• १२ मंसिर २०८१, बुधबार

‘म बाल विवाह विरुद्ध बोल्छु’ अभियान सुरु

blog

जुम्लाको चन्दननाथ नगरपालिकामा बाल विवाह विरुद्धको अभियान 'म बाल विवाह विरुद्ध बाेल्छु' अभियान । तस्बिर : नेत्र शाही।

नेत्र शाही

जुम्ला, पुष ६ गते । जुम्लाको चन्दननाथ नगरपालिकामा 'म बाल विवाह विरुद्ध बोल्छु' अभियान सुरु गरिएको छ । बाल विवाह घटाउने उद्देश्य तथा सचेतना अभियानका लागि चन्दननाथ नगरपालिकाले म बाल विवाह विरुद्ध बोल्छु भन्ने अभियान वडा स्तरबाट सुरु गरेको हो । 

नगरपालिकाले १ बाट अभियान सुरु गरेको चन्दननाथ नगरपालिका महिला विकास निरिक्षक पुष्पा थापाले जानकारी दिनुभयो । चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाको कार्ययोजना अनुसार नगरपालिकाले म बाल विवाह विरुद्ध बोल्छु भन्ने अभियान सुरु गरेको हो । 

चन्दननाथ नगरपालिका १ को वडा कार्यालयमा स्थानीय सरोकारवाला निकाय, वालक्लवका अगुवा, महिला स्वास्थ्य स्वयम्सेविका, स्थानीय जनप्रतिनिधिको उपस्थितमा म बाल विवाह विरुद्ध वोल्छु अभियान सुरु गरिएको छ । महिला विकास निरिक्षक थापाले बाल विवाह हाम्रो सत्रु भएर आएकाले यसलाई कम गर्न अभियान सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा यस अभियानले एक सचेतनाको जागरण सुरु गर्ने भन्दै यस अभियानमा सबैले साथ दिन अनुराध गर्नुभयो । 

चन्दननाथ नगरपालिका १ का कार्यवाहक अध्यक्ष नन्दबहादुर गुरुङले वडा स्तरबाट गरिएको अभियान सबै मिलेर सफल बनाउनुपर्ने बताउँदै यसमा स्थानीय सरकारको प्रतिवद्धता रहेकोमा जोड दिनुभयो । 

नगरपालिकाले साझेदार संस्था युनिसेफ, किडाक नेपालको सहयोगमा थालेको सो अभियानमा जिल्ला प्रहरी कार्यालयले सचेतना दिँदै आएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विवेक खनालले बाल विवाह भनेको के हो ? यसको असर, बाल विवाहको कारण, रोकथामको उपाय, नेपालको अवस्था, कर्णाली र जुम्लाको तथ्याङ्कका विषयमा सचेतना विषय कार्यपत्र प्रस्तुति गर्दै आउनुभएको छ । उहाँले बाल विवाहले हुने बेफाईदा र हानीका विषयमा वालक्लव, किशोरकिशोरी मात्रै नभई घरपरिवार अभिभावक अझ बढी सचेत भएर न्यूनीकरण गर्नुपर्ने जानकारी दिनुभयो । चन्दननाथ नगरपालिकाले सुरु गरेको अभियान पहिलो दिन वडा नम्बर १ बाट सुरु हुँदै सदरमुकामको चन्दननाथ माविका विद्यार्थी, टयूसन सेन्टरहरुमा सचेतना दिईएको छ भने क्रमश वडा नम्बर २ देखि १० सम्म दैनिक सम्बन्धित वडा कार्यालयमा बाल विवाह विरुद्ध म वोल्छु सचेतना अभियान निरन्तर हुनेछ । 

तथ्याङ्कमा छैन, समाजमा व्याप्त 

विद्यमान रुपमा समाजमा भईरहेको बाल विवाहको विषयमा जिल्ला प्रहरी कार्याललयमा खासै तथ्याङ्क छैन । किनकी बाल विवाह विरुद्धका मुद्दानै आउँदैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९।०८० मा जुम्लामा बाल विवाह विरुद्धका मुद्दा छैनन् । भर्खरै बाल विवाह विरुद्धको साझा सञ्जालले सार्वजनिक गरेको तथ्याङ्कमा जनस्वास्थ्य कार्यालयमा आर्थिक वर्ष २०७९।०८० मा एक हजार ६२९ गर्भअवस्था जाँच गर्न आएकामध्य तीन सय १२ जना २० वर्ष मुनिका किशोरी छन् । 

यसैगरी नेपालले स्थानीय सरकारको सहयोगमा सिञ्जा क्षेत्रमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपालले गरेको बाल विवाह व्यापकता सर्वेक्षणमा बाल विवाह बढ्दो छ तर निरन्तर घटिरहेको छ ।