुराना र जीर्ण बनेका विद्युत्का पोल र तार व्यवस्थित गर्न ११ मिटरका नयाँ पोल राखी तार प्रतिस्थापन गरी व्यवस्थित गरिएको छ। तम्घास बजारको सडकलाई चौडा पारी सडकलाई पुनः कालोपत्रे गरेर सकिएको छ। यसले गर्दा सडकमा हुने सवारी जाम घटेको छ र पैदल यात्रीलाई समेत सहज भएको छ। गुल्मी जिल्लामा कुनै पनि सभा सम्मेलनका लागि ठुलो सभा हल नभएको महसुस गर्दै वडा नं. ४ मा एक हजार क्षमताको सभा हल निर्माणाधीन अवस्थामा छ। सभा हलको निर्माणपश्चात् सभा सम्मेलनका लागि धेरै सहज हुनेछ। नगरका १२ वटा मुख्य सडकको स्तरोन्नति गर्ने कार्य अगाडि बढेको छ। सालझन्डी, दुर्गाफाँट, पटौटी, राङ्वा, सिमीचौर सडक निर्माणको निरन्तर अनुगमन गरिएको छ। एक आर्थिक वर्ष पूरा भएको अवस्थामा तपाईंहरूको मूल्याङ्कन पनि हुन थालेको छ। निर्वाचनमा गरेका प्रतिबद्धता कति सम्बोधन गर्नुभयो ? निर्वाचन लडेको मलाई हिजो जस्तै लाग्छ। निर्वाचनमा गरेका रेसुङ्गाका सात रङ– शिक्षा तथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग वाणिज्य तथा रोजगार, सहरी विकास तथा विपत् र खानेपानी, सिँचाइ तथा सरसफाइ जस्ता धेरै प्रतिबद्धता पूरा गर्नेतर्फ अगाडि बढेका छौँ। आवश्यकताको आधारमा हामीले हाम्रा योजनालाई कार्यान्वयनको प्रक्रियामा लगेका छौँ। नगरको आवश्यकता र जनताको अपेक्षा पूरा गर्न स्रोत साधनको कमी हुन्छ होला। काम कसरी अगाडि बढाउनुहुन्छ ? मेरै कार्यकालमा नगरलाई समृद्ध अनि समुन्नत बनाउने सपनालाई साकार पार्न दिनरात नभनी खटिएका छौँ। यस कार्यमा सबै जनप्रतिनिधि र नगरवासीका साथ र सहयोग रहेकाले सपना पूरा हुनेमा हामी ढुक्क छौँ। हामीले आमजनता र सरोकारवालाबाट सुझाव सङ्कलन गरी त्यसैकै आधारमा नीति तथा कार्यक्रम र बजेट निर्माण गरेका छौँ। हामी हाम्रो स्थानीय तहमा रहेका स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै प्रादेशिक तथा सङ्घीय सरकारको सहयोगमा समृद्ध अनि समुन्नत रेसुङ्गा निर्माणका लागि निरन्तर लागिपरेका छौँ। रेसुङ्गा क्षेत्रमा पर्यटन विकासको राम्रो सम्भावना छ। रेसुङ्गा क्षेत्रसहित यस नगरपालिकाको पर्यटन विकासका लागि के कस्ता काम सुरु गर्नुभएको छ ? हामीले रेसुङ्गा क्षेत्रको विकास र पर्यटनका लागि स्पष्ट योजना बनाएको छौँ। हामीले रेसुङ्गालाई बहुआयामिक दृष्टिकोणबाट पर्यटन विकासका लागि योजना तर्जुमा गरेका छौँ। केही दिनअघि ‘जाऊँ हिँड रेसुङ्गा’ अभियान सुरु ग¥यौँ। रेसुङ्गाको धार्मिक, ऐतिहासिक महत्वबारे प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाइ धार्मिक पर्यटक भित्र्याउन चाहन्छौँ। यसका लागि रेसुङ्गा संरक्षण समितिको समन्वयमा आवश्यक योजना अगाडि बढाएका छौँ। रेसुङ्गा वन क्षेत्रको जैविक विविधतालाई संरक्षण गर्दै पर्यटनसँग जोड्न विभिन्न किसिमका अध्ययन, अनुसन्धानका क्षेत्र निर्धारण गरी अगाडि बढ्ने सोच बनाएका छौँ। यसका साथै लामो समयसम्म गुल्मेलीको प्रतीक्षामा रहेको वि
मनसुन सुरु भए पनि पर्याप्त वर्षा भइनसकेकाले किसानले रोपाइँ गर्न सकेका छैनन्। आधा असार सकिँदा लुम्बिनी प्रदेशमा जम्मा ११ प्रतिशत मात्र रोपाइँ भएको छ। यो वर्षको धान दिवस प्रदेशका विभिन्न ठाउँमा धान दिवस मनाइए पनि धेरै ठाउँमा किसानका खेत सुक्खा छन्। असार १५ गते शुक्रबारसम्म जम्मा ११ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ। यस पटक वर्षामा कमी आएकाले रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ। सिँचाइ पुगेको भए आधा रोपाइँ भइसक्ने प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले बताउनुभयो। मरासिनीका अनुसार गत वर्ष यही अवधिमा झन्डै ३२.७१ प्रतिशत रोपाइँ भएको थियो।
शुक्रबार साँझदेखि परेको वर्षाका कारण पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएको छ। नवलपरासी जिल्लाको पहाडी क्षेत्र बुलिङटार र बौदीकाली गाउँपालिका हुँदै पाल्पा रामपुर, स्याङ्जासम्म चल्ने दुईवटै सडक अवरुद्ध भएपछि सदरमुकामसँगको यातायात सम्बन्ध विच्छेद भएको बुलिङटार गाउँपालिकाका लोकप्रसाद रामदामले बताउनुभयो।
सप्तरीका १८ स्थानीय तहमध्ये चार पालिकाले अझै बजेट नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन्। राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, कञ्चनरूप नगरपालिका र रूपनी गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन नसकेका हुन्। आन्तरिक किचलो, आपसी मनमुटाव, जनप्रतिनिधिहरूको बेवास्ता र व्यस्तताको कारण ती पालिकाहरूलाई बजेट ल्याउन कठिनाइ भएको दाबी गरिएको छ।
धनकुटाको पाख्रिवासस्थित संसारी सिमसार क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न प्रतीकात्मक विमान निर्माण गरिएको छ। सो प्रतीकात्मक विमानको लम्बाइ ८० फिट तथा उचाइ १० फिट रहेको छ। भित्रसमेत पस्न र बस्न मिल्ने गरी निर्माण गरिएको सो विमानमा करिब ६० व्यक्ति अटाउन सकिन्छ।
शिवसताक्षी नगरपालिकाले बालबालिका र युवा वर्गमा पठन संस्कृतिको विकास गर्नका लागि पालिकाका विभिन्न स्थानमा ज्ञान घर निर्माण सुरु गरेको छ। शिवसताक्षी नगरपालिका–७, ब्याङडाँडामा निर्मित ज्ञान घरको शनिबार उदघाटन गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रो रोसनले सो अभियानको सुरुवात गर्नुभएको हो। स्थानीय गोर्खाली हर्ट नामक क्लबको संयोजन र नगरपालिकाको आर्थिक सहयोगमा सुरुवात गरिएको उक्त ज्ञान घरमा प्रमुख थोप्रोले बृहत् नेपाली शब्दकोशलगायतका पुस्तकहरू प्रदान गर्नुभएको थियो। गाउँपालिकाले प्रदान गरेको चार लाख रुपियाँ र अन्य दाताको सहयोगबाट उक्त ज्ञान घरको सुरुवात गरिएको गोर्खाली हटका अध्यक्ष विजय लिम्बूले बताउनुभयो। यसै आर्थिक वर्षमा शिवसताक्षी नगरपालिकाभित्र माईधार र धरमपुरमा ज्ञान घर तयार भइसकेको र आगामी आर्थिक वर्षमा थप चार स्थानमा ज्ञान घर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको प्रमुख थोप्राले बताउनुभयो।
निर्माणसँग सम्बन्धित सबै कर्जाको पनि पुनर्संरचना गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैङ्कले निर्माणसँग सम्बन्धित सबै कर्जाको पुनर्संचरना गर्न पाउने जनाएको छ । राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो समीक्षामा गरिएको व्यवस्थालाई थप प्रस्ट पार्दै शुक्रबार फेरि सर्कुलर जारी गरेको हो । यसअघिको व्यवस्थामा सिमेन्ट, इँटा, पाइप तथा डन्डीलगायतका उद्योगलाई यस्तो सुविधा पाउनेको सूचीमा नराखेको राष्ट्र बैङ्कले व्यवस्थालाई थप प्रस्ट पार्दै पुनर्संरचनाको सुविधा पाउने व्यवस्था गरेको हो । बैङ्कहरूको ऋण असुलीमा परेको चापलाई हेरेर केन्द्रीय बैङ्कले यस्तो व्यवस्था गरिएको हो ।
मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्याउँदा जटिल खालका दीर्घरोगीको सङ्ख्या बढदो छ । स्वास्थ्यप्रति सचेत नहुने , खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गौला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पार्र्ने गरेको पाइएको छ ।
दोलखाको वैतेश्वर–६, नाम्दुका कालुराम जिम्बा तामाङको एकल प्रयासमा तामाङ मिनी सङ्ग्रहालय निर्माण गरिएको छ। भवनसहित करिब पाँच लाख रुपियाँमा सङ्ग्रहालय तयार भएको छ। समाजसेवी, पेसाले चित्रकार र व्यवसायी तामाङले सङ्ग्रहालयमा पुराना ठेकी, पेरुङ्गो, घुम, हर्पे, लालटिन, ओखल ढिकी, पुराना झ्याल ढोका, झाँक्रीका मूर्तिलगायतका लोप हुन लागेका सामग्री राख्नुभएको छ।
पोखरामा पाँच वर्षपछि अन्तरप्रदेश मुख्यमन्त्री बैठक सम्पन्न भएको छ। गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठकमा परिषद्का अध्यक्ष रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी मात्र हुनुभएन, बैठकले तयार पारेको १७ बुँदे साझापत्र ग्रहण गरी त्यसप्रति सकारात्मक सन्देश दिनुभयो। मुख्यमन्त्रीलाई उत्साही बनाउनुभयो। सङ्घीयताको खम्बाका रूपमा रहने प्रदेश सरकारलाई सङ्घीयता थप प्रभावकारी प्रमाणित गर्न देखिएका अवरोध हटाउन सङ्घले बेवास्ता गरेको गुनासो मुख्यमन्त्रीको रहँदै आएको छ। व्यावहारिक अभ्यास र अनुभवका