• २४ असार २०८१, सोमबार

नेपाल र श्रीलंकाबीचको सम्बन्ध अझ बलियो हुनुपर्छ : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री साब्री शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, पुस ६ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस  मोहम्मद अली साब्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गर्दै नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो र व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देशबीच लगानीका सम्भावना बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।