• १५ कात्तिक २०८१, बिहिबार

गीत

blog

टिप्न मन लाग्छ, जूनतारा

टिप्न मन लाग्छ सधैँ, चन्द्र सूर्य फूलहरू

चुम्न मन लाग्छ सधैँ, हिमालका शिरहरू 

गाउँछन गीत कोइली, मनका ती व्यथाहरू

नाच्न मन सधैँ लाग्छ, मयूर छन् साथीहरू 

लगाउ शिरमा टीका, धर्तीको माटो यो सब

धर्ती हुन नेपाली आमा, नेपाली एउटै मन ।।


चरी झैँ उडूँ भन्छ, तोडेर मन बन्धन

टिपूँ भन्छ जूनतारा, नेपाली एक भइकन

नचाली पाइला कुनै, टेकिन्न शिरमा पनि

नठोसी नेपाली मन, बल्दैन कत्तै पनि ।।